एमसीसी को बारेमा मेरो निष्कर्ष

शरद वन्त *
विकासको लागि आवश्यक श्रोत र लगानीका अनेकौँ विकल्पहरु हुन्छन् तर राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सार्वभौमकिता को कुनै बिकल्प हुँदैन । त्यसैले, एमसीसी खारेज हुनु पर्छ र राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकता को मर्मलाइ केन्द्रमा राखेर समानतापूर्ण न्यायिक बिकास र समृद्धिको लागि श्रोतको विकल्पको खोजी हुनु पर्छ।
विकासको लागि आवश्यक श्रोत र लगानीका अनेकौँ विकल्पहरु हुन्छन् तर राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सार्वभौमकिता को कुनै बिकल्प हुँदैन । त्यसैले, एमसीसी खारेज हुनु पर्छ र राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकता को मर्मलाइ केन्द्रमा राखेर समानतापूर्ण न्यायिक बिकास र समृद्धिको लागि श्रोतको विकल्पको खोजी हुनु पर्छ।
चार बर्ष अघि एम .सी .सी को सन्दर्भ चर्चामा आउँदा म जनस्वास्थ्यको बिध्यार्थी भएकोले लामो समयसम्म बिधुत बिकासको लगानी बारे आफूलाई बेसरोकारवाला ठान्दथेँ । पछिल्लो समयमा एम सी सी बारे हुने केही छलफल कार्यक्रमहरुमा सहभागी हुन र कहिले कहीँ बिबिध बिचारका लेखहरु पढ्न शुरु गर्दा यस बारे केही चासो लाग्न थालेको बेला देश सिङ्गो बिश्वसँगै कोभिड्- १९ महाब्याधिको चपेटोमा परेपछि यो सँग लड्न जनस्वास्थ्यकर्मीको हैसियतले म कुनै न कुनै कोणबाट सँलग्न हुँदा एम .सी .सी मेरो लागि ओझेलमा परेको थियो तापनि त्यतिबेला सहमतिपत्रको गहिरो र बिस्तारमा अध्ययन गर्न नपाए पनि दस्ताबेजमा भएका राजनितिक बुँदाहरुलाई सच्यायर वा सुधारेर नेपालमा ब्यापक सम्भावना भएको बिधुत विकासको लागि एम सी सी को उपयोग गर्नु पर्छ भन्ने मलाइ लाग्दथ्यो ।
तर पछिल्लो समय एम .सी .सी को बारेमा समर्थन र बिरोधमा ब्यापक बहस चलिरहँदा एउटा नागरिकको हैसियतमा मेरो पनि यसबारे उत्सुकता बढनु स्वाभाबिक नै ठान्दछु र यही उत्सुकता मेटाउन भएको बिज्ञहरुको बिष्लेशण, बहस अनि दस्ताबेजको अध्ययन र आफ्नै स्वतन्त्र चिन्तन्ले मलाई यस बारे निष्कर्षमा पुर्याएको हो । एम सी सी को बिश्व शक्ति सँघर्षको परिबेषमा ऐतिहासिक पृष्ठभूमि, यसको कार्यान्वयनको लागि थालिएको शुरुवाति अप्रजातान्त्रिक प्रक्रिया र देशको सार्बभौमसँग जाडिएका सहमतिका सम्बेदनशील शर्तहरुलाई बिष्लेषण र मनन् गरेपछि म यो निष्कर्षमा पुगेको हो कि एम सी सी लाई सुधार्ने र परिमार्जन गर्ने कुनै ठाउँ छैन ।
बिधुत होस् वा अन्य कुनै पनि क्षेत्र, देशको बिकास हामी सबैको सपना हो । मलाई बिश्वास छ, बिकासको लागि आबश्यक श्रोत र लगानीका अनेकौँ विकल्पहरु हुन्छन् तर राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय सार्बभौमता को कुनै बिकल्प हुँदैन । त्यसैले, एम .सी .सी खारेज हुनु पर्छ र राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय सार्बभौमता को मर्मलाइ केन्द्रमा राखेर समानतापूर्ण न्यायिक बिकास र समृद्धिको लागि श्रोतको बिकल्पको खोजी हुनु पर्छ । यो आवाज उठाउनु सचेत नागरिकको अधिकार मात्र होइन यतिबेला ऐतिहासिक दायित्व पनि हो ।
*डा. शरद वन्त एमडी (लेनिनग्राद, युएसएसआर) एमपिएच (एडिनबरा स्कटल्याण्ड) पीएचडी (डेनमार्क) हाल फिजिशियन्स फर सोशल रिस्पोन्सिबिलिटी नेपाल (PSRN) का अध्यक्ष र पीपुल्स हेल्थ मुभमेन्ट नेपाल का राष्ट्रिय संयोजक पनि हुन् । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा धेरै वैज्ञानिक प्रकाशनहरू प्रकाशित गरेका छन् र रिसोर्स सेन्टर फोर प्राइमेरी हेल्थका अध्यक्ष, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) का कार्यकारी सदस्य सचिव र इन्स्टिट्यूट ओफ मेडिसिन (IOM) को पूर्व सहायक डीनको रूपमा पनि काम गरिसकेका छन्। यसबाहेक उनी नेपाल जनस्वास्थ्य प्रतिष्ठानका संस्थापक महासचिव पनि हुन् ।
जवाफ लेख्नुहोस्