Bampanth The Left

OUT NOW!
  • वामपन्थ_दि लेफ्टको दोस्रो अङक असोज पहिलो साता बजारमा आउँदै छ । दोस्रो संस्करण मार्क्सवाद र र संसदीय लोकतन्त्र विशेषाङ्क प्रकाशन गर्नु अघि त्यसको संक्षिप्त ई- संस्करण हाम्रो वेव साइटमा उपलब्ध छ ।
प्रकाशोन्मुख दोस्रो संस्करण - मार्क्सवाद र संसदिय लोकतन्त्र विशेषाङ्क

वामपन्थ_दि लेफ्टको दोस्रो अङकको छापा संस्करण आगामी असोज पहिलो साता बजारमा आउँदै छ । दोस्रो संस्करण मार्क्सवाद र संसदिय लोकतन्त्र विशेषाङ्क प्रकाशन गर्नु अघि त्यसमा समाबेश गरिएका लेख,अन्तर्वार्ता,अभिमत आदिका विषय सूची,मूलसार,लेखक परिचय, सन्दर्भ सामाग्री र कविताहरु अनुवाद सहित यो संक्षिप्त संस्करण तयार गरिएको हो । पुरै संक्षिप्त संस्करण पढ्न वा डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस्

पहिलो संस्करण - मार्क्सवाद र नेपाली कम्युनिष्ट आन्दोलन विशेषाङ्क
अन्तर्वार्ता

पीताम्बर शर्मा

अग्रलेख

श्याम श्रेष्ठ

प्रकाशोन्मुख दोस्रो संस्करण - मार्क्सवाद र संसदिय लोकतन्त्र विशेषाङ्क

वामपन्थ_दि लेफ्टको दोस्रो अङकको छापा संस्करण आगामी असोज पहिलो साता बजारमा आउँदै छ । दोस्रो संस्करण मार्क्सवाद र संसदिय लोकतन्त्र विशेषाङ्क प्रकाशन गर्नु अघि त्यसमा समाबेश गरिएका लेख,अन्तर्वार्ता,अभिमत आदिका विषय सूची,मूलसार,लेखक परिचय, सन्दर्भ सामाग्री र कविताहरु अनुवाद सहित यो संक्षिप्त संस्करण तयार गरिएको हो । पुरै संक्षिप्त संस्करण पढ्न वा डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस्

पहिलो संस्करण - मार्क्सवाद र नेपाली कम्युनिष्ट आन्दोलन विशेषाङ्क
विकास र वातावरण
बहस

निजगढ विमानस्थल निर्माण विवादले विकास र वातावरणको द्वन्द्व र अन्तर्सम्बन्धलाई उजागर गरेको छ र यो अन्तर्राष्ट्रिय महत्वको राष्ट्रिय मुद्दा बन्न पुगेको छ। ८ हजार ४५ हेक्टरमा फैलिएको पुरानो जङ्गल मासेर निर्माण हुनलागेको भनिएको यो विमानस्थललाई लिएर वातावरण संरक्षणकर्ता र राजनीतिज्ञहरूबिच मात्रै होइन, संसद र सर्वोच्च अदालतबिच पनि तनाव सिर्जना भएको छ । हामीले विज्ञ रत्नसंसार श्रेष्ठको लेखबाट विकास र वातावरणसम्बन्धी बहसको थालनी गरेका छौँ । यस लेखमाथिका टिप्पणी वा छुट्टै लेखहरू प्राप्त भएमा क्रमशः प्रकाशित गर्दै जानेछौँ । (सं)

रत्नसंसार श्रेष्ठ

समिक्षा
कविता

उनीहरू रुख थिए
एक दुई तीन असंख्य बलिरहेका थिए
बस्तीमा हाहाकार थियो
जंगल बलिरहेको थियो
बिदाइ वार्तामा थिए रुखहरू
भन्दै थिए
अब चराहरू कहाँ बस्‍ने हुन्
तिनका ससाना पँखेटाहरू,
 (Read More)

Rajav

Translated by: Mahesh Maskey and Himali Dixit

 

They were trees
One, two, three … blazing countlessly
Village in chaos
Forest on fire.

The trees were bidding each other farewell
and saying,
Where now will the birds settle?… (Read More)

सम्पादकीय

विश्वका अन्य देशहरुका इतिहास झैँ नेपालको लिखित इतिहास पनि मूलतः वर्ग संघर्षको इतिहास हो । मानव समाजको विकास क्रममा सामाजिक आर्थिक उत्पादनको साधन र प्रक्रिया माथिको स्वामित्वको होडले विभिन्न वर्गहरुको उदय हुदै गयो– मालिक र दासहरु, सामन्त र भूदासहरु, जमिन्दार र किसानहरु, पुँजीपति र मजदूरहरु, र अरु थुप्रै विचका प्रवर्गहरु । ति वर्गहरु शासक र शासित, उत्पीडक र उत्पीडित बर्गहरुमा पनि विभाजित हुदै गए ।

घुमन्ते पशुपालकहरु सामुदायिक कृषिमा आधारित जीवनयापन गर्न थालेको नेपालको प्राचिन इतिहास देखि बुद्धकालीन र लिच्छविकालिन कबिला–सामन्ती सभ्यताहरु, मध्य युगिन राजा रजौटाहरु, राणशाही र शाह बंशीय पंचायती व्यवस्थाहरु देखि बर्तमान नेपालको गणतान्त्रिक व्यवस्था सबै वर्ग संघर्षका इतिहास हुन् तर त्यसको गम्भीर अध्ययन र बिमर्श नेपालमा भर्खरै मात्र सुरु हुन थालेको छ । नेपालको इतिहास शासकवर्गले नै लेख्दै आए तर आम नेपाली जनताको दृष्टिकोणबाट इतिहास लेखिनु पर्ने बाकिनै छ । हिन्दु वर्णवादी पितृसत्तात्मक नेपाली समाजको सांस्कृतिक, सामाजिक र मनोबैज्ञानिक बनोट र मूल्य मान्यताहरुका ऐतिहासिक भौतिकबादी विश्लेषणको आवश्यकता अझ बढी खट्किएको छ ।

Editorial

The written history of Nepal, as is the case in other countries of the world also, is fundamentally a history of class struggle. In the development of human society, the struggle for ownership over the means and process of socio-economic production has given rise to various classes – masters and slaves, feudal lords and serfs, landlords and peasants, bourgeoisie and workers, and many other classes in between. These classes also became ruling and the ruled, oppressive and the oppressed.     

From the nomadic pastoralists of ancient Nepal to the tribal-feudal civilizations, the medieval kingdoms and feudatories, Shah dynasty and Rana rule leading to Panchayat system and then struggle for republican system, all are manifestation of class struggle. However, serious studies and discussion on this subject are just beginning in Nepal. The history of Nepal, in general, is written by the ruling class historians, it is yet to be written from the perspective of the Nepali people. 

वामपन्थ अन्तर-संवाद​

एम.सी.सी. को विरोध किन ?

मिलेनिएम च्यालेन्ज कर्पोरेसन (MCC) कम्प्याक्ट सेप्टेम्बर २०१७ मा नेपालको गरीबी अन्त्यको लागि सडक तथा विधुत पूर्वाधार निर्माणमा लगानी गर्ने गरी नेपाल सरकारसँग सम्झौता गरेको र अमेरिकी पक्षको सर्त सहित्  संसदबाट पारित हुनुपर्ने भनेपछि एमसीसी को बहस सदन देखी सडक सम्म चर्किएको हो। अहिले नेपालका राजनीतिक दल, नागरिक समाज र मिडिया यसको पक्ष विपक्षमा विभक्त भएका छन् । अमेरिकाले दिने भनेको ५०० मिलिएन डलर रकम लगानी या अनुदान के हो भन्ने कुरा नै विवादित बन्दै आएको छ, विगत ७० बर्ष देखी विकासको साझेदारी गर्दै आएको अमेरिकाले एमसीसी लाई किन सदनबाट पारित गरी लागु गर्न चाहन्छ भन्ने प्रश्नले पनि यो शंका र विवादको घेरामा फसेको छ। यसै विचमा वामपन्थ (The Left) ले यस विषयमा आफ्नो बिचारहरु प्रखर रुपमा राख्दै आउनुभएका नेपालका प्राज्ञिक वर्गका व्यक्तित्वहरुसँग अन्तरक्रिया गरेको छ । यस अन्तर संवादमा प्रस्तोता र प्यानलिस्ट वक्ताहरु हरि रोका, पीताम्बर शर्मा,  सूर्यराज आचार्य,  दीपेन्द्र बहादुर छेत्री, मीन बहादुर श्रेष्ठ, रत्न संसार श्रेष्ठ लगायत अन्य सहभागी वक्ताहरु निनु चापाँगाई, ओम गुरुंग, रामराज रेग्मि, शरद वन्त आदी रहनुभएको थियो। यस अन्तर–संवादको सहजकर्ता वरिष्ठ पत्रकार श्याम श्रेष्ठले गर्नु भएको थियो । यस संवादको रेकर्ड यहाँ प्रस्तुत गरिएको छ।