Bampanth The Left

OUT NOW!
  • वामपन्थ_दि लेफ्टको दोस्रो अङक असोज पहिलो साता बजारमा आउँदै छ । दोस्रो संस्करण मार्क्सवाद र र संसदीय लोकतन्त्र विशेषाङ्क प्रकाशन गर्नु अघि त्यसको संक्षिप्त ई- संस्करण हाम्रो वेव साइटमा उपलब्ध छ ।

एमसीसी को बारेमा मेरो निष्कर्ष

शरद वन्त *

विकासको लागि आवश्यक श्रोत लगानीका अनेकौँ विकल्पहरु हुन्छन् तर राष्ट्रियता, राष्ट्रिय स्वाभिमान सार्वभौमकिता को कुनै बिकल्प हुँदैन त्यसैले, एमसीसी खारेज हुनु पर्छ राष्ट्रियता, राष्ट्रिय स्वाभिमान सार्वभौमिकता को मर्मलाइ केन्द्रमा राखेर समानतापूर्ण न्यायिक बिकास समृद्धिको लागि श्रोतको विकल्पको खोजी हुनु पर्छ।

विकासको लागि आवश्यक श्रोत र लगानीका अनेकौँ विकल्पहरु हुन्छन् तर राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सार्वभौमकिता को कुनै बिकल्प हुँदैन । त्यसैले, एमसीसी खारेज हुनु पर्छ र राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकता को मर्मलाइ केन्द्रमा राखेर समानतापूर्ण न्यायिक बिकास र समृद्धिको लागि श्रोतको विकल्पको खोजी हुनु पर्छ।

चार बर्ष अघि एम .सी .सी को सन्दर्भ चर्चामा आउँदा म जनस्वास्थ्यको बिध्यार्थी भएकोले लामो समयसम्म बिधुत बिकासको लगानी बारे आफूलाई बेसरोकारवाला ठान्दथेँ । पछिल्लो समयमा एम सी सी बारे हुने केही छलफल कार्यक्रमहरुमा सहभागी हुन र कहिले कहीँ बिबिध बिचारका लेखहरु पढ्न शुरु गर्दा यस बारे केही चासो लाग्न थालेको बेला देश सिङ्गो बिश्वसँगै कोभिड्- १९ महाब्याधिको चपेटोमा परेपछि यो सँग लड्न जनस्वास्थ्यकर्मीको हैसियतले म कुनै न कुनै कोणबाट सँलग्न हुँदा एम .सी .सी मेरो लागि ओझेलमा परेको थियो तापनि त्यतिबेला सहमतिपत्रको गहिरो र बिस्तारमा अध्ययन गर्न नपाए पनि दस्ताबेजमा भएका राजनितिक बुँदाहरुलाई सच्यायर वा सुधारेर नेपालमा ब्यापक सम्भावना भएको बिधुत विकासको लागि एम सी सी को उपयोग गर्नु पर्छ भन्ने मलाइ लाग्दथ्यो ।

तर पछिल्लो समय एम .सी .सी को बारेमा समर्थन र बिरोधमा ब्यापक बहस चलिरहँदा एउटा नागरिकको हैसियतमा मेरो पनि यसबारे उत्सुकता बढनु स्वाभाबिक नै ठान्दछु र यही उत्सुकता मेटाउन भएको बिज्ञहरुको बिष्लेशण, बहस अनि दस्ताबेजको अध्ययन र आफ्नै स्वतन्त्र चिन्तन्ले मलाई यस बारे निष्कर्षमा पुर्याएको हो ।  एम सी सी को बिश्व शक्ति सँघर्षको परिबेषमा ऐतिहासिक पृष्ठभूमि, यसको कार्यान्वयनको लागि थालिएको शुरुवाति अप्रजातान्त्रिक प्रक्रिया र देशको सार्बभौमसँग जाडिएका सहमतिका सम्बेदनशील शर्तहरुलाई बिष्लेषण र मनन् गरेपछि म यो निष्कर्षमा पुगेको हो कि एम सी सी लाई सुधार्ने र परिमार्जन गर्ने कुनै ठाउँ छैन ।

बिधुत होस् वा अन्य कुनै पनि क्षेत्र, देशको बिकास हामी सबैको सपना हो । मलाई बिश्वास छ, बिकासको लागि आबश्यक श्रोत र लगानीका अनेकौँ विकल्पहरु हुन्छन् तर राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय सार्बभौमता को कुनै बिकल्प हुँदैन । त्यसैले, एम .सी .सी खारेज हुनु पर्छ र राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय सार्बभौमता को मर्मलाइ केन्द्रमा राखेर समानतापूर्ण न्यायिक बिकास र समृद्धिको लागि श्रोतको बिकल्पको खोजी हुनु पर्छ । यो आवाज उठाउनु सचेत नागरिकको अधिकार मात्र होइन यतिबेला ऐतिहासिक दायित्व पनि हो ।

*डा. शरद वन्त एमडी (लेनिनग्राद, युएसएसआर) एमपिएच (एडिनबरा स्कटल्याण्ड) पीएचडी (डेनमार्क) हाल फिजिशियन्स फर सोशल रिस्पोन्सिबिलिटी नेपाल (PSRN) का अध्यक्ष र पीपुल्स हेल्थ मुभमेन्ट नेपाल का राष्ट्रिय संयोजक पनि  हुन् ।  उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा धेरै वैज्ञानिक प्रकाशनहरू प्रकाशित गरेका छन् र रिसोर्स सेन्टर फोर प्राइमेरी हेल्थका अध्यक्ष, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC)  का कार्यकारी सदस्य सचिव र इन्स्टिट्यूट ओफ मेडिसिन (IOM)  को पूर्व सहायक डीनको रूपमा पनि काम गरिसकेका छन्। यसबाहेक उनी नेपाल जनस्वास्थ्य प्रतिष्ठानका संस्थापक महासचिव पनि हुन्  । 

Leave a Comment

Your email address will not be published.