गाजामा नरसंहार

-क्रिस हेजेस
(पत्रकार क्रिस हेजेसले डिसे म्बर ६, २०२३ मा उत्तर ट्रोय न्युयोर्क अमेरिकामा स्वतन्त्र मिडियाका लागि ‘द जेनोसाइड इन गाजा’ शीर्षकको मध्यपूर्व सङ्कटसम्बन्धी कार्यक्रमलाई सम्बोधन गरी आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । हेजेसले आफू स्वयम् गाजाबाट फर्केर आफ्नो अवलोकन, अनुभव र अनुभूतिजन्य कुराहरूलाई विगत र वर्तमानका उपयुक्त अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिक घटनाक्रमसँग दाँजे र अभिव्यक्त गरेकाले उहाँको सो मन्तव्य गाजाको अवस्था र इजरायल प्यालेस्टाइन युद्ध बुझ्ने सन्दर्भमा एकदमै आधिकारिक, तथ्यगत र सारगर्वित लागेकाले यहाँ ट्रान्सक्राइब र अनुवाद गरी प्रस्तुत गरिएको छ । यसको ट्रान्सक्राइब हिमाली दीक्षित र अनुवाद नेपाल पब्लिक हेल्थ फाउन्डेनका अनुसन्धानकर्मीहरूले गर्नुभएको हो ।)

गाजामाथिको आकाश मृत्युको प्रक्षेपणले ढाकिएको छ । हेलिकप्टरबाट आक्रमण, ड्रोन, आर्टिलरी र ट्याङ्कका गोला, मोर्टार , बम, मिसाइलहरूले भरिएको छ । गाजा विस्फोटहरू र भत्किएका भवनहरूमुनि मद्दतका लागि कहाली लाग्दो चिच्याहट र राेदनको कोलाहल हो । सात दिनको युद्धविरामपछि गाजा यातना शिविरको हरेक हृदयलाई डरले फेरि अचेट्न थालेको छ । गाजामा अक्टोबर ७ दे खि ६००० भन्दा बढी बालबालिकाहरू सहित १६००० भन्दा बढी प्यालेस्टिनीहरू मारिएका छन् । ४२००० मान्छेहरू घाइते भएका छन् । एक कराेड असी लाखभन्दा बढी मानिसहरू आफ्नो घरबाट निकालिएका छन् । भग्नावशेषमुनि दबिएर हजाराैं बेपत्ता छन् । ३०० भन्दा बढी परिवारले दश भन्दा बढी सदस्यहरू गुमाएका छन् । वेस्ट बैंकमा सोही समयमा झण्डै ३०० प्यालेस्टिनी मारिएका छन् र ३००० भन्दा बढी घाइते भएका छन् ।
इजरायल अझै नरसंहार गर्न राेकिनेवाला छैन । इजरायलले उत्तर र दक्षिण गाजामा जे बाँकी रहेको छ, त्यसलाई नष्ट गरी गाजालाई बस्न नसक्ने ठाउँ बनाउने योजना बनाएको छ । भोकमरी, आतङ्क, हत्या र सङ्क्रामक राेगहरूमार्फत जातीय सफाइका विशालकाय अभियान चलाउँदै प्यालेस्टिनका दुई कराेड साठी लाख मानिसहरूलाई बाहिर निकाल्न चाहन्छ । सहायता समूहले टोकन मात्रामा खाद्यान्न र औषधी ल्याएका छन् । युद्धविरामको समयमा आएका पहिलो किस्ताका सामान कफन र कोराेना भाइरस परीक्षणहरू थिए । बाइडेन प्रशासनले इजरायलले वार्षिक सैन्य सहयोगमा प्राप्त गर्ने ३–८ अरब डलर र १४–३ अरब डलर राशीको पुरक सहयोगमा बाधा पुर्याउने शर्तहरू राख्न अस्वीकार गरेको छ । इजरायलले मृत्युको रूलेटचक्र घुमाइरहेको बेला यसले सर्जिकल स्ट्राइकका बारेमा बेकारका आश्वासनहरू ओकल्छ ।
इजरायलले आफ्नो काम तमाम गरीसकिसकेको बेला, सन् १९४८ को लाखौको सङ्ख्यामा प्यालिस्टिनी जनता आफ्नो भूमि छाडेर जानु परेको घटना (नाक्बा वा महाविपत्ति) जहाँ दर्जनौं गाउँहरूमा हजाराैं प्यालेस्टिनीहरूको नरसंहार गरियो । र सात लाख पचास हजार जनालाई जियोनिष्ट मिलिशियाले जातीय सफाया गरे । अहिलेको तुलनामा एउटा सभ्य युगको विचित्रको अवशेष जस्तो देखिने छ । कुनै पनि कुराको सीमा छैन । अस्पतालहरू, एम्बुलेन्सहरू, मस्जिदहरू, चर्चहरू, घरहरू, अपार्टमेन्ट–ब्लकहरू, शरणार्थी शिविरहरू, विद्यालयहरू, विश्वविद्यालयहरू, मिडिया कार्यालयहरू, ढल प्रणालीहरू, दूरसञ्चार पूर्वाधारहरू, पानी प्रशोधन प्लान्टहरू, पुस्तकालयहरू, गहुँ मिलहरू, बेकरीहरू, बजारहरू, सम्पूर्ण छिमेकहरू सबै ध्वस्त हुँदैछन् ।
इजरायलको उद्देश्य गाजाको पूर्वाधारलाई नष्ट गरी, गाजालाई उजाड भूमि बनाई, एक मृत क्षेत्र बनाउनु हो । जो जीवन धान्न असक्षम हुने छ ।
अक्टोबर १३, २०१३ मा इजरायली गुप्तचर मन्त्रालयबाट बाहिरिएको भएको दस पृष्ठको कागजातले गाजाका २.६ मिलियन प्यालेस्टिनी बासिन्दाहरूलाई इजिप्टको सिनाई प्रायद्वीपमा ‘जबरजस्ती र स्थायी स्थानान्तरण’ गर्न आह्वान गरेको छ । एकपटक प्यालेस्टिनीहरू इजिप्टको सीमाना नाघेपछि, जुन इजिप्ट सरकार र अरब नेताहरूले अमेरिकाका दबाबको बाबजुद राेक्न खोजिरहेका छन्, प्यालेस्टिनी कहिल्यै फर्कने छैनन् । यो युद्ध हमास विरुद्ध होइन । यो युद्ध प्यालेस्टाइनहरूको विरुद्ध हो ।
इजरायलीहरूले अति चर्को र तीव्र गतिमा हमला गर्छन् । तिनीहरूमध्ये धेरै हबसोरा (गोस्पेल) भनिने प्रणालीबाट छन्, जुन कृत्रिम बौद्धिकता (एआईद्वारा निर्मित छ, जसले दिनमा १०० लक्ष्यहरू चयन गर्दछ । ‘सामूहिक हत्या कारखाना’लाई सुविधा दिने रूपमा एआई प्रणालीलाई इजरायली साइटहरू, ९७२ म्यागजिन र स्थानीय फोन कलमार्फत वर्णन गरिएको छ । यदि इजरायलले एक पटक अनुमान गरेको हमास अपरेटिभ पत्ता लगायो , उदाहरणका लागि— सेलफोनबाट भने उसले त्यस लक्ष्यको ठुलो क्षेत्रको वरिपरि बम र गोलाबारी गर्दै दर्जनाैं , कहिले काहीँ सयौं मानिसहरूलाई मार्छ र घाइते बनाउँछ । इजरायलले आफ्नो (छाना ढक्ढकाउने रणनीति त्यागेको छ, जहाँ वारहेडबिनाको रकेट बिल्डिङको माथि अवतरण गरी भित्रका मानिसहरूलाई खाली गर्न चेतावनी दिइन्थ्यो । यसले आगामी आक्रमणहरूको फोन कलबाट दिइने चेतावनी पनि बन्द गरेको छ । अहिले अपार्टमेन्ट ब्लक वा छिमेकमा दर्जनौं परिवार बिना सूचना मारिएका छन् ।
सराजेभोमा घेराबन्दीको बेला म न्युयोर्क टाइम्सका लागि रिपोर्टिंङ गर्दै थिएँ । त्यतिबेला गाजामा इजरायलले बम विस्फोट गरेको र खाना, पानी, इन्धन र औषधीमाथि लगाइएको नाकाबन्दीलाई हामीले कहिल्यै सहेनौं । त्यतिबेला दिनहुँ सयौं मृत्यु वा घाइते हुने गर्दथे , जसलाई हामीले पटक्कै सहेनौं । सर्बियाको जनसंहार अभियानमा अन्तर्राष्ट्रिय समुदायको सहयोगलाई, वासिङ्टनले युद्धविरामलाई हस्तक्षेप गर्ने कुरा र घेराबन्दी कायम बनाउन अमेरिका र अन्य पश्चिमी मुलुकहरूबाट ठुला ठुला हतियार हरू ढुवानी गर्ने कुरालाई हामीले कहिल्यै सहेनौं । युद्धमा सर्बियाली सेनाहरूद्वारा २५ पत्रकार हरूको हत्या भए तापनि अन्तर्राष्ट्रिय समुदायबाट सराजेभोको प्रेस रिपोर्टहरूलाई नियमित रूपमा बदनाम र खारेज गरिएको थियो , जुन कुरालाई हामीले सहन गरेनाैं । पश्चिमी सरकारले घेराबन्दीलाई सर्बियाको आत्मरक्षाको अधिकारका रूपमा लिएको कुरालाई हामीले कहिल्यै सहेनौं । बोस्नियामा अमेरिकी शान्ति सेनाहरू पठाइएको थियो , जसमा धेरै जस्तो सार्वजनिक सम्बन्ध बनाउने इसारा थियो तर पनि उनीहरू हत्या राेक्न असमर्थ भइरहेका थिए । जब स्रेब्रेनिकामा आठ हजार बोस्नियाली वयस्क र युवाहरूको हत्या भयो , तब मात्र उनीहरू प्रतिक्रिया दिन बाध्य भए ।
सराजेभोमा भएको घेराबन्दीको त्रासले मलाई ३ दसकपछिसम्म पनि त्रसित बनाइरहन्छ, त्यसैले त्यो त्रास सानो तिनो थियो भने र म भन्दिनँ तर हामीले के भोग्यौं भन्दा, दिनको तीनदेखि चार सय बम विस्फोट, दिनको चारदेखि पाँच मानिसहरूको मृत्यु र दिनको दुई दर्जन घाइते हरू— यो गाजामा भएको पूर्ण मृत्यु र विनाशको तुलनामा एक सानो भाग मात्र हो । गाजाको इजरायली घेराबन्दी स्टालिनग्राडमा वे हर्माख आक्रमणसँग मिल्दो जुल्दो छ, जहाँ साराजेभोको भन्दा ९०५ बढी सहरका भवनहरू ध्वस्त भएका थिए ।
इजरायलको लक्ष्य मानिसहरू मार्नु मात्र होइन, प्यालेस्टाइनको विचारलाई पनि मेटाउनु हो । यो ती अन्य औपनिवेशिक बसोबास परियोजनाहरूद्वारा गरिने नश्लीय नरसंहारको ठुलो अभियानहरूको प्रतिलिपि हो , जसले के विश्वास गर्यो भने अन्धाधुन्ध हिंसाले उनीहरूले कब्जा गरेको जमिनमा बसोबास गरेका मानिसहरूका आशालाई कुल्चिदिन्छ । विदेशी पत्रकार र फोटोग्राफरहरूलाई बन्देज गरेर अनि फोन र इन्टरनेट सेवा काटेर इजरायलले अन्य नरसंहार गर्ने अपराधीहरूले जसरी आफ्ना यी कार्यहरूलाई पनि गोप्य राख्ने नियत राख्छ । इजरायलले प्यालेस्टिनी पत्रकारहरू र मेरा साथीहरूलाई हत्याका लागि निशाना बनाएको छ र ५० जनाभन्दा बढीको हत्या गरेको छ । हिराेसिमा र नागासाकीमा खसालेका जति एटोमिक विस्फोटकको बराबर लगभग पच्चिस हजार टन विस्फोटकभन्दा बढी इजरायलले गाजामा विस्फोटक खसालेको छ । गाजा, इजरायलको यो अभियानको अन्त्यमा बस्न योग्य हुनेछैन । एक रणनीति, जुन नाजीहरूले , वारसा बस्ती र पछि वारसा आफैले नियमित रूपमा सशस्त्र प्रतिराेधको सामना गर्दा प्रयोग गर्दथे , गाजा, जुन रूपमा हामीलाई अहिले थाहा छ, भविष्यमा त्यस्तो रहने छैन ।

इजरायलको रणनीति मात्र यस्तो होइन, प्यालेस्टिनीहरूलाई हेर्ने दृष्टिकोण पनि उस्तै छ । उनीहरूका अनुसार प्यालेस्टिनीहरू जनावर हुन्, राक्षस हुन् । उनीहरू र उनीहरूका बच्चाहरूलाई बाँच्ने कुनै अधिकार छैन । उनीहरूलाई पृथ्वीबाट सफाया गर्नुपर्छ । विकसित राष्ट्रहरूका डीएनएमा नै उनीहरूलाई नै विनाश गर्ने उद्देश्य हुन्छ, जसको जग्गा कब्जा गरिन्छ, जसको स्रोत साधनको प्रयोग गरिन्छ र जसको श्रम शोषण गरिन्छ । चाहे अमेरिकाका आदिवासी, भारतीय, कङ्गोलिज, के न्याका किकुयु वा नामिबियाका हेरेराेहरूलाई सोध, जसले गाजाका प्यालेस्टिनीहरूका पक्ष लिन्छन्, उनीहरूलाई पनि बन्दुक ताकिएको थियो , मरुभूमिमा छोडिएको थियो , उनीहरू भोकमरी र राेगका कारणले मर्नुपरेको थियो , लगभग असी हजार जना जति । इराकीहरू, अफगानीहरू, सिरियनहरू, लिबियनहरू वा पृथ्वीहरूका आदिवासी जनताहरूलाई सोध्दा हुन्छ । उनीहरूलाई थाहा छ कि हामी को हाैं ?
इजरायलको विकृत, औपनिवेशिक बसोबास गर्ने रूप हाम्रो आफ्नै हो । हामी त्यस्तो नभएको जस्तो व्यवहार गर्छौं । इजरायलमा जस्तै , हामी आफैंमा सद्गुण र सभ्यताका विशेषताहरूलाई श्रेय दिन्छौं, जुन कब्जामा परेका र घेरेका मानसिहरूलाई तिनीहरूको अधिकार खोस्ने , तिनीहरूको भूमि कब्जा गर्ने , र उनीहरूलाई अधीनमा राख्न लामो समयसम्म कैद, यातना, अपमान, र जबरजस्ती गरिबी र हत्याको प्रयोग गर्ने झिना औचित्यहरू हुन् । हाम्रो इतिहासको आधार , विशेष गरी मध्यपूर्वको हाम्रो भर्खरैको विगत, पृथ्वीको “तल्लो ” नश्लहरूलाई वशमा पार्ने वा मेटाउने विचारमा बनेको छ । हामी यी “तल्लो ” नश्लहरूलाई नाम दिन्छाैँ, जसले दुष्टतालाई मूर्त रूप दिन्छ— आईएसआईएस, अलकायदा, हजिबुल्लाह, हमास । हामी तिनीहरूलाई अमानवीय बनाउन जातिवादी गालीहरू प्रयोग गर्छौं— हाजी, बालुवा, ऊँट, जोकी, अली बाबा, गोबर सोहोर्ने वाला किनकि त्यसपछि उनीहरू दुष्टताको प्रतिमूर्ति भएकाले मानवभन्दा कम जातको ठान्छौँ, हामी सत्तारुढ लकुड पार्टीका लागि इजरायली संसदका एक सदस्य नस्सिीम वाटुरीकोले झैैँ इजाजतपत्र पाएको महसुस गर्छौं, जसले भनेका थिए , “गाजालाई पृथ्वीको अनुहार बाट मे टाउनका लागि । “इजरायलका पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटले भने , “हामी नाजीहरूसँग लडरिहेका छौं” अर्को शब्दमा, सर्वाधिक दुष्टहरूसँग) ।
यस कार्यमा पछि नपर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले जर्मन चान्सलरसँगको पत्रकार सम्मेलनमा हमासलाई “नयाँ नाजीहरू” भने र वर्णन गरे । यसबारे सोचाैँ त ! संसारको सबैभन्दा ठुलो यातना शिविर मा १६ वर्षसम्म कैदमा परेका, खाना, पानी, इन्धन, र औषधीबाट बन्चित भएका, से ना, वायुसेना, नौसेना, यान्त्रिक इकाइहरू, तोपखाना, कमाण्डर कन्ट्रोल, अनि मिसाइल ब्याट्रीहरूले अभावग्रस्त मानिसहरूलाई यस ग्रहको सबै भन्दा उन्नत सेनाहरूद्वारा जघन्य हत्या गरिएको छ र भोकाकुल बनाइएको छ । र , त्यस्तो बनाउनेहरू नाजीहरू हुन् । यहाँ एउटा ऐतिहासिक समानता छ तर त्यसलाई बेनेट, नेतान्याहु वा अन्य कुनै इजरायली नेताले स्वीकार गर्न चाहेका छैनन् । जब कब्जामा परेकाहरूले आत्मसमर्पण गर्न अस्वीकार गर्छन्, जब उनीहरूले प्रतिराेध जारी राख्छन्, हामी हाम्रो सभ्यीकरण अभियानको सबै बहानाबाजी परित्याग गर्छौं र गाजामा जस्तै हत्या र विनाशको नाङ्गो नाच गर्छाैं । हामी हिंसामा मातिन्छौँ । हामी सीमाहीन क्रुरताले हत्या गर्छाैँ । हामी त्यो जनावर बन्छाैँ , जसको आराेप हामीले उत्पीडितहरूलाई लगाउने गरेका छौँ । हामी हाम्रो अति बखान गरिएको नैतिक श्रेष्ठताको झुटको पर्दाफास आफै गर्छौं । हामी पश्चिमी सभ्यताको आधारभूत सत्यलाई उजागर गर्छौं । हामी यो ग्रहको सबैभन्दा निर्दयी र कुशल हत्याराहरू हौं । यही कारणले गर्दा हामी ‘पृथ्वीका अभागीहरू’माथि प्रभुत्व जमाउँछौँ । लोकतन्त्र वा स्वतन्त्रतासँग यसको कुनै सराेकार छैन । यी ती अधिकारहरू हुन्, जुन हामीले उत्पीडितहरूलाई कहिल्यै दिन चाहेनौं ।

“सम्मान, न्याय, करुणा र स्वतन्त्रता ती विचारहरू हुन्, जसको कुनै धर्म परिवर्तन हुँदैन,” जोसेफ कोनराडले हामीलाई सम्झाउँछन् । ज्ञान, समझदारी वा भावनाविहीन मान्छेहरूले मात्रै शब्दहरूमा आफूलाई लठ्याउँछन्, शब्दहरू दोहोर्याउँछन् र तिनलाई चिच्याउँदै तिनी शब्दहरूमाथि विश्वास गरेको कल्पना गर्छन् । नाफा, व्यक्तिगत फाइदा र आफ्नो आत्मतुष्टिबाहेक अरू कुनै कुरामा विश्वास गर्दैनन् ।
नरसंहार पश्चिमी साम्राज्यवादको अन्तर्यमा अवस्थित छ । यो इजरायल र नाजीहरूका लागि मात्रै विशेष छैन । यी पश्चिमी प्रभुत्व निर्माणका इटाहरू हुन् । ती मानवीय हस्तक्षेपकारीहरू वास्तवमा युद्ध मेसिन र विश्वव्यापी साम्राज्यवादीहरूका काम लाग्ने मुर्खहरू हुन्, जसले यो जिद्दी गर्छन् कि हामीले अन्य राष्ट्रहरूमाथि बम खसाल्नुपर्छ र उनीहरूलाई कब्जा गर्नुपर्छ किनकि हामी असलको मूर्त रूप हौँ, तर जसले सैन्य हस्तक्षेपलाई त्यति बेला मात्र बढावा दिन्छन्, जब त्यो हाम्रो राष्ट्रिय हितमा भएको देख्छन्, तिनीहरू ‘एलिस इन वन्डर ल्याण्ड’ परीकथामा बस्छन्, जहाँ हामीले उत्पन्न गरेका रगतका नदीहरूले संसारलाई सुखी र राम्रो ठाउँ बनाउँछन् । यिनीहरू नरसंहारका मुस्कानयुक्त अनुहार हुन् । तपाईं तिनीहरूलाई आफ्नो स्क्रिनमा हेर्न सक्नुहुन्छ, तपाईंले उनीहरूबाट उनीहरूको छद्म नैतिकताको बयान गरेको व्हाइट हाउस र काङ्ग्रेसमा सुन्न सक्नुहुन्छ । तिनीहरू सधैँ गलत हुन्छन् र तिनीहरू कहिल्यै हटेर जाँदैनन् ।
इजरायल, हाम्रा आफ्नै लगायत सबै औपनिवेशिक बसोबास परियोजनाहरू जस्तै , झुटमा स्थापित भएको थियो । प्यालेस्टिनी भूमिमा कसैको बसोवास थिएन भन्ने झुट, सन् १९४८ मा जियोनिस्ट मिलिसियाहरूको जातीय सफायाका क्रममा आफ्नो घर र गाउँहरू छोडेर भागेका सात लाख पचास हजार प्यालेस्टिनीहरूलाई उनीहरूका नेताहरूले त्यसो गर्न निर्दे शनदिएका थिए भन्ने झुट, सन् १९४८ को युद्ध, जसमा इजरायलले ऐतिहासिक प्यालेस्टाइनको ७८ प्रतिशत कब्जा गर्यो , अरब सेनाहरूले सुरू गरेको थियो भन्ने झुट, र सन् १९६७ मा इजरायल ध्वस्त हुने आसन्न खतरामा रहेकाले सिरिया र इजिप्टको भूभागबाहेक प्यालेस्टाइनको बाँकी २२ प्रतिशत भागमा आक्रमण गर्न र कब्जा गर्न बाध्य बनायो भन्ने झुट ।
इजरायल झुटहरूले टिकेको छ । इजरायल न्यायपूर्ण र समतामूलक शान्ति चाहन्छ र स्वतन्त्र प्यालेस्टाइनी राज्यलाई समर्थन गर्छ भन्ने झुट । मध्यपूर्वमा इजरायल एक मात्र लोकतान्त्रिक हो भन्ने झुट । इजरायल बर्बरताको समुद्रमा पश्चिमी सभ्यताको चौकी हो भन्ने झुट । इजरायलले विधिको शासन र मानव अधिकार को सम्मान गर्छ भन्ने झुट ।
गाजाबाट रिपोर्ट गर्ने हामीहरूलाई इजरायलीको झुटको निर्लज्जताले चकित पार्यो । इजरायली आक्रमणसहित शस्त्रविहीन प्यालेस्टाइनीहरूलाई गोली प्रहार भएको यदि हामीले देखेको भए पनि कुनै फरक पर्दैन थियो । हामीले जति साक्षीहरूको अन्तर्वार्ता लिए पनि, जस्तो तस्विर र न्यायिक प्रमाण प्राप्त गरे पनि केही फरक पर्दैन । इजरायलले झुट बोलेको छ । सानो झुट, ठुलो झुट, विशाल झुट । यी झुटहरू इजरयली सेना, इजरायली राजनीतिज्ञ र इजरायली मिडियाबाट तत्काल र तुरुन्तै आएका हुन् । इजरायलको चलाखीपूर्ण सुव्यवस्थित प्रसार प्रचारयन्त्रद्वारा तिनीहरूको झुटको बढाइ चढाइ गरिएको थियो र अन्तर्राष्ट्रिय समाचार आउटलेटहरूमा इमानदारीका साथ दोहोरिएको थियो ।
इजरायल त्यस्ता अचम्भित गर्ने झुटहरूमा संलग्न भएको छ, जसले निरङ्कुश शासनको चित्रण गर्दछ । यसले सत्यलाई विकृत होइन, उल्टो पार्दछ । यसले वास्तविकताको भन्दा बिल्कुलै विपरीत चित्र कोर्दछ । कब्जा गरिएका इलाकाहरूबारे रिपोर्ट गर्ने हामीमध्ये जो इजरायलको एलिस इन वन्डरल्याण्डमा पुगेकाछौं, जसलाई हामी कर्तव्य परायणताका साथ हाम्रा कथाहरूमा घुसाउँछौं, त्यो अमेरिकी पत्रकारिताको नियमअन्तर्गत मात्र आवश्यक छ, यद्यपि हामी जान्दछौं कि तिनीहरू असत्य छन् ।
इजरायलले ओर्वेलियन शब्दकोशको आविष्कार गरेको छ । इजरायलीहरूद्वारा मारिएका बच्चाहरू अन्धाधुन्धमा फसेका बच्चाहरू बनेका छन् । आवासीय बस्तीहरूमा बम विस्फोटले दर्जनौं मानिसहरूको मृत्यु र घाइतेहरू बम बनाउने कारखानामा सर्जिकल स्ट्राइक जस्तै बनेका छन् । प्यालेस्टिनीहरूको घर हरूको विनाश आतङ्ककारीहरूको घरहरूको ध्वंसता बनेको छ ।
ठुला झुटले इजरायलले उत्पन्न गर्न खोजेको दुई प्रतिक्रियालाई खुराक दिन्छ— “आफ्ना समर्थकहरूमा जातिवाद, र आफ्ना पीडितहरूमा भय ।” ठुलो झुटले सभ्यताहरूको परस्परसँग टकरावको मिथकलाई पोषित गर्छ, एकतर्फ प्रजातन्त्र, शालीनता र सम्मान तथा अर्को तर्फ इस्लामी आतङ्कवाद, बर्बरता र मध्ययुगीनताबिचको युद्ध । ठुलो झुटले अन्तस्करणलाई सताउन सक्ने तथ्यगत सूक्ष्मता, अस्पष्टता र विराेधाभासहरूलाई समाप्त गर्दछ । यो संज्ञानात्मक विसङ्गति सिर्जना गर्न डिजाइन गरिएको छ । यसले कुनै पनि बिचको क्षेत्रको अस्तित्वको अनुमति दिँदैन । यो संसार मात्र कालो र सेतो , राम्रो र खराब, धर्मी र अधर्मी छ ।
ठुलो झुटले विश्वासीहरूलाई सान्त्वना लिनसक्ने बनाउँछ, एउटा त्यस्तो सान्त्वना, जुन तिनीहरूले आफ्नै नैतिक श्रेष्ठताभित्र सख्त आवश्यकताका साथ खोजिरहेका छन् । यसले एडवर्ड बर्नेसले भने झैँ जडसुत्रसँग टाँस्सिएको तर्कलाई प्रमाणरहित खण्डकै स्थितिमा पुर्याउँछ । सबै प्रभावकारी प्रचार सहित बर्नेस लेख्छन्— यी तर्कहीन मनोवैज्ञानिक बानीहरूलाई लक्षित र निर्माण गर्दछन् । इजरायलका समर्थकहरू सत्य जान्न चाहँदैनन् । सत्यले इजरायली समर्थकहरूलाई तिनीहरूको जातिवाद, आत्मभ्रम र उत्पीडनलाई, हत्या र नरसंहार मा संलग्नतामा जाँच्न बाध्य पार्ने छ ।
सबैभन्दा महत्त्वपूर्ण, ठुलो झुटले प्यालेस्टिनीहरूलाई अनिष्टकारी सन्देश दिन्छ । ठुलो झुटले , इजरायलले सामूहिक आतङ्क र नरसंहारको अभियान चलाउने र यसको अपराधको जिम्मेवारी कहिल्यै नलिने बताउँछ । ठुलो झुटले सत्यलाई मेटाउँछ । यसले मानव विचार र मानवीय कार्यको गरिमालाई मेटाउँछ । यसले तथ्यहरूलाई मेटाउँछ । यसले इतिहासलाई मेटाउँछ । यसले समग्र बुझाइलाई मेटाउँछ । यसले आशालाई मेटाउँछ । यसले सबै सञ्चार लाई हिंसाको भाषामा ल्याउँछ । जब उत्पीडकहरूले उत्पीडितहरूसँग हिंसामार्फत मात्र बोल्छन्, उत्पीडितहरूले पनि हिंसाद्वारा नै जवाफ दिन्छन्, म र जनतालाई थाहा छ सबै विद्यालयका बालबालिकाले के सिक्छन् ! डब्ल्यु एच एडेनले लेखेका थिए, “जसमाथि दुष्टता गरिन्छ, उनीहरूले पनि जवाफमा दुष्टता नै फर्काउँछन् ।”
कार्टुनिस्ट जो साक्को र मैले इजरायली सैनिकहरूले गाजाको खान युनिसमा साना केटाहरूलाई व्यङ्ग्यात्मक रूपमा जिस्काउँदै गरेको र गोली हानेको देख्यौँ । हामीले केटाहरू र तिनीहरूका आमाबाबुसँग अस्पतालमा अन्तर्वार्ता लियौं । केहीको अन्त्येष्टिमा हामीले भाग पनि लियौं । हामीसँग उनीहरूको नाम थियो । उनीहरूलाई गोली हानेको मिति र स्थान टिप्याैं । इजरायलको प्रतिक्रिया भने हामी गाजामा नभएको र हामीले बनाएको भन्ने थियो ।
इजरायली प्रधानमन्त्री, विदेशमन्त्री, रक्षामन्त्री र इजरायली रक्षा बलका प्रवक्ताले तुरुन्तै प्यालेस्टिनी बन्दुकधारीहरूलाई, २०२२ मा मेरा अल जजीरा सहकर्मी शिरीन अबु अक्लेहको हत्याको दोष लगाए । इजरायलले प्यालेस्टिनी लडाकुको फुटेज प्रसारि त गर्यो , जसले उनीहरूको भनाइअनुसार गोली हानी पत्रकारलाई मारे , जसले ‘ प्रेस’ ले खिएको सुरक्षित ज्याकेट र हेलमेट लगाएका थिए । जबसम्म ‘द इजरायली सेन्टर फर ह्युमन राइट्स’, बिसलीमद्वारा भिडियो फुटेजमा चित्रण गरिएको प्यालेस्टिनी बन्दुकधारीको स्थान पहिचान गरिएको थिएन, तबसम्म यो झुटको बजारीकरण भइरहेको थियो । मानवअधिकार सङ्गठनले फेला पारेको उक्त भिडियो शिरीनको हत्या भएको ठाउँबाट फरक स्थानमा खिचिएको थियो । जब इजरायलले झुट बोलेको समातिन्छ, शिरीनको हत्यासँग भएजस्तै इजरायलले छानबिन गर्ने प्रतिज्ञा गर्दछ । तर यी छानबिनहरू धोकापूर्ण थिए । हजाराैँ प्यालेस्टिनी सैनिक र प्यालेस्टिनी यहुदीहरूको हत्याको निष्पक्ष छानबिन विरलै गरियो । अपराधीहरूलाई कहिल्यै मुद्दाको दायरामा ल्याइयो त ?
इजरायली राज्यका लागि प्यालेस्टिनीहरू मानव प्रयोगशालाका मुसाभन्दा अलिकति बढी मात्रै काम लाग्छन् । इजरायली सेना, गुप्तचर सेवाहरू, हतियार र प्रविधि उद्योगहरू, र इजरायलको ड्रोन र निगरानी प्रविधिसहित स्पाइवेयर , अनुहार पहिचान गर्ने सफ्टवेयर , बायोमेट्रिक सङ्कलन गर्ने पूर्वाधारहरूसँगै स्मार्ट फेंस, प्रयोगात्मक बमहरू, गाजाको बन्दी जनसङ्ख्यामा प्रयोग गरिएको एआई नियन्त्रित मेसिन गनहरू, जसको परिणाम प्रायः घातक थियो । ती हतियार र प्रविधिहरू त्यसपछि युद्ध परीक्षितका रूपमा प्रमाणित भए र संसार भर बेचिन थालिएका थिए । इजरायल यस ग्रहको दसौं ठुलो हतियार व्यापारी बनेको थियो । यसले आफ्नो प्रविधि र हतियारहरू अनुमानित १३० राष्ट्रहरूसहित एसिया र ल्याटिन अमेरिकाका सैन्य तानाशाहीहरूलाई बेचेका थिए । इजरायली हतियारको बिक्री गत वर्ष १२.५ बिलियन डलर भएको थियो ।
यसको सैन्य, आन्तरिक सुरक्षा, निगरानी, र खुफिया जानकारी सङ्कलन र कानुन प्रवर्तन एजेन्सीहरूसँगको घनिष्ठ सम्बन्धले गाजामा नरसंहार गर्दा इजरायलका यी सहयोगीहरूले पूर्ण समर्थन गर्ने गरेको कारण बयान गर्दछ । जब कोलम्बियाका राष्ट्रपति गुस्तावो पेट्रोले ७ अक्टोबरको आक्रमणलाई प्यालेस्टाइनी विराेधी समूहहरूद्वारा भएको हमलालाई आतङ्ककारी हमला भनी निन्दा गर्न अस्वीकार गरेर आतङ्कवादले प्याालेस्टाइनमा निर्दोष बालबालिकाहरूलाई मार्दैछ भने । इजरायलले तुरुन्तै कोलम्बियालाई सबै रक्षा र सुरक्षा उपकरणहरूको बिक्री राेकेको थियो । यो ग्लोबल केवल, स्थायी युद्धमा समर्पित थियो र यसले आफ्नो जनसङ्ख्यालाई निगरानी र नियन्त्रणमा राखेर वर्षमा सयौं अरब डलर बिक्री गरेको थियो । यी प्रविधिहरूले एक अतिराष्ट्रिय कर्पाेरेट सर्वसत्तावादीलाई स्थापित गर्दै थियो , ठुलो जनसङ्ख्यालाई दास बनाउने एउट त्यस्तो विश्व, जुन अतीतका सर्वसत्तावादी शासनहरूले कल्पना मात्र गर्न सक्थे ।
गाजामा भएको नरसंहार इजरायलले औपनिवेशिक बसोबास परियोजनाद्वारा गरिरहेको शताब्दी लामो प्यालेस्टिनीहरूको जातीय सफायाको अर्को अध्याय थियो । अन्य औपनिवेशिक बसोबासका परियोजनाहरूका लागि सत्य भए झैँ यहाँ पनि भूमि, पानी र गाजाको समुद्री क्षेत्रमा २० नौटिकल माइल दूरीमा रहेको प्राकृतिक ग्याँस, जसमा एक ट्रिलियन क्युबिक फिटसम्मको प्राकृतिक ग्याँस भण्डार छ, त्यस्ता प्राकृतिक स्रोतहरूको चोरीद्वारा हुनसक्ने कुरा साथै गाँसिएको छ । घट्दो स्रोतको संसारमा विशेष गरी मध्यपूर्वमा पानी र जलवायु सङ्कटका सन्दर्भमा गाजा डरलाग्दो नयाँ विश्व व्यवस्थाको प्रस्तावना बनेको छ । लोकतन्त्रहरू ओइलाउँदै र मर्दै जाँदा आर्थिक असमानता विस्तार हुँदै जाँदा, गरिबी र निराशा बढ्दै जाँदा, यदि हाम्रो छटपटी बढ्न थाल्यो वा विद्रोह गर्ने प्रयास गर्यौँ भने पनि विश्वव्यापी शासक वर्गले , प्यालेस्टिनीहरूलाई के गरेका थिए, त्यस्तै हामीलाई गर्दै जाने छन् ।
अफ्रिका र मध्यपूर्व, वा वैश्विक दक्षिणबाट संयुक्त राज्य अमेकामा पुगेका आप्रवासी शरणार्थीहरूका लागि बन्दी शिविर र केन्द्रहरू गाजाभन्दा धेरै फरक छैनन् । यो गाजामा भएको अन्धाधुन्द बम प्रहार देखि मध्यपूर्व र वैश्विक दक्षिणमा भएको अनन्त युद्धहरूभन्दा धेरै फरक छैन । इजरायलमा असहमत हुनेहरूलाई अपराधीकरण गर्न प्रयोग गरिएको आतङ्कवाद विराेधी कानुन र युराेप र अमेरिकामा ल्याइएका आतङ्कवाद विराेधी कानुनहरूमा केही फरक छैन ।
इजरायलले लामो समयदेखि यस संसारका सबैभन्दा जघन्य शासनहरूलाई हतियार हरू प्रदान गरेको छ, जसमा दक्षिण अफ्रिका र म्यानमारको रङ्गभेदी सरकार पनि समावेश छन् । भारत इजरायलको सैन्य ड्रोनको सबैभन्दा ठुलो खरिदकर्ता हो । इजरायलले ग्ब्ख्क, मिसाइलहरू र मोर्टारहरू आक्रमणको लागि अजरवैजानलाई नागोर्नो काराबाखमा अतिक्रमण गर्न उपलब्ध गराएको थियो , र जसले एक लाख मानिसहरूलाई विस्थापित गरेको थियो । त्यो एन्क्लेभको ८०५ भन्दा बढी जातीय आर्मेनियालीहरू थिए । मैले सन् १९८० मा मध्य अमेरिकामा युद्धहरू कभर गरेको बेला इजरायलले नेपम बम र हतियारहरू साल्भाडोरको सेनालाई र ग्वाटेमालाको रिओसमोत्त हत्यारा शासनलाई बेचेको थियो । इजरायलद्वारा निर्मित मेशीन गनहरू Central American death squads का लागि प्राथमिकताको हतियार थियो । मैले सन् १९९० को दशकमा बोस्नियामा युद्ध रिपोर्ट गर्दा अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको बावजुद, इजरायलले बोस्नियन सर्बसहरूलाई पनि हतियारहरू बेचेको थियो ।
आइबिट सिस्टम इजरायलको सबैभन्दा ठुलो निजी हतियार फर्म हो , जसले अमेरिकी भन्सार र सीमा सुरक्षा (CBP) लाई हाइटेक निगरानी टावरहरू प्रदान गर्दछ, जसलाई अमेरिकाले मेक्सिकोसँगको सिमानामा प्रयोग गर्दछ । यसले मेक्सिकोसँगको सिमानामा प्रयोग गर्न सकिने सम्भाव्यता परीक्षण गर्नका लागि सन् २००४ मा CBP लाई आफ्नो एक हर्मेस ड्रोन पनि पठाएको थियो ।
पेगासस इजरायली NSO समूहद्वारा उत्पादित एक फोन ह्याकिङ उपकरण, एक साइबर खुफिया एजेन्सी, मेक्सिकन ड्रग कार्टेलहरूद्वारा पत्रकारहरूलाई निशाना बनाउन र मे राे साउदी पत्रकार साथी जमाल कशोग्गीलाई ट्रयाक गर्न प्रयोग गरिएको थियो । त्यसपछि अक्टोबर २०१८ मा इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा उनको हत्या गरी टुक्रा टुक्रा पारिएको थियो । पेगाससले प्रयोगकर्ताको जानकारी बिना क्यामेरा र माइक्रोफोन सक्रिय गरेर सेलुलर फोनलाई मोबाइल निगरानी यन्त्रमा रूपान्तरण गर्छ । स्कंक पानी, एक गन्धयुक्त तरल पदार्थको प्यालेस्टिनीहरूमा परीक्षण गरिएको थियो र प्रायः त्यसलाई इजरायली चलचित्र टोलीले अमेरिकी प्रहरी विभागहरू लगायतका सम्भावित ग्राहकहरूलाई केमिकलको प्रभावकारिता प्रदर्शन गर्न रेकर्डिङ गरिरहेको हुन्थ्यो । इजरायलद्वारा कब्जा गरिएका क्षेत्रहरूको प्रत्येक प्यालेस्टिनीहरूको दर्ता गर्नु, रेड वुल्फ नामक परिष्कृत अनुहार पहिचान प्रणालीको सिर्जना गर्यो । इजरायलले अमेरिकी पुलिस बलहरूलाई तालिम र सुसज्जित गर्नुका साथै भारी सैन्य हार्डवेयर र सवारी साधनहरूद्वारा समर्थित आक्रामक रणनीतिहरू सिकाउँछ, जुन erguson र अत्लानतामा पुलिस द्वन्द्वका समयमा, पुलिस सिटीको विराेध गरिरहेका कार्यकर्ताहरूमाथि प्रयोग गरिएको थियो । यो नयाँ संसार गाजामा सुरु हुन्छ, तर घरमा टुङ्गिन्छ ।
इजरायलको सत्तामा रहेका कट्टरपन्थीहरूले इजरायली जेलमा राखिएका हजाराैं प्यालेस्टिनी बन्धकहरूलाई हमासले बनाएका बन्दीहरूसँग साटासाट गर्न सक्थ्यो , इजरायली बन्धकहरूलाई उनीहरूले कब्जामा लिनु पछाडिको कारण यो थियो । हमासका लडाकुहरू इजरायलमा प्रवेश गरेपछि भएको अराजक लडाइँमा इजरायली सेनाले हमासका लडाकुहरूलाई मात्र नभई उनीहरूले नियन्त्रणमा लिएका इजरायली बन्दीहरूलाई पनि निशाना बनाउने निर्णय गरेको प्रमाणहरू छन् । म्याक्स ब्लुमेंथल ‘द ग्रे जोन’ मा लेख्छन्, अक्टोबर ७ मा दक्षिणी इजरायलमाथि हमासले गरेको अचानक हमलाबारे इजरायली साक्षीहरूद्वारा दिइएको धेरै नयाँ गवाहीहरूले इजरायली सेनाले प्यालेस्टाइनी बन्दुकधारीहरूलाई निस्प्रभावी बनाउन लड्दा आफ्नै नागरिकहरूलाई मारेको प्रमाणहरू थपेका छन् । टुभाल एस्कापा, किब्बुत्ज, बककइरका लागि सुरक्षा टोलीको एक सदस्यले किब्बुत्ज, बासिन्दाहरू र इजरायली सेनाबिच समन्वय गर्न हटलाइन स्थापना गरे । उनले इजरायली अखबार हारेत्जलाई हताश हुँदै भने कि कमाण्डरहरूले कठिन निर्णयहरू गरे । बन्धकहरूसहित आतङ्ककारीहरूलाई हटाउनका लागि उनीहरूका कब्जाकर्ताहरूमाथि गोलाबारी गर्ने सहितको निर्णय । उक्त पत्रिकाले इजरायली कमाण्डरहरूले एरेज। क्रोसिङदेखि गाजाभित्र सम्मको आफ्ना ठाउँहरूमा नियन्त्रण स्थापित गरेका आतङ्कवादीहरूलाई हटाउन हवाई आक्रमणको अनुराेध गर्न बाध्य पारिएको रिपोर्ट गर्यो । त्यस आधार क्षेत्रमा इजरायली नागरिक, प्रशासनका अधिकारीहरू र सैनिकहरू बसेका थिए ।
इजरायलले सन् १९८६ मा हे ज्बोल्लाहद्वारा दुई इजरायली सैनिकको कब्जापछि ह्यानिबल डाइरेक्टिभ भनिने सैन्य नीति लागु गर्यो , सम्भवतः कार्थगीनियन जेनेरलका लागि दिइएको नामको सम्मानमा, जसले राेमनहरूको कब्जामा पर्नुको सट्टा आफै विष सेवन गरे । यो निर्देशन इजरायली सेनाहरूलाई बलको अधिकतम प्रयोगमार्फत कब्जा गरिएका सैनिकहरू र नागरिकहरूलाई मर्न परे पनि, शत्रुको हातमा मर्नबाट राेक्नका लागि डिजाइन गरिएको हो । यो निर्देशन सन् २०१४ मा गाजामा इजरायली आक्रमणको क्रममा कार्यान्वयन गरिएको थियो , जसलाई अपरेशन प्रोटेक्टिभ एज भनिन्छ । हमास लडाकुहरूले अगस्त १ ,२०१४ मा एक इजरायली अधिकारी, लेफ्टिनेन्ट हदर गोल्दीनलाई कब्जा गरे । जवाफमा इजरायलले उनलाई नियन्त्रणमा राखिएको क्षेत्रमा दुई हजार भन्दा बढी बम, मिसाइल र गोलाहरू खसाल्यो । गोल्दीन सयभन्दा बढी प्यालेस्टिनी नागरिकहरू सहित मारिए । उक्त निर्देशन सन् २०१६ मा खारेज भएको मानिन्छ, तर म लगभग पक्का छु कि यो गाजामा रहेका १३८ बाँकी इजरायली बन्धकहरूमा लागू भइरहेको छ । म केही दिनअघि इजिप्टबाट फर्केको थिएँ । हवाइजहाज मै मैले गाजाका बच्चाहरूको नाममा एउटा पत्र लेखेँ, र म यस पत्रको साथ मेराे कुराकानी यहीँ समाप्त गर्न चाहन्छु ।
“प्रिय बालक ! अहिले मध्यरात बितिसकेको छ । म अँध्याराेमा प्रतिघण्टा सयौं माइलको गतिमा एटलान्टिक महासागरको हजाराैं फिटमाथि उडिरहेको छु । म इजिप्टको यात्रा गर्दै छु । म गाजाको सीमाना राफाहमा जाने छु । म तिम्रो कारणले जाँदै छु ।”
“तिमीले कहिल्यै हवाईजहाज चढेका छैनौ । तिमीले कहिल्यै गाजा छोडेको छैनौ । तिमीलाई घनारूपले खचाखच भरिएका सडक र गल्लीहरू मात्रै थाह छ । कङ्क्रिटका छाप्राहरू । सैनिकहरूद्वारा गाजालाई चारैतिरबाट घेरेको सुरक्षा अवराेध र गस्ती गरिएको पर्खालहरू मात्र तिमीलाई थाह छ । हवाईजहाजहरू, तिम्रा लागि डरलाग्दा छन् । लडाकु विमानहरू आक्रमण हेलिकप्टरहरू, ड्रोनहरू । यिनीहरू तिमीमाथि घुमिरहे छन् । तिनीहरूले मिसाइलहरू र बमहरू खसाल्छन् । गगनभेदी विस्फोट ! कम्पित जमिन ! भवनहरू ढल्छन् ! चिहान बनेकाहरू ! चिच्याहटहरू ! ढलानको मुनिबाट सहायताका लागि अस्पष्ट आवाज आउँछ । यो राेकिँदैन रात र दिन । भत्किएको ढलानको थुप्रोमुनि फसेका छन्, तिम्रा खेल्ने साथीहरू, तिम्रा स्कुलका साथीहरू । तिम्रा छिमेकीहरू सेकेन्डमै मृत्युको मुखमा पुगे । खने र बाहिर निकाल्दा उनीहरूका फुस्रा अनुहार र बेज्यान शरीरहरू देख्छौ । म एक पत्रकार हुँ । यो हेर्नु मेराे काम हो । तिमी त एक बालक हौ । तिमीले यस्ताे कहिल्यै देख्न हुँदैन ।
मृत्युको दुर्गन्ध । टुटेफुटेको ढलानमुनि सडेका लासहरू । तिमी आफ्नो सास राेक्छौ । तिमीले आफ्नो मुख कपडाले छोप्छौ । तिमी फटाफट हिँड्छौ । तिम्रो टोल एक चिहान बन्छ । तिमीलाई थाहा भएका सबै कुरा हराउँछन् । तिमी छक्क परेर हेरिरहन्छौ । तिमी कहाँ छौ भनेर सोच्छौ ।”
“तिमी भयभित हुन्छौ । विस्फोटपछि विस्फोट । तिमी रुन्छौ । तिमी तिम्रा आमाबुवासँग लिपटिन्छौ । तिमी आफ्नो कान ढाक्छौ । तिमी मिसाइलको चम्किलाे प्रकाश देख्छौ र विस्फोटका लागि पर्खन्छौ । उनीहरूले बच्चाहरूलाई किन मार्छन् ? तिमीले के गर्यौ र ? किन कसैले तिम्रो रक्षा गर्न सक्दैनन् । के तिमीलाई चोट लाग्ने छन् ? के तिमीले एउटा खुट्टा वा एउटा हात गुमाउँने छौ ? के तिमी अन्धो हुन्छौ वा ह्वीलचेयरमा हुन्छौ ? तिमी किन जन्मिएका हौ ? के यो कुनै राम्रो कुराको लागि थियो ? वा यो यसको लागि थियो – के तिमी हुर्किन्छौ ? के तिमी खुसी हुने छौ ? तिम्रो साथीहरू नभएकोमा कस्तो हुने छ ? अब को मर्छ ? तिम्रो आमा, तिम्रो बुवा, तिम्रा भाइबहिनीहरू तिमीले चिनेको कोही घाइते हुनेछ । शायद छिटै नै । तिमीले चिनेको कोही मर्ने छ । सायद छिटै नै । “अँध्याराे रातको समयमा तिमी चिसो सिमेन्टको भुइँमा सुत्छौ । फोनहरू काटिएका छन् । इन्टरनेट बन्द छ । तिमीलाई थाहा छैन के भइरहेको छ । त्यहाँ प्रकाशको चमक छ । त्यहाँ विस्फोटका लहरहरू छन् । चिच्याहट छाएको छ । यो राेकिँदैन ।”
“जब तिम्रा बुवाआमा खाना वा पानीको खोजमा भौतारिनुहुन्छ, तिमी पर्खिरहन्छौ । तिम्रो पेटमा हुने त्यो भयानक अनुभूति । के तिनीहरू फर्कने छन् ? के तिमी तिनीहरूलाई फेरि देख्ने छौ ? र , के अब तिम्रो सानो घर अर्को शिकार बन्छ ? के बमहरूले तिमीलाई भेट्टाउने छन् ? के पृथ्वीमा तिम्रो यो अन्तिम क्षण हो ?”
“तिमी नुनिलो , फोहोर पानी पिउँछौ । यसले तिमीलाई धेरै बिरामी पार्छ । तिम्रो पेट दुख्छ । तिमी भोकै छौ । बेकरीहरू नष्ट भएका छन् । त्यहाँ ब्रेडहरू छैनन् । तिमी दिनको एक छाक खान्छौ । पास्ता, एउटा काँक्रो, चाँडै यो नै भोज जस्तो लाग्ने छ ।
“तिमी पुराना लुगाहरूहरूबाट बनाइएको फुटबल खेल्दैनौ । तिमी पुरानो पत्रिकाहरूबाट बनाइएको आफ्नो चङ्गा उडाउदै नौ ।”
“तिमीले विदेशी पत्रकारहरू देखेका छौ । हामी प्रेस शब्द लेखिएको फ्ल्याक ज्याकेट लगाउँछौँ । हामीसँग हेल्मेटहरू छन् । हामीसँग क्यामेराहरू छन् । हामी जिप चलाउँछौँ । हामी बम विस्फोट वा गोली हानाहानपछि देखापर्छौं । हामी लामो समयसम्म कफी खाँदै र वयस्कहरूसँग कुरा गर्छौं । त्यसपछि हामी गायब हुन्छौं । हामी सामान्यतया बच्चाहरूको अन्तर्वार्ता लिँदैनौँ तर तब मैले अन्तर्वार्ता लिएको छु, जब हाम्रो वरिपरि तिमीहरूको समूहको भिड जम्मा हुन्छ । हाँस्दै । इसारा गर्दै । हामीलाई तिमीहरूको तस्बिर खिच्न आग्रह गर्दै ।”
“मलाई गाजामा जेट विमानले बमबारी गरेको थियो । तिम्रो जन्म हुनुअघि भएका अरू युद्धहरूमा पनि ममाथि बम प्रहार भएको छ । म पनि धेरै धेरै डराएको थिएँ । म अहिले पनि त्यसका बारेमा सपनाहरू देख्छु । जब म गाजाका तस्बिरहरू देख्छु, तब यी युद्धहरू मेघ र चट्याङ गर्जेको जसरी मेराे सम्झनामा फर्कन्छन् । म तिम्रो बारेमा सोच्छु ।”
“हामी सबै जो युद्धमा गएका छौं, धेरै जसोले युद्धले बच्चाहरूलाई के गर्छ भन्ने कुराले गर्दा युद्धलाई घृणा गर्छन् ।”
“मैले तिम्रो कथा सुनाउन खोजेँ । मैले संसारलाई भन्न खोजेँ कि जब तपाईं मानिसहरूप्रति क्रूर हुनुहुन्छ, हप्तौँहप्ता, महिनौँ महिना, वर्षौवर्ष, दशकौँ दशक, जब तपाईं मानिसहरूलाई स्वतन्त्रता र गरिमाबाट वञ्चित गर्नुहुन्छ, जब तपाईं उनीहरूलाई अपमानित गर्नुहुन्छ र खुला जेलमा फसाउनुहुन्छ, जब तपाईं तिनीहरूलाई जनावर जसरी मार्नुहुन्छ, तब तिनीहरू अत्यन्त क्रोधित हुन्छन् । तिनीहरूलाई अरूले जे गरेका थिए, तिनीहरूले पनि अरूलाई त्यही गर्छन् । मैले यो पटक पटक भनेको थिएँ । मैले यो कुरा सात वर्षसम्म भनेको थिएँ । थोरैले मात्र सुने । र , अब यो …!”
“धेरै साहसी प्यालेस्टिनी पत्रकारहरू छन् । यो बम विष्फोट सुरु भएपछि ३९ जनाको मृत्यु भइसकेको छ । उनीहरू नायकहरू हुन् । तिम्रा अस्पतालहरूमा चिकित्सकहरू र नर्सहरू पनि हिराे हुन् । संयुक्त राष्ट्रसङ्घका कामदार हरू पनि हिराे हुन्, जसमध्ये करिब एक सय जना मारिएका छन् । एम्बुलेन्स चालक र स्वास्थ्यकर्मी पनि हिराे हुन् । उद्धार पक्षहरू पनि हुन्, जसले आफ्नै हातले सिमेन्टको स्ल्याबहरू उठाउँछन् । तिमीहरूलाई बमहरूबाट बचाउने आमा बावुहरू पनि हिराे हुन् ।”
“तर हामी त्यहाँ छैनौं । यस पटक छैनाैं । हामीभित्र पस्न सकेनौँ । हामीलाई बाहिर राखेर ढोका थुनिएको छ ।”
“विश्वभरका पत्रकारहरू राफाहको सीमा नाकामा गइरहेका छन् । हामी जाँदै छौं किनभने हामी यो हत्या हेर्न सक्दैनौं र केही पनि गर्न सक्दैनौं । हामी जाँदै छौं किनभने सयौं मानिसहरू प्रतिदिन मरिरहेका छन्, जसमा १०० भन्दा बढी बच्चाहरू पनि छन् । हामी जाँदै छौं किनभने यो नरसंहार राेकिनु पर्छ । हामी जाँदै छौं किनभने हाम्रा बच्चाहरू छन्, तिमीजस्तै । बहुमूल्य । निर्दोष । माया गरिएका । हामी जाँदै छौं किनभने तिमी बाँच भन्ने हामी चाहन्छौं ।”
“मलाई आशा छ कि एक दिन हामी भेट्ने छौं । तिमी एक वयस्क हुने छौ । म एक बूढो मान्छे हुने छु, यद्यपि तिम्रा निम्ति म अहिले नै धेरै बुढो भइसकेको छु । मेराे सपनामा म तिमीलाई स्वतन्त्र, सुरक्षित र आनन्दित पाउने छु । कसैले पनि तिमीलाई मार्न खोज्ने छैनन् । मानिसहरूले भरिएको हवाईजहाजमा तिमी उड्ने छौ , बमले भरिएकामा होइन । तिमी एक कन्सन्ट्रेसन क्याम्पमा फस्ने छैनौ । तिमीले संसार देख्नेछौ । तिमी हुर्किनेछौ र बच्चाहरू जन्माउनेछौ । तिमी बुढो हुनेछौ । तिमीले यो पीडा सम्झिनेछौ तर तिमीले थाह पाउनेछौ कि यसको अर्थ तिमीले अरू दुःख भोगिरहेकाहरूलाई मदत गर्नुपर्छ । यो मेराे आशा हो । मेराे प्रार्थना ।”
“हामीले तिमीलाई निराश बनाएका छौँ । यो हामीले झेलिरहेको भयानक अपराधबोध हो । हामीले प्रयास गर्यौ तर हामीले पर्याप्त प्रयास गरेनौं । हामी राफाह जान्छौं । हामी धेरै जना । रिपोर्टरहरू । हामी गाजाको सीमाबाहिर विराेधमा उभिने छौं । हामी लेख्छौं र फिल्म बनाउनेछौँ । हामीले यही गर्ने गर्छौं । यो धेरै त होइन । तर यो केही हो । हामी तिम्रो कथा फेरि सुनाउनेछौं ।
तिमीसँग क्षमा माग्ने अधिकार आर्जन गर्न सायद यति पर्याप्त हुने छ कि !
(क्रिस हेजेस पुलित्जर पुरस्कारबाट सम्मानित पत्रकार हुनुहुन्छ । उहाँले ‘द न्युयोर्क टाइम्स’का लागि पन्ध्र वर्ष विदेश मामला संवाददाताका रूपमा काम गर्नुभएको थियो । सो अवधिमा उहाँले पत्रिकाको मध्यपूर्व ब्युरो प्रमुख र बाल्कन ब्युरो प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको थियो । उहाँले यसअघि ‘द डलास मर्निङ न्युज’, ‘द क्रिस्चियन साइन्स मनिटर ’ र एनपीआरका लागि विदेशमा बसे र काम गर्नु भएको थियो । हाल उहाँ ‘क्रिस हेजेज रिपोर्ट शो’का प्रस्तोता हुनुहुन्छ । हार्वर्ड डिभिनिटी स्कुलबाट मास्टर अफ डिभिनिटी सम्पन्न गर्नुभएका हेजेस ‘अमेरिकी फासिस्टः द क्रिस्चियन राइट एन्ड द वार अन अमेरिका’, ‘एम्पायर अफ इल्युजन : द एन्ड अफ लिटरेसी एन्ड द ट्राइम्फ अफ स्पेक्टे कल’ जस्ता बेस्ट सेलर पुस्तकका लेखक हुनुहुन्छ ।)


जवाफ लेख्नुहोस्