नेपालको कम्युनिष्ट आन्दोलन सिंहाबलोकन र समकालीन चुनौतिहरु
को हो सार्वभौम? महाराजाधिराज कि जनता? भन्ने प्रश्नको प्रष्ट जवाफ नेकपाले आजभन्दा ७० बर्ष अघि दिएको हो.त्यसपछिको ७ दशक नेपाली जनताले त्यो सार्बभौम अधिकार श्रीपेचबाट आफ्नो हातमा लिन सफल भएको इतिहास हो
मार्क्सवाद को विश्व दृष्टिकोण ले आफुलाई अनुप्राणित ठान्ने नेपाली कम्युनिस्ट आन्दोलन यसका कालजयी प्रस्थापना हरु बाट विस्मृत भए झैँ देखिन्छ. पृथ्वी र प्रकृति कसैको नीजि सम्पति होइन मानवता को साझा दायित्व हो, साझा श्रमले उत्पादन गर्ने सम्पति माथि नीजि स्वामित्व स्थापित गर्ने होडबाजी नै सामाजिक–आर्थिक विभेद र शोषण को प्रमुख कारण हो, हजारौ बर्ष देखि जरा गाडेर बसेका तमाम वर्गीय, जात–जातीय, लैंगिक र भाषिक शोषण उत्पीडन का जरा हरु उखेलेर शोषण रहित समाज बनाउन सम्भव छ,आफ्नो श्रम र सिर्जना अरुलाई बेच्नु पर्ने बाध्यता ले उत्पन्न गरेको विकराल पार्थक्य को विसंगत अस्तित्व बाट मानव मन ले मुक्ति पाउन सक्छ, व्यक्ति मा अन्तर्निहित सम्पूर्ण सम्भावना हरु प्रस्फुटित हुन् दिएर मानिस को समग्र प्रतिभा र व्यक्तित्व उद्घाटित गरि मानवीय प्रेम र सद्भाव मा आधारित साम्यवादी सामाजिक परिवेश निर्माण गर्न सकिन्छ भन्ने मार्क्सवाद को प्रक्षेपण हो