Bampanth The Left

OUT NOW!
  • वामपन्थ_दि लेफ्टको दोस्रो अङक बजारमा उपलब्ध  छ । दोस्रो अङक मार्क्सवाद  र संसदीय लोकतन्त्र विशेषाङ्कको  संक्षिप्त ई- संस्करण हाम्रो वेव-साइटमा उपलब्ध छ ।

नेपाली साहित्यमा मार्क्सबादी सौन्दर्यचिन्तन

प्रगतिशील साहित्यको अस्तित्व माक्र्सवादको उदयभन्दा धेरै पहिलेदेखि विश्वमा र नेपालमा नै पनि रहेको थियो भने प्रगतिवाद माक्र्सवादी विश्वदृष्टिकोणको उदयपछि मात्र अस्तित्वमा आएको हो

प्रगतिवादी भन्ने गरिएको साहित्य–कलालाई निर्देशित गर्ने सौन्दर्यशास्त्रलाई विश्वस्तरमा नै प्रगतिवादी सौन्दर्यशास्त्र नभनेर माक्र्सवादी सौन्दर्यशास्त्र भन्ने गरिन्छ… प्रगतिशील साहित्य र प्रगतिवादी साहित्यलाई कतिपयले समानार्थी शब्दावलीका रूपमा लिने गरेका छन् । तर यी दुवै साहित्य परस्पर सम्बन्धित भएर पनि एकअर्काभन्दा फरक छन् भन्ने बारे ध्यान दिन आवश्यक छ।। ऐतिहासिक रूपले हेर्दा प्रगतिशील साहित्यको अस्तित्व माक्र्सवादको उदयभन्दा धेरै पहिलेदेखि विश्वमा र नेपालमा नै पनि रहेको थियो भने प्रगतिवाद माक्र्सवादी विश्वदृष्टिकोणको उदयपछि मात्र अस्तित्वमा आएको हो । खासमा भौतिकवादी द्वन्द्ववादी दर्शन र माक्र्सवादी विश्वदृष्टिकोणलाई अवलम्बन गरेर लेखिएको साहित्य प्रगतिवादी साहित्य हो भने सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक जस्ता यथास्थितिका विविध शोषण–उत्पीडनबाट मुक्त हुन चाहने वा सुधार चाहने तर माक्र्सवादप्रति प्रतिबद्ध भइनसकेको साहित्य  प्रगतिशील साहित्य हो ।