info@bampanththeleft.com

Bampanth The Left

एमसीसीको मुख्य उद्धेश्यः भू-राजनितिक र प्राकृतिक श्रोतको दोहन्

ओम गुरुङ्ग * ( प्राध्यापक, त्रिभुवन विश्वविधालय )

दक्षिण एशिया प्रशान्त क्षेत्रमा बढ्दै गरेको चीनको प्रभाबलाई निस्तेज पार्न र चीनका गतिबिधिहरुमाथि निगरानी गर्न कुटनितिक तथा सामरिक महत्वले नेपाल उपयुक्त देश भएकोले नेपाललाई नियन्त्रण गर्नको लागि एमसीसी प्रयोग गरिएको हो।

एमसीसी बारे बिज्ञ साथीहरुले यसका बिभिन्न पक्षहरुमा आलोचनात्मक दृष्टिकोणबाट चर्चा गर्नु भएको छ, म त्यसलाई खुसीसाथ समर्थन गर्दछु, त्यसैले ती बुँदाहरुलाई याहाँ दोहोर्याइरहन जरुरी ठान्दिन ।  चर्चाकै सन्दर्भमा एम सी सी लाई सच्याएर अन्य दात्री निकायहरुलाई पनि केही पाठ सिकाउन सकिन्छ कि भन्ने तर्कहरु पनि आए । यो तर्कसँग भने म सहमत हुन सक्दिन । एम सी सी सुधारिन्न, किनकि अमेरिकाले यसलाई सुधार्नै दिदैन — उसले त सहमति पत्रमा अर्ध बिराम (comma), र पूर्ण बिराम (full stop) पनि फेर्न नपाइने सन्देश दिइसकेको छ । र नेपाल सरकारले पनि यसलाई सुधार्न सक्दैन । त्यसैले, एम सी सी लाई सुधार गर्ने कुराले जनतालाई भ्रममा मात्रै पार्दछ ।

म बिभिन्न लेखहरु मार्फत आलोचना मात्रै गरिरहेको छैन, आम जनतासँगै सडकबाट पनि एमसीसी को प्रतिकार गरिरहेको छु । यसरी एमसीसी को बिरुद्ध जनताले सडकबाट उठाएको आवाज बिज्ञ साथीहरुको लेखमा अझै समेटिन सकेको छैन, एमसीसी को बिष्लेषणको सन्दर्भमा जनस्तरबाट उठेको यो प्रतिरोध पनि अभिब्यक्त हुनु पर्छ भन्ने मलाइ लाग्दछ । जनताले यसरी बिरोध गर्दा गर्दे पनि कहिले डर धम्कीको सँकेत गर्दै, कहिले भ्रममा पारेर अनि कहिले लोभ लालच देखाएर जसरी पनि सदनबाट पारित गराउन खोज्नुको पछाडि अमेरिकाको दुईवटा प्रमुख उदेश्यहरु छन् ।

पहिलो उदेश्य भू राजनितिक स्वार्थपूर्ति हो — यतिबेला बिश्वभरि, बिषेशतः दक्षिण एशिया प्रशान्त क्षेत्रमा बढ्दै गरेको चीनको प्रभाबलाई निश्तेज पार्न र चीनका गतिबिधिहरुमाथि निगरानी गर्न कुटनितिक तथा सामरिक महत्वले नेपाल उपयुक्त देश भएकोले नेपाललाई नियन्त्रण गर्नको लागि एम सी सी प्रयोग गरिएको हो ।

दोश्रो उदेश्य हो नेपालको प्राकृतिक श्रोतको दोहन् — अमेरिकाको यो उदेश्यबारे सतही बिष्लेषण भए पनि गहिरो अध्ययन नभएको हुनाले त्यति धेरै चर्चामा आइसकेको छैन । एमसीसी मार्फत प्राप्त हुने श्रोतलाई कहिले बिकास सहयोग र कहिले लगानी भनिए तापनि यो यथार्थमा लगानी नै हो ।

लगानी भन्ने बित्तिकै यो नाफासँग जोडिन्छ, नाफा अन्ततगोत्वा शोषण र प्राकृतिक श्रोतको दोहन्सँग गाँसिन्छ । अरु पनि स्वार्थ र उदेश्यशरु होलान् — पक्कै छन्, तर एमसीसी को पछाडि प्रत्यक्ष्य रुपमा देखिने भू -राजनितिक र प्राकृतिक श्रोतको दोहन् जस्ता दुइवटा नै अमेरिकाको मूख्य उदेश्यहरु हुन् । स्पष्टै छ कि एमसीसी अन्तरगतका ट्रान्समिशन लाइनमा पर्ने गरिब किसान तथा जन जातिका स्वामित्वमा भएका जमीनहरु, बन् जँगल  एमसीसी ले अधिकरण गरेर आफ्नो स्वामित्वमा ल्याउने छ । यसरी हुने नेपालको प्राकृतिक श्रोतको दोहन् र शोषण बारे पनि बिज्ञ साथीहरुले लेखमा चर्चा गरेर जनतालाई शूशूचित र सतर्क गराउन सुझाब दिन चाहन्छु ।

*डा. ओम गुरुङ नेपाल त्रिभुवन विश्वविद्यालयमा मानवशास्त्रका प्राध्यापक हुनुहुन्छ ।   एक शैक्षिक, बौद्धिक र   राजनीतिक नेताको रूपमा, ओम गुरुङले नेपालको सामाजिक र राजनीतिक मुद्दाहरू बुझ्न महत्वपूर्ण योगदान पुर्‍याएका छन्। उनले नेपालका आदिवासी जनजातिहरूमा सामाजिक-राजनीतिक चेतना जगाउन र उनीहरूको जातीय पहिचान र सांस्कृतिक अधिकार प्राप्ति का लागि संगठित गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्। उहाँ नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) मा आबद्ध हुनुहुन्छ जसमा उहाँ केन्द्रीय सल्लाहकार समितिको संयोजक र अखिल नेपाल आदिवासी जनजाति महासंघ (ANFIN) को अध्यक्षको रूपमा काम गर्नुहुन्छ।

Author

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

Bampanth The Left
About Us

Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu. It is registered under the Sambad Publication following the provision mentioned in The Press and Publication Act 1991. The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

Read More
Contact

Sambad Publications
Satdobato, Lalitpur-15
+977 9856020298

Write to us

info@bampanththeleft.com

Social

Facebook
Twitter

Our Team

Advisors:
Pitamber Sharma
Deependra Kshetri
Prabhat Patnaik
Cheng Enfu

Editor-in-Chief:
Mahesh Maskey

Executive Editor:
Bikash Dhakal

Managing Editor:
Puran KC

Editors:
Sudeep Shrestha
Sara Devkota

Co-Editor:
Bishnu Adhikari