info@bampanththeleft.com

Bampanth The Left

इच्छा

पहिले ऊ जन्म्यो
त्यसपछी उसका इच्छाहरु
विस्तारै–विस्तारै

ऊ चाहन्थ्यो
आकाशजत्रो कसौंडीमा
भात पकाउन
र धरतिका समस्त भोकाहरुलाई
पेटभरी खुवाउन
ऊ भेडाहरुसँग
प्रेमपुर्वक ऊन माग्न चाहन्थ्यो
र जाडोले थरथरी कामिरहेकाहरुलाई
एक–एकवटा स्वेटर
बुन्न चाहन्थ्यो
ऊ चाहन्थ्यो
पहाडसँग ढुङ्गा
बादलसँग पानी
र जमिनसँग माटो
सापटी लिएर भए पनि
एउटा विशाल घर बनाउं
जहाँ सबै घर नभएकाहरु
अटाउन सकून्
केही दिनदेखी ऊ
यस्तै–यस्तै कुराहरुको
इच्छा गरिरहेको थियो

एकदिन बादशाहलाई
उसको इच्छाको खबर भयो
क्रुद्ध् भयो बादशाह
र गर्जिन थाल्यो
मेरो राज्यमा
यस्तो इच्छा राख्नु अपराध हो
समात् त्यो विद्रोहिलाई
र हाजिर गर् मेरो दरबारमा

बादशाह अघी ल्याइयो उसलाई
कड्केर भन्यो बादशाहले
तँ खतरनाक इच्छाहरुको
दोषी होस्
अब मर्नलाई तयार हो
भन् तेरो अन्तिम इच्छा के छ
उसले पनि कड्केर जवाफ दियो
मेरो अन्तिम इच्छा त्यही हो
जो मेरो पहिलो इच्छा हो
दोस्रो इच्छा हो
तेस्रो इच्छा हो

बादशाह यो सुनेर
झन् क्रुद्ध भयो
र भन्यो
फाँसी दे यस्लाई

अन्तत उसलाई मारियो

उसको हत्याको केही दिनपछी
बादशाह सवारीमा निस्क्यो
उसको बधस्थलनेर पुगेर
चकित भयो बादशाह
जहाँं उसलाई मारिएको थियो
त्यहां जिवित थिए इच्छाहरु
सास लिइरहेका
र सकृय
यो देखेर बादशाह
क्रोधले बहुलायो
र कराउन थाल्यो
मार, मार इच्छाहरुलाई
तर जति प्रयत्न गरे पनि
हात्ती, घोडा, भाला, तरबार,
सेना, तोप लगाएर पनि
इच्छाहरुलाई मार्न सकिएन
थकित भए
हार माने
सेनापती, भारदार, गुप्तचर र सिपाहीहरु
यही असफलताको शोकमा
बादशाहको मृत्यु भयो

यती भनेर चुप लग्नुभयो
मेरा पिता
मैले प्रश्न गरें
के कथा सकियो बुवा< 
उहांले एउटा लामो सास तानेर
भन्नुभयो
हो छोरा, यो कथा<
यहीं समाप्त हुन्छ
तर समाप्त भएको छैन
उसको ईच्छा
अहिले पनि त्यहां
जहाँं उसलाई मारिएको थियो
देख्न सकिन्छ
उसका इच्छाहरु
जीवित एवम उत्साहित
चारैतिर फैलिंँदै फैलिँंदै
गइरहेका इच्छाहरु
अगाडि अगाडि बढीरहेका इच्छाहरु
एकबाट अनेक भइरहेका इच्छाहरु
c;+V\o c;+V\o इच्छाहरु

छोरा, उसको इच्छा
आज पनि जिउंदो छ
इच्छाहरु कहिल्यै मर्दैनन्
मेटिन सक्दैनन् इच्छाहरु
के तिमीसम्म त्यो इच्छाको ताप
पुगिसकेको छैन छोरा<

साभारÙ एउटा बाहुला नभएको बुशर्ट कविता संग्रह, बि=सं= २०५०_

Author

टिप्पणीहरु बन्द गरिएका छन् ।

Bampanth The Left
About Us

Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu. It is registered under the Sambad Publication following the provision mentioned in The Press and Publication Act 1991. The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

Read More
Contact

Sambad Publications
Satdobato, Lalitpur-15
+977 9856020298

Write to us

info@bampanththeleft.com

Social

Facebook
Twitter

Our Team

Advisors:
Pitamber Sharma
Deependra Kshetri
Prabhat Patnaik
Cheng Enfu

Editor-in-Chief:
Mahesh Maskey

Executive Editor:
Bikash Dhakal

Managing Editor:
Puran KC

Editors:
Sudeep Shrestha
Sara Devkota

Co-Editor:
Bishnu Adhikari