info@bampanththeleft.com

Bampanth The Left

चुरे क्षेत्र : विनाश कि संरक्षण ?

-डा. सुबाेध ढकाल

चुरेको विनाश र विवादको कारण खोतल्दै जाने हो भने चुरेसँग गाँसिएको प्राकृतिक स्रोत, वनपैदावार, वातावरण, व्यापार व्यवसाय, रोजगारी अनि जीविकोपार्जनको एउटा पाटो छ भने अर्को पाटोमा यसको अति संवेदनशील आन्तरिक भौगर्भिक बनोट र यसलाई युगौँयुगसम्म बचाउनै पर्ने राष्ट्रिय चुनौती छ । यो विनाशले चुरे र तराईमा बस्ने लाखौँ जनता, कृषियोग्य जमिन, वन, पानीका स्रोत तथा सम्पूर्ण वातावरण उच्च जोखिममा परेका छन् । हिमालय बन्ने प्रक्रिया चलिरहेको अहिलेको अवस्थामा यस प्रक्रियाबाट निस्कने चाप र उत्तरतिरको लेसर हिमालय दक्षिणतिर सर्ने क्रममा चुरेका चट्टानहरूमाथि बुई चढ्ने क्रम चलिरहेको अहिलेको अवस्थाले चुरे क्षेत्रलाई अझै असन्तुलित बनाइराखेको छ भने पहिरो र भू–क्षयको जोखिम पनि बढिरहेको छ । पहिरो र भू–क्षय चुरे क्षेत्रको प्राकृतिक बनोटबाट सिर्जित र मानवीय त्रुटिहरूबाट बढी उक्साइएका मुख्य र अन्तिम सत्यवाला समस्याहरू हुन् र यी समस्याको जरैसमेत उखेलेर फाल्न सकिन्छ भन्ने कसैले सोचेको भए पनि त्यो असम्भव छ । हामीले त यो प्रक्रियालाई सकेसम्म घटाउनेतिर आफ्नो तन–मन लगाउने मात्र हो ।

१. परिचय

हिमालय संसारकै सबैभन्दा कान्छो पर्वत शृङ्खला भनेर चिनिन्छ भने चुरे पहाड त्यसमध्येको पनि सबैभन्दा कान्छो पहाड हो । दक्षिणतिर तराईको भावर क्षेत्र र उत्तरतिर लेसर हिमालयका पहाडहरूले छेकिएको यो भूभाग नेपालको पूर्वदेखि पश्चिमसम्म फैलिएको छ (चित्र नं १) भने चुरे क्षेत्र नेपालका ३७ वटा जिल्लामा फैलिएको छ । सिवालिकसमेत भनेर चिनिने यो क्षेत्र नेपालको एक प्रमुख भौगोलिक क्षेत्र हो भने भौगर्भिक हिसाबले यो क्षेत्रको छुट्टै पहिचान छ । नेपालको जम्मा भू– भागको हिसाब गर्दा करिब १२.७८ प्रतिशत भाग चुरे क्षेत्रले ओगटेको छ भन्ने सरकारी आकलन छ (PCTMCDB, 2023)।

यो क्षेत्रको औसत उचाइ समुद्र सतहबाट १५०० मिटर छ भने चौडाइ ५ देखि ५० किलोमिटरसम्म छ । चुरे क्षेत्र विभिन्न खाले अतिक्रमणको मारमा परेको र यसको अस्तित्वसमेत धरापमा परेको भन्दै पछिल्लो समयमा चुरे क्षेत्रको संरक्षणलाई राष्ट्रिय चुनौतीको रूपमा हेरिएको छ । चुरे क्षेत्रको संरक्षण गर्न नसके यस क्षेत्रको मात्र नभै दक्षिणतिरको तराई तथा समग्र पहाडी भागमा समेत नकारात्मक असर पर्ने सम्भावना बढ्न जानेछ । यो क्षेत्र वनपैदावारदेखि ढुङ्गा, गिट्टीसम्मका प्राकृतिक स्रोतका लागि परिचित छ तर यसको व्यवस्थापनमा खासै सकारात्मक नतिजाहरू प्राप्त हुनसकेका छैनन् । चुरेको विनाश र विवादको कारण खोतल्दै जाने हो भने चुरेसँग गाँसिएको प्राकृतिक स्रोत, वनपैदावार, वातावरण, व्यापार व्यवसाय, रोजगारी अनि जीविकोपार्जनको एउटा पाटो छ भने अर्को पाटोमा यसको अति संवेदनशील आन्तरिक भौगर्भिक बनोट र यसलाई युगौँयुगसम्म बचाउनै पर्ने राष्ट्रिय चुनौती छ (ढकाल, २०१९) । यो विनाशले चुरे र तराईमा बस्ने लाखौँ जनता, कृषियोग्य जमिन, वन, पानीका स्रोत तथा सम्पूर्ण वातावरण उच्च जोखिममा परेका छन् । हिमालय बन्ने प्रक्रिया चलिरहेको अहिलेको अवस्थामा यस प्रक्रियाबाट निस्कने चाप र उत्तरतिरको लेसर हिमालय दक्षिणतिर सर्ने क्रममा चुरेका चट्टानहरूमाथि बुई चढ्ने क्रम चलिरहेको अहिलेको अवस्थाले चुरे क्षेत्रलाई अझै असन्तुलित बनाइराखेको छ भने पहिरो र भू–क्षयको जोखिम पनि बढिरहेको छ । पहिरो र भू–क्षय चुरे क्षेत्रको प्राकृतिक बनोटबाट सिर्जित र मानवीय त्रुटिहरूबाट बढी उक्साइएका मुख्य र अन्तिम सत्यवाला समस्याहरू हुन् र यी समस्याको जरैसमेत उखेलेर फाल्न सकिन्छ भन्ने कसैले सोचेको भए पनि त्यो असम्भव छ । हामीले त यो प्रक्रियालाई सकेसम्म घटाउनेतिर आफ्नो तन–मन लगाउने मात्र हो ।

२. चुरेको कमजोर भौगर्भिक बनोट

चुरे क्षेत्रको समस्याको चुरो भनेको यसको अति कमजोर र संवेदनशील आन्तरिक भौगर्भिक बनोट र यस क्षेत्रले निरन्तर रूपमा धान्नु परिरहेको लिथोस्फेरिक प्लेटहरूको जुधाइबाट सिर्जित चाप हो । चुरे क्षेत्र नेपालमा कान्छो हिमालयको सबैभन्दा कान्छो सन्तानको रूपमा रहेको छ र यो क्षेत्र अति नै नयाँ र कमजोर चट्टानहरूले बनेको छ । माटोका अति नै सूक्ष्म कणहरूबाट बनेका मडस्टोन, बालुवाबाट बनेका स्यान्डस्टोन र विभिन्न आकारका ग्रेभेलहरूबाट बनेका कोङ्गलोमेरेटजस्ता चट्टानहरू यस क्षेत्रको भूगर्भका मुख्य संरचना हुन् । विस्तृत रूपमा भन्नुपर्दा भौगर्भिक हिसाबले नेपालको चुरे क्षेत्रलाई लोअर सिवालिक, मिडल सिवालिक र अपर सिवालिक गरी प्रमुख ३ भागमा विभाजन गर्न सकिन्छ ९ग्बिप, द्दण्ण्ढस म्जबपब,ि द्दण्ज्ञद्ध० । लोअर सिवालिक दक्षिणतिरको तराईसँग जोडिएको छ भने मिडल सिवालिक लोअर सिवालिकको उत्तरतिर र अपर सिवालिक त्यो भन्दा पनि उत्तरतिर रहेको छ । चुरेको उत्तरतिर लेसर हिमालयका चट्टानहरू रहेका छन् जुन चुरेका चट्टानभन्दा धेरै पुराना हुन् र ती चुरेका चट्टानभन्दा निकै बलिया छन् । चुरेको भौगर्भिक बनोटलाई समग्रमा हेर्दा यहाँ पाइने चट्टानहरू घाम, पानी र अन्य बाहिरी वातावरणको प्रभावबाट सजिलै टुक्रिने र कुहिने प्रकृतिका छन् । यसले गर्दा चुरेका चट्टानहरू धेर ठाउँमा टुक्राटुक्रा भई माटोमा नै परिणत भइसकेका पनि छन् (ढकाल, २०१९) भने कति ठाउँमा चट्टानहरू दोब्रिएका पनि छन् (चित्र नं २) । धेरै ठाउँमा यी चट्टानहरूका माथितिर सतहमा उत्तरी हिमाली भागबाट सुरुभै बगेका खोला तथा चुरेकै माथिल्लो भागबाट सुरु भई बग्ने खहरे खोलाहरूले बगाएर ल्याएका विभिन्न साइजका ग्रेभेल, बालुवा र स–साना माटोका कणहरूले ढाकेका छन् जुन वर्षायाममा पर्ने घनघोर वर्षाले सजिलै बगाएर लैजान सक्छ । सारांशमा बुझ्दा चुरेको सतह र गर्भ अति नै कमजोर भइसकेको अवस्था छ ।

लोअर सिवालिक, मिडल सिवालिक र अपर सिवालिकको भौगर्भिक बनोट छुट्टाछुट्टै किसिमको छ तर चुरेका तीनवटै भागको मुख्य वातावरणीय समस्या यहाँ ठुलो सङ्ख्यामा जाने गरेका पहिरो तथा भू–क्षयबाट नै सुरु हुन्छ (ढकाल, २०१८) । विशेषतः लवोर सिवालिक र अपर सिवालिकमा सतही पहिरो र भू–क्षय बढी हुने गर्छ भने मिडल सिवालिकमा सापेक्षित रूपमा कडा चट्टान भएकाले यो भागमा गहिराइसम्म फैलिएका ठुलाठुला चट्टानी पहिरोहरू जाने गर्दछन् । त्रिभुवन विश्वविद्यालयको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, मधेश प्रदेश र वागमती प्रदेशका २२ जिल्लाको अध्ययनबाट मिडल सिवालिकमा क्षेत्रफल र सङ्ख्याको हिसाबले बढी पहिरोहरू गणना गरिएका छन् ।

उक्त अध्ययनका अनुसार मिडल सिवालिकमा औसतमा झन्नै ६० प्रतिशत पहिरोहरू गएका पाइएको छ भने अपर सिवालिकमा औसतमा २२ प्रतिशत र लोवर सिवालिकमा औसतमा १४ प्रतिशत पहिरोहरू गएका पाइएको छ (TU-CDES, 2018) । बाँकी पहिरोहरू खोलाले जम्मा गरेका अलि पुराना ग्रेवेल, कोबेल र बोल्डरका साथै बालुवा र त्यसभन्दा साना गेग्र्यानहरूले बनाएका कोटर्नेरी डिपोजिट भनिने सानासाना ढिस्काहरूमा गएको देखिएको छ । त्यसैले चुरेका पहिरोहरूलाई यहाँको भौगर्भिक संरचनाले धेरै हदसम्म नियन्त्रण गरेको छ । चुरेमा पहिरो जान र भू–क्षय हुने अर्को प्रमुख कारण हाम्रो देशको विशिष्ट भौगोलिक अवस्थिति पनि हो । चुरेको उत्तरतिर कडा चट्टान भएकोले यसलाई वर्षाको पानी र खोलाको बहाबले पनि धेरै कटान गर्न नसक्ने कारणले यी भूभागहरूमा अग्ला पहाडहरू छन् । जब खोला यस्ता कडा चट्टानी पहाड पार गरेर बग्न थाल्छ, त्यसले चुरेको कमजोर चट्टानी पहाडलाई भेट्छ र खोलाको पानीको सञ्चित शक्ति तथा उचाइको ठुलो फरकले सिर्जित खोलाको उच्च ेगले चुरेको कमजोर भूभागलाई सजिलै कटान गर्छ अनि चुरेमा पहिरो निम्त्याउने मात्र नभै समग्रमा जमिनको

क्षयीकरण गर्छ । यो प्रक्रियाको अतिरिक्त अतिकमजोर चट्टान भएको धरातलमा पानीको निकास पनि अति नै कमजोर भएकोले पानी जथाभावी बग्छ र घनघोर वर्षा हुँदा पानीले ठाउँठाउँमा भूक्षय गरी आफ्नो बाटो आफैँ बनाउँछ । केही वर्षसम्मको यस प्रकारको लगातार प्रक्रियाले ठुलो मात्रामा पहिरो जाने र भू–क्षय हुने कारणले चुरेको जमिन विनाश हुन गई दक्षिण तराईमा बाढीको प्रकोप बढ्ने र ढुङ्गामाटो थुप्रिने प्रक्रिया बढेर गएको छ । यसले गर्दा तराईका लाखौँ जनता जोखिममा परेका छन् भने खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । तराईका कति ठाउँमा त गाउँहरू खोलाको सतहभन्दा धेरै नै तल परिसकेको अवस्था छ, जसले बाढीको जोखिम झन् बढेर गएको छ ।

३. मानवीय क्रियाकलाप र चुरे विनाश

चुरे क्षेत्रमा अहिले विभिन्न विकास निर्माण र पूर्वाधार विकासका काम भइरहेका छन् जुन देश विकासका लागि अपरिहार्य पनि छ तर अहिले भइरहेको सडक निर्माणप्रक्रियाले चट्टान टुक्रिने, खिइने र भू–क्षय हुने प्रक्रिया झन् बढेर गएको छ । चुरे क्षेत्रको चट्टानी भिरमा खनिएका सडक मार्गका अनेक ठाउँमा पहिरो र भू–क्षयको समस्या विकराल छ ।

यस्ता सबै सडक निर्माणमा हाम्रा प्रविधि भनेका ‘कट एन्ड फिल मेथडस्’ हुन्, जुन चुरेको कमजोर भौगर्भिक बनोटलाई बिगार्न पर्याप्त छन् । त्यसको विकल्पमा सम्भाव्यता हेरी कम्तीमा पनि अति संवेदनशील भूभागको पहिचान गरी त्यस्ता स्थानमा टनेल रोडलाई प्राथमिकतमा राख्नु जरुरी देखिन्छ । ‘ कट एन्ड फिल मेथड्स’ बाटै खनिएका सडकहरूमा पनि चुस्त इन्जिनियरिङ डिजाइनका साथ सडक निर्माण गर्नु अति आवश्यक देखिन्छ । ट्र्याक खोल्ने अनि वर्षौसम्म त्यसको व्यवस्थापन र सडकलाई पूर्णता दिने काममा बेवास्ता वा ढिलासुस्ती हुँदा पहिरो, भू–क्षय तथा जमिनको क्षयीकरण हुन गई चुरे विनाशको क्रम बढ्दै जाने गरेको प्रस्ट देखिन्छ । जस्तो कि सडक खनिसकेपछि पहिरो जान नदिन स्लोपको डिजाइन वैज्ञानिक हुनुपर्नेमा जिवोमेट्रिक डिजाइनसम्म पनि देखिँदैन ।

खानीजन्य तथा नदीजन्य निर्माण सामग्रीको जथाभावी उत्खनन पनि चुरे विनाशको अर्को मुख्य कारण हो । चुरेका चट्टानहरू कमजोर भएकोले सामान्यतया यो ठाउँमा पाइने खानीजन्य निर्माण सामग्रीको गुणस्तर राम्रो छैन तैपनि यस्ता खाले निर्माण सामग्रीको उत्खनन भैराखेकै छ । नदीजन्य निर्माण सामग्रीको गुणस्तर कति स्थानमा राम्रै पनि हुनसक्छ किनकि खोलाहरूले उत्तरतिरका पहाडी भागबाट बगाएर ल्याएका गेग्र्यानहरू बलिया नै हुन्छन् तर त्यसमा पनि चुरेकै कमजोर चट्टानको मिसावट हुने सम्भावना बढी नै हुन्छ ।

नदीजन्य निर्माण सामग्रीको उत्खनन् ठाउँ हेरी आवश्यक पनि देखिन्छ किनकि गेग्र्यान थुप्रिने क्रम बढ्दै गएको अहिलेको अवस्थामा खोलाको सतह बढ्न गई बस्तीहरूलाई जोखिममा पारेका उदाहरणहरू पनि प्रशस्तै भेटिन्छन् । तर कहाँंबाट कति मात्रामा यस्ता सामग्री उत्खनन् गर्न सकिन्छ भन्ने विषयमा विस्तृत अध्ययनबाट मात्र यसको निर्णय गर्न सकिन्छ । वनजङ्गल फँडानी तथा वनजङ्गलमाथिको अतिक्रमण र उक्त स्थानहरूमा गरिएका अनियन्त्रित बस्ती विकास पनि चुरे विनाशको अर्को मुख्य कारण हो । यसले गर्दा प्राकृतिक सम्पदाको नाश हुँदै जानुका साथै वनले ढाकेको जमिन नाङ्गो हुन गई बाहिरी वातावरणसँग सजिलै प्रतिक्रिया हुनजाने, रुखले माटोलाई समातेर राख्न नपाउने, वर्षादमा परेको पानीले प्रत्यक्ष रूपमा जमिनलाई गलाउने अनि पहिरो तथा भू–क्षय बढ्न जानेक्रम बढ्दै जाने गरेको छ ।

४. चुरे विनाशलाई रोक्ने उपाय

चुरेको समग्र विनाशलाई दिगो रूपमा रोक्न सर्वप्रथम त सम्पूर्ण चुरे क्षेत्रको जमिन विनाशको मापन गरी अति जोखिममा रहेका जमिन छुट्याई विनाश न्यूनीकरण कार्यक्रमहरू प्राथमिकतका साथ लागु गर्नु जरुरी छ । यसमा विनाशको मुख्य प्रकार र कारण दुवै छुट्याई मुख्य कारणलाई नै निर्मूल पार्नेतिर पाइला चाल्नु महत्वपूर्ण हुन्छ । अघि नै भनिएजस्तै चुरे विनाशको जड भनेकै यस क्षेत्रमा गइरहने पहिरो र भू–क्षय हो । यसमा अहिले भैराखेका पहिरो र भू–क्षयहरूको जिआइएसमा आधारित चुस्त तथ्याङ्क र भविष्यमा जानसक्ने पहिरोहरूको पनि सम्भाव्यता अध्ययन गरी ल्यान्डस्लाइड र इरोजन हाजार्ड म्याप बनाउन जरुरी छ भने निम्तिनसक्ने मानवीय, भौतिक र वातावरणीय क्षतिको प्रक्षेपणको आधारमा अपरिहार्यता निर्धारण गर्दै पहिलो चरणमा बचाउ गर्नु जरुरी देखिन्छ । अति जोखिमयुक्त स्थानमा जोखिम न्यूनीकरणका कार्यक्रम गरिसकेपछि अन्य कम जोखिमका स्थानमा पनि भविष्यमा जोखिम निम्त्याउनसक्ने कारक तत्व पहिचान गरी त्यसलाई समयमै निर्मूल पार्नु पनि उत्तिकै जरुरी हुन्छ । अहिलेसम्मको हाम्रो अनुसन्धानले देखाएअनुसार सामान्यतया पहिरोको कारणमा सतही पानीको कमजोर व्यवस्थापन मुख्य रूपमा पाइएकाले चुरे बचाउन गर्नुपर्ने कार्यक्रमहरूमा चुरे क्षेत्रमा भएका प्राकृतिक स्लोप (भिरहरू) र मानवसिर्जित स्लोपहरूमा पानी निकासको लागि हलुका, सस्ता तर असरदार निकास नालाहरू बनाउनु जरुरी छ । यसो गर्दा भिरमा भएको माटो र चट्टानबाट पानी छिरी उत्पन्न हुने अतिरिक्त चापमा कमी आई पहिरो जाने क्रम घट्छ । अर्को महत्वपूर्ण कुरा, सडकहरू खन्दा पहिरो जान नदिन खनिएका स्लोपको डिजाइन वैज्ञानिक हुनु जरुरी छ । यस्तो कुराको बेवास्ता गरी बनाइएका सडकहरूमा तुरुन्तै अनुगमन र कार्यान्वयन गर्नु जरुरी देखिन्छ । कम्तीमा पनि उक्त स्थानको भूगर्भअनुसार स्लोपको उचाइ कति राख्नुपर्ने र कति डिग्रीमा स्लोप काट्नुपर्ने भन्ने कुराको राम्ररी लेखाजोखा गरी पानी निकासका वैज्ञानिक संरचनाहरू सँगसँगै बनाउनु जरुरी छ ।

सडक खन्दाको प्रविधि पनि अति नै उत्तम हुनुपर्दछ किनकि जथाभावी र मात्रा नमिलाईकन गरिने ब्लास्टिङले स्लोपको सम्पूर्ण भागलाई नै हल्लाइदिन सक्छ भने चट्टानहरूलाई पनि कमजोर बनाइदिन सक्छ । सम्भावना हेरी ैज्ञानिक निकास नाला, स्लोपलाई थाम्न बनाइने हलुका रिटेनिङ वाल, पानीको निकास नाला र ढुङ्गामाटो सुहाउँदो वनस्पति वृक्षरोपणको एकीकृत रूप बायोइन्जिनियरिङलाई प्रमुख रूपमा कार्यान्वयन गर्नु उत्तम देखिन्छ । अनुसन्धानले देखाएअनुसार चुरेका धेरै ठाउँको लागि यो प्रविधि उपयुक्त, वातावरण अनुकूल, सस्तो तर असरदार हुने पाइएको छ । स्लोप अति भिरालो भई पहिरो जानसक्ने स्थानहरूको पहिचान गरी भिरालोपन घटाउन स्लोपका ठाउँठाउँमा बेन्चिङ गर्नुपर्ने देखिएको छ । साथै खोलाको कटान धेरै हुने स्लोपहरूमा कटान हुने ठाउँ पहिचान गरी ढुङ्गा भरिएको तार जाली (गेबिन वाल) अथवा ठुलाठुला ढुङ्गाका बोल्डरहरू थुपारी खोलाको कटान गर्ने शक्ति घटाउनुपर्छ ।

त्यस्तै वनजङ्गल फँडानी भई नाङ्गिएका ठाउँमा स्थानीय माटो सुहाउँदो वृक्षारोपण गरी वनजङ्गल जोगाउनु अति जरुरी छ । मानिसको वनजङ्गलमाथिको अतिक्रमण गरी नयाँ बस्ती बसाउने चलन, वन फँडानी तथा जथाभावी खोलाहरूमा अतिक्रमण अनि चट्टानी भिरहरूबाट र खोलाहरूबाट जथाभावी ढुङ्गागिट्टी निकाल्ने चलनले पहिरो र भू–क्षयलाई बढावा दिइरहेको कुरा सत्य हो । त्यसैले अनियन्त्रित र अवैज्ञानिक रूपमा भइरहेको बालुवागिट्टी दोहनलाई तुरुन्तै रोकी कुन स्थानबाट कति मात्रामा ढुङ्गागिट्टी निकाल्न सकिने हो र कुन स्थानबाट निकाल्न नमिल्ने हो त्यो पहिचान गरी सोहीअनुसार व्यवस्थापन गर्नु जरुरी छ । चुरे क्षेत्र भावर र तराईको लागि पानीको महत्वपूर्ण रिचार्ज जोनको रूपमा रहेको छ । चुरे क्षेत्रमा हुने वातावरणीय असन्तुलनको समस्याले यस क्षेत्रको समग्र पानीको प्रवाहलाई नै असन्तुलित बनाउनसक्ने साथै चुरेको पहिरो र भू–क्षयको कारणले चुरेबाट बग्ने खोलाहरू अनियन्त्रित भएर बग्ने र बाढीको थप समस्या निम्त्याउने सम्भावना बढ्दै गएको छ (ढकाल, २०१९) । साथै पानी प्रदूषित हुने र तराईको पानीको स्रोत मुहान नै प्रदूषित हुने क्रम बढ्दो छ । पहिरोको कारण आकासे पानी जमिनमुनि छिर्न नपाई वा छिर्ने क्रम कम भएर भूमिगत जलमा पनि प्रतिकूल प्रभाव पर्दैछ । यस्तो पानीको बचाउको लागि पनि पहिरो, भू–क्षय र वनजङ्गल फँडानीलाई चुरेमा नै रोक्नु जरुरी छ । साथै चुरेतिरका प्राकृतिक तालतलैयाहरूको संरक्षणले पनि तल्लो तटको पानीको स्रोत व्यवस्थापनको लागि सकारात्मक प्रभाव पार्ने देखिन्छ । पानीबाहेक चुरेको पहिरो र भू–क्षयले तराईमा नम्त्याइरहेको र अझै निम्त्याउन सक्ने बाढी अनि यसले ल्याउने विपद्को लागि मुख्य खतरा हुनसक्छ ।

त्यस्तै वनजङ्गल फँडानी भई नाङ्गिएका ठाउँमा स्थानीय माटो सुहाउँदो वृक्षारोपण गरी वनजङ्गल जोगाउनु अति जरुरी छ । मानिसको वनजङ्गलमाथिको अतिक्रमण गरी नयाँ बस्ती बसाउने चलन, वन फँडानी तथा जथाभावी खोलाहरूमा अतिक्रमण अनि चट्टानी भिरहरूबाट र खोलाहरूबाट जथाभावी ढुङ्गागिट्टी निकाल्ने चलनले पहिरो र भू–क्षयलाई बढावा दिइरहेको कुरा सत्य हो । त्यसैले अनियन्त्रित र अवैज्ञानिक रूपमा भइरहेको बालुवागिट्टी दोहनलाई तुरुन्तै रोकी कुन स्थानबाट कति मात्रामा ढुङ्गागिट्टी निकाल्न सकिने हो र कुन स्थानबाट निकाल्न नमिल्ने हो त्यो पहिचान गरी सोहीअनुसार व्यवस्थापन गर्नु जरुरी छ । चुरे क्षेत्र भावर र तराईको लागि पानीको महत्वपूर्ण रिचार्ज जोनको रूपमा रहेको छ । चुरे क्षेत्रमा हुने वातावरणीय असन्तुलनको समस्याले यस क्षेत्रको समग्र पानीको प्रवाहलाई नै असन्तुलित बनाउनसक्ने साथै चुरेको पहिरो र भू–क्षयको कारणले चुरेबाट बग्ने खोलाहरू अनियन्त्रित भएर बग्ने र बाढीको थप समस्या निम्त्याउने सम्भावना बढ्दै गएको छ (ढकाल, २०१९) । साथै पानी प्रदूषित हुने र तराईको पानीको स्रोत मुहान नै प्रदूषित हुने क्रम बढ्दो छ । पहिरोको कारण आकासे पानी जमिनमुनि छिर्न नपाई वा छिर्ने क्रम कम भएर भूमिगत जलमा पनि प्रतिकूल प्रभाव पर्दैछ । यस्तो पानीको बचाउको लागि पनि पहिरो, भू–क्षय र वनजङ्गल फँडानीलाई चुरेमा नै रोक्नु जरुरी छ । साथै चुरेतिरका प्राकृतिक तालतलैयाहरूको संरक्षणले पनि तल्लो तटको पानीको स्रोत व्यवस्थापनको लागि सकारात्मक प्रभाव पार्ने देखिन्छ । पानीबाहेक चुरेको पहिरो र भू–क्षयले तराईमा नम्त्याइरहेको र अझै निम्त्याउन सक्ने बाढी अनि यसले ल्याउने विपद्को लागि मुख्य खतरा हुनसक्छ ।

सन्दर्भ–सामग्री

  • ढकाल, सुबोध (२०७९) । गतिशील चुरेको चुरो बुझौँ, कान्तिपुर राष्ट्रिय दैनिक (असार १०) ।
  • ढकाल, सुबोध (२०१८) । नेपालको चुरे क्षेत्रमा पहिरोको प्रकोप र जोखिमन्यूनीकरण । बुलेटिन अफ नेपाल जोग्राफिकल सोसाइटी, ३५ ।Dhakal, S. (2014). Geological Divisions and Associated Hazards in Nepal, In Khadka, U.R. (Ed.), Contemporary Environmental Issues and Methods in Nepal, Central Department of Environmental Science. Tribhuvan University Nepal, pp. 100-109.
  • PCTMCDB (2023). Official website of President Chure Terai-Madhesh Conservation Development Board, https://www.chureboard.gov.np/page/Introduction; accessed on 2nd August 2023.
  • TU-CDES (2018). Characterization of Landslide Hazard and Design of Mitigation Works of High Risk Landslides in Chure Area of Nepal (Twelve Districts). Central Department of Environmental Science,
  • Tribhuvan University and Government of Nepal, President Chure-Tarai Madhesh Conservation Development Board, Kathmandu.
  • Ulak, P.D, (2009).Lithostratigraphy and late Cenozoic fluvial styles of Siwalik Group along Kankai River section, East Nepal Himalaya. Bulletin of the Department of Geology, 12, 63–74

(त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रिचन्द्र क्याम्पसमा भूगर्भशास्त्र विभागको प्रमुखको जिम्मेवारीमा रहनु भएका डा. सुबोध ढकालले इन्जिनियरिङ भूगर्भशास्त्र र विपद् व्यवस्थापनको क्षेत्रमा विज्ञता हासिल गर्नुभएको छ । ढकालले जापानको साइतामा विश्वविद्यालयबाट भौगर्भिक इन्जिनियरिङमा विद्यावारिधिको उपाधि हासिल गर्नुभएको छ । प्रकोप तथा विपद् व्यवस्थापन, भौगर्भिक बनावट, सडक, सुरुङमार्ग तथा अन्य पूर्वाधार विकास, वातावरणीय विनाश र दिगो विकास, जलवायु परिवर्तन अनुकूलन तथा असर जस्ता विविध क्षेत्रमा दुई दशक भन्दा बढीको अनुभव हासिल गर्नुभएका ढकालका राष्ट्रिय र अन्तर्राष्ट्रिय जर्नलहरूमा ५० भन्दा बढी विज्ञ समीक्षित लेखहरू प्रकाशित छन् ।)

Author

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Bampanth The Left
About Us

Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu. It is registered under the Sambad Publication following the provision mentioned in The Press and Publication Act 1991. The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

Read More
Contact

Sambad Publications
Satdobato, Lalitpur-15
+977 9856020298

Write to us

info@bampanththeleft.com

Social

Facebook
Twitter

Our Team

Advisors:
Pitamber Sharma
Deependra Kshetri
Prabhat Patnaik
Cheng Enfu

Editor-in-Chief:
Mahesh Maskey

Executive Editor:
Bikash Dhakal

Managing Editor:
Puran KC

Editors:
Sudeep Shrestha
Sara Devkota

Co-Editor:
Bishnu Adhikari