Bampanth The Left

OUT NOW!
  • वामपन्थ_दि लेफ्टको दोस्रो अङक बजारमा उपलब्ध  छ । दोस्रो अङक मार्क्सवाद  र संसदीय लोकतन्त्र विशेषाङ्कको  संक्षिप्त ई- संस्करण हाम्रो वेव-साइटमा उपलब्ध छ ।

Month: January 2022

एमसीसी पारित गर्नुपर्छ भन्ने नेताहरुले देशका बारेमा सोचेका छैनन्

रामराज रेग्मी “जहाँसम्म विद्युत निर्यातको सवाल छ, नेपालमै हामीलाई विद्युत पुग्दैन । यदि हामी समाजवादको दिशातिर जाने र देशलाई आत्मनिर्भर बनाउने हो भने पूर्वाधार बनेकै छैन, कलकारखानाहरु खोलिएकै छैनन्, औद्योगीकरण भएकै छैन । हामीलाई उत्पादन गरिएको विद्युतले पुग्दैन । त्यसैले यस परिप्रेक्षमा विद्युत निर्यातको कुरा सरासर गलत छ । वास्तवमा भन्ने हो भने एमसीसी नेपालको …

एमसीसी पारित गर्नुपर्छ भन्ने नेताहरुले देशका बारेमा सोचेका छैनन् Read More »

‘समकालीन तीसरी दुनिया’ को नेपाली प्रगतिवादी साहित्य विशेषांक

पुरुषोत्तम सुवेदी* कुनै पनि काम पूर्णरुपमा सर्वस्वीकार्य हुन सक्दैन र काम सम्पन्न भएपछि मात्र त्यसको शक्ति र कमजोरी थाहा हुन्छ । यस संकलनले आगामी दिनमा नेपाली साहित्यको अनुवाद , प्रतिनिधित्व र ऐतिहासिक यथातथ्यबारे अझ सजग र यथार्थ आधारित हुन थप सहयोग पुर्‍याउने छ भन्ने आशा गर्नै पर्छ । यति ठूलो फलकमा प्रगतिवादी नेपाली साहित्यका यति …

‘समकालीन तीसरी दुनिया’ को नेपाली प्रगतिवादी साहित्य विशेषांक Read More »

नेपाली साहित्यमा मार्क्सवादी सौन्दर्य चिन्तन

निनु चापागाईं * सौन्दर्यपरक सङ्घटनालाई सुसङ्गत रूपबाट व्यवस्थित पार्ने, सौन्दर्यात्मक शाखा, प्रवर्ग र धारणा आदि निर्माण गर्ने जस्ता काम गरेर सौन्दर्यचिन्तनलाई विज्ञानको रूप दिने काम मूलतः माक्र्सवादी सौन्दर्यशास्त्रले गरेको हो । सौन्दर्यचिन्तनलाई रहस्यपूणर् तथा आध्यात्मिक कोणबाट हेर्ने प्रत्ययवादी चिन्तनबाट पूणर्तया मुक्त बनाउनु र विज्ञानसम्मत विचारहरूको पूणर् प्रणालीको स्थितिमा पुर्‍याउनु माक्र्सवादी सौन्दर्यचिन्तनको विशेषता हो । कलासृजन, …

नेपाली साहित्यमा मार्क्सवादी सौन्दर्य चिन्तन Read More »

The Parting Conversation of the Trees

Rajav They were treesOne, two, three … blazing countlesslyVillage in chaosForest on fire. The trees were bidding each other farewelland saying,Where now will the birds settle?What has happened to their little wings,their tiny feet?Were they able to fly to safety? The trees, half burnt alreadybut worrying about the birdswere saying,Where will they build their nests?Where …

The Parting Conversation of the Trees Read More »

रुखहरूको बिदाइ वार्ता

राजव उनीहरू रुख थिए एक दुई तीन असंख्य बलिरहेका थिए बस्तीमा हाहाकार थियो जंगल बलिरहेको थियो बिदाइ वार्तामा थिए रुखहरू भन्दै थिए अब चराहरू कहाँ बस्‍ने हुन् तिनका ससाना पँखेटाहरू, मसिना खुट्टाहरूको कुन्नि के हाल भयो ? ती कतै सुरक्षित उड्न पाए कि पाएनन् रुखहरू ढाडसम्म डढिसकेका थिए चराहरूको चिन्ता गर्दै भन्दै थिए, तिनले गुँड …

रुखहरूको बिदाइ वार्ता Read More »

एमसीसी को बारेमा मेरो निष्कर्ष

शरद वन्त * विकासको लागि आवश्यक श्रोत र लगानीका अनेकौँ विकल्पहरु हुन्छन् तर राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सार्वभौमकिता को कुनै बिकल्प हुँदैन । त्यसैले, एमसीसी खारेज हुनु पर्छ र राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकता को मर्मलाइ केन्द्रमा राखेर समानतापूर्ण न्यायिक बिकास र समृद्धिको लागि श्रोतको विकल्पको खोजी हुनु पर्छ। विकासको लागि आवश्यक श्रोत र लगानीका …

एमसीसी को बारेमा मेरो निष्कर्ष Read More »

एमसीसीमा देखाउने र काम गर्ने रणनीति फरक/फरक देखिन्छ !

दीपेन्द्र क्षेत्री (पूर्व उपाध्यक्ष, राष्ट्र्रिय योजना आयोग) “अमेरिकी पक्ष हेर्दा एउटा कम्पनी हो, मिलेनियम च्यालेन्ज कर्पोरेसन । यसरी हेर्दा समान तहबाट भएको सम्झौता मात्र लागू हुने हो तर हामीलाई यो असमान किसिमको सम्झौतामा लगेर राख्ने प्रयास भएको छ । यसले गर्दा पनि यो रद्ध गरिनु पर्दछ भन्ने हो । “ यो मिलेनियम च्यालेन्ज कर्पोरेसन (एम. …

एमसीसीमा देखाउने र काम गर्ने रणनीति फरक/फरक देखिन्छ ! Read More »

एमसीसीको मुख्य उद्धेश्यः भू-राजनितिक र प्राकृतिक श्रोतको दोहन्

ओम गुरुङ्ग * ( प्राध्यापक, त्रिभुवन विश्वविधालय ) “दक्षिण एशिया प्रशान्त क्षेत्रमा बढ्दै गरेको चीनको प्रभाबलाई निस्तेज पार्न र चीनका गतिबिधिहरुमाथि निगरानी गर्न कुटनितिक तथा सामरिक महत्वले नेपाल उपयुक्त देश भएकोले नेपाललाई नियन्त्रण गर्नको लागि एमसीसी प्रयोग गरिएको हो।“ एमसीसी बारे बिज्ञ साथीहरुले यसका बिभिन्न पक्षहरुमा आलोचनात्मक दृष्टिकोणबाट चर्चा गर्नु भएको छ, म त्यसलाई खुसीसाथ …

एमसीसीको मुख्य उद्धेश्यः भू-राजनितिक र प्राकृतिक श्रोतको दोहन् Read More »

एमसीसीः भ्रम र यथार्थ

      पीताम्बर शर्मा * (पूर्व उपाध्यक्ष, राष्ट्र्रिय योजना आयोग)    “एमसीसी लाई लिएर उताबाट र नेपालमा उनका समर्थकबाट जुन राजनैतिक दबाब र अपरोक्ष धम्किहरू आईरहेछन त्यसैबाट यो परियोजना अमेरिकाका निम्ति कति भू–राजनैतिक महत्वको रहेछ भन्ने स्पष्ट हुन्छ ।” साथिहरूले बुँदागत रुपमा बिभिन्न कोणबाट एमसीसी परियोजनाका पक्ष र समग्र उपादेयता वा अन्यथाबारे आफ्ना धारणा …

एमसीसीः भ्रम र यथार्थ Read More »

एमसीसी अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिको एक हिस्सा हो ।

निनु चापाँगाई* “एमसीसी ‘विकास’को अर्को  परियोजना हुँदै होइन । यो विदेशी सहायताको नयाँ नमुना हो । यो नयाँ किसिमको अति खतरनाक साधन हो । यो सहायता नियोगहरूको, बहुपक्षीय एजेन्सीहरूको बढ्दो निगमीकरणको हिस्सा हो ।“ अमेरिकी राष्ट्रिय सुरक्षा दस्तावेजहरूमा उल्लेख भएअनुसार एम.सी.सी निर्विवाद रूपले अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिको एक हिस्सा हो । अनि यो एसिया–प्यासिफिक रणनीतिको …

एमसीसी अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिको एक हिस्सा हो । Read More »