info@bampanththeleft.com

Bampanth The Left

मानुषी

तिमी जति गर्न सक्छौ
त्यति म पनि गर्न सक्छु
तिमी जत्तिकै पाखुरी बजार्न सक्छु
पसिना बगाउन सक्छु
तिम्रा सबै अनुभूतिहरू
मेरा पनि अनुभूति
तर इतिहासले आज
कहाँ ल्याएर पछार्‍र्यो कुन्नि मलाई
तिमी त म भन्दा कोसौं अघि गइसकेछौ ।

तिमी र म एउटै होइनौं
एक-अर्काका पूरक मात्र हौं
त्यसैले तिमी मेरा थुप्रै अनुभूतिहरूका भागिदार हुन सक्दैनौ
म तिम्रो मृतदेहसँग जिउँदै मर्न सक्छु
म तिमीहरूको सामूहिक बलात्कार खपेर
बाँच्न पनि सक्छु
तिमीलाई त यसो कहिल्यै भएन,
तिमीले रजस्वलाको कष्टप्रद क्षण भोगेका छैनौ ।
तिमीलाई आफ्नो अस्मिताको जोखिम उठाउनु पर्दैन
तिमीलाई गर्भधारणको अतिशय पट्यारलाग्दो अवधि थाहा छैन
तिमीलाई प्रसवकालको सीमातीत कष्ट भोग्नुपर्दैन ।

हो, म तिमीबिना आमा बन्न सक्तिनँ
तर मैले तिमीलाई बाबु बन्ने श्रेय दिएकी छु
तथापि तिमी त्यो नैसर्गिक मातृत्व बुझ्दैनौ
त्यो मेरो, नितान्त मेरो अनुभूति हो ।

तिमीलाई स्वास्नीमान्छेले बलात्कार गर्‍र्यो ?
तिमीलाई स्वास्नीमान्छेले कलंकको टीका लगाइदियो ?
तिमीलाई स्वास्नीमान्छेले बेच्यो ?
तिमी निरूत्तर छौ यस प्रश्नको अघि,
आजको सत्तारूढ तिमी
शताब्दी-शताब्दीअघि
झगडालु, ईष्र्यालु वनमानुष तिमीलाई
माया र सह-अस्तित्वको अँगालोमा बाँधी
आफ्नो ओढारको छानुमुनि भित्राएकी थिएँ
जसरी आज तिमी
दाइजोको लावा-लस्करसँग घुम्टोभित्र लुकाई
पशुलाई जस्तै रूवाउँदै भित्राउने गर्छौ ।

त्यसैले तिमी यति विमुख न हौ
यति निर्दयी नबन,
यति बैगुनी न हौ,
तिमी मेरो उत्पीडन बुझ्दैनौ
म तिम्रो उत्पीडन बुझ्छु
आऊ आज हामी उत्पीडनहरू साटासाट गरौं
हामी मानसिकताले एकाकार हौं
हामी एक-अर्का बिना बाँच्न सक्ने प्राणी होइनौं
म तिम्रो हात दह्रो गरी समाउँछु
तिमी मलाई तिमी पुगेको ठाउँसम्मै पुर्‍र्याऊ
त्यहाँ, जहाँ तिमीलाई मैले सभ्यताको आदिकालमा पुर्‍र्याइसकेकी थिएँ ।
(साभार : बैसालु वर्तमान)

Author

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Bampanth The Left
About Us

Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu. It is registered under the Sambad Publication following the provision mentioned in The Press and Publication Act 1991. The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

Read More
Contact

Sambad Publications
Satdobato, Lalitpur-15
+977 9856020298

Write to us

info@bampanththeleft.com

Social

Facebook
Twitter

Our Team

Advisors:
Pitamber Sharma
Deependra Kshetri
Prabhat Patnaik
Cheng Enfu

Editor-in-Chief:
Mahesh Maskey

Executive Editor:
Bikash Dhakal

Managing Editor:
Puran KC

Editors:
Sudeep Shrestha
Sara Devkota

Co-Editor:
Bishnu Adhikari