Bampanth The Left

OUT NOW!
  • वामपन्थ_दि लेफ्टको दोस्रो अङक असोज पहिलो साता बजारमा आउँदै छ । दोस्रो संस्करण मार्क्सवाद र र संसदीय लोकतन्त्र विशेषाङ्क प्रकाशन गर्नु अघि त्यसको संक्षिप्त ई- संस्करण हाम्रो वेव साइटमा उपलब्ध छ ।

नेपालमा राष्ट्रियताको प्रश्न र मार्क्सवादी दृष्टिकोण

राष्ट्र र वर्ग एक अर्काका बिरोधि तत्वहरु होइनन र यी दुइबीच द्वन्दात्मक सम्बन्ध छ । त्यसैले मार्क्सवादीहरुले रास्ट्रिय सवाललाई बर्गीय सवाल संगै जोडेर हेर्ने गर्दछन ।

म्याक्स वेबर,  अर्नेस्ट गेल्ल्नर र अन्थोनी गिद्देन आदी जस्ता बुर्जुवा विद्वानहरुले राष्ट्र निर्माणसम्बन्धि मार्क्स र एंगेल्सले प्रतिपादन गरेका  ऐतिहासिक भौतिकवादी  b[li6sf]0fnfO स्वीकार गर्दैनन् । उनीहरुले भौतिकवादी दृष्टिकोणको ठाउमा राष्ट्र निर्माणका आदर्शवादी विचार अघि सारेका छन् र राष्ट्रलाइ भावनात्मक रुपमा ब्याख्या गरी मानसिक चेतना, विचार, भावाना र संस्कृतिलाई रास्ट्र बिकासको मूल अधार मान्दछन् । उनीहरु वर्गसंग रास्ट्रको कुनै सम्बन्ध देख्दैनन् र  राष्ट्रलाइ बिशुद्ध भावनात्मक कुरो ठान्दछन। तर मार्क्सवादीहरु मानिस बिचको सामाजिक एकताको  आधार पनि बर्गीय नै हुन्छ भन्ने ठान्दछन् । राष्ट्र र वर्ग एक अर्काका बिरोधि तत्वहरु होइनन र यी दुइबीच द्वन्दात्मक सम्बन्ध छ ।त्यसैले मार्क्सवादीहरुले रास्ट्रिय सवाललाई बर्गीय सवाल संगै जोडेर हेर्ने गर्दछन ।