भूराजनीतिक प्रतिद्वन्द्विता र नेपाल
नेपाल अहिले भूराजनीतिक प्रतिद्वन्द्विताको गम्भीर र चुनौतीपूर्ण
अवस्थाको सामना गरिरहेको छ । एसियाका शक्तिशाली देश
भारत र चीनबिच अवस्थित नेपालको वर्तमान भूराजनीतिक
जटिलता रुस र अमेरिका समर्थित युक्रेनबिच चलिरहेको
युद्ध तथा अमेरिका र पश्चिमी देशहरूको चीनसँग बढिरहेको
सुरक्षा, सैनिक, आर्थिक र व्यापारिक तनावले गर्दा थप जटिल
हुनपुगेको छ। चीनलाई घेर्ने उद्देश्यले केही महाशक्ति देशहरू
नेपालको भूमि आफ्नो स्वार्थअनुरूप प्रयोग गर्न आकर्षित र
सक्रिय भइरहेका कारणले पनि नेपाल विश्व भूराजनीतिको
एक महत्वपूर्ण केन्द्र बनेको छ भन्ने हाम्रो ठम्याइ हो । केही
समययता, विशेषतः एमसीसी, एसपीपी वा इन्डोप्यासिफिक
रणनीतिमा नेपालको संलग्नता विवादको परिप्रेक्ष्यमा घटिरहेका
घटनाक्रमले त्यस ठम्याइलाई पुष्टि गर्दछन् ।
जवाफ लेख्नुहोस्