कोभिड महाब्याधि र श्रमिक जनता
श्रमजिबि नागरिकको तप्काले बढी पिडा र क्षति भोग्नु पर्ने असमानताको परिस्थिति मान्य हुनसक्दैन । सभ्य समाजको लागि बिपदको बेला हुने र नहुने सम्पन्न र बिपन्न नागरिकहरुको बीच भएको यो बिभेद लज्जास्पद छ ।
कुनै देश, कुनै क्षेत्र अपबाद नभै बिश्वब्यापि रुपमा बिस्तार भएको कोभिड् १९ महाब्याधिको प्रभाबबाट कोहि पनि निर्धक्क र पूर्ण शूरक्षित त रहन सक्तैन, यो यथार्थ हो । तर प्रणालीको बिभेद र ब्यबस्थापनको असक्षमताको कारणले गर्दा श्रमजिबि नागरिकको तप्काले बढी पिडा र क्षति भोग्नु पर्ने असमानताको परिस्थिति मान्य हुनसक्दैन । सभ्य समाजको लागि बिपदको बेला हुने र नहुने सम्पन्न र बिपन्न नागरिकहरुको बीच भएको यो बिभेद लज्जास्पद छ । यो बिभेद चाहे अन्तराष्ट्रिय तहमा बिभिन्न धनि र गरिब देशहरुबीच होस् या राष्ट्रिय तहमा एउटै देशभित्र सम्पन्न र बिपन्न नागरिकहरुबीच होस — गरिबिकै कारणले बिज्ञानको उपलब्धिमा पहुँच नभएर महाब्याधिबाट जीवन बचाउने अबसर नै नपाउनु ती नागरिकहरुमाथि गरिएको अन्याय नै हो ।