info@bampanththeleft.com

Bampanth The Left

#

हो चि मिन्ह विचारधारा र मार्क्सवाद–लेनिनवाद

  • जो प्याटम्यान

लेखसार
यो लेखले हो चि मिन्हको राजनीतिक विचारधारामा मार्क्सवाद–लेनिनवादको अर्थ र महत्वमाथि प्रकाश पार्दछ । यसले तीनवटा तर्कहरू अघि सारेको छ । पहिलो, मार्क्सवाद–लेनिनवाद हो ची मिन्हको वैचारिक आधार थियो । हो चि मिन्हले आफ्ना क्रान्तिकारी गतिविधिहरू मार्क्सवाद–लेनिनवादको झण्डामुनि सञ्चालन गरेका थिए । दोस्रो, हो ची मिन्हको मार्क्सवाद–लेनिनवादमा विभिन्न आधारभूत विशेषताहरू समावेश छन् : सिद्धान्त र व्यवहारको एकता, तथा लेनिनवाद, स्टालिनवाद, माओवाद, उपनिवेशवादको विरोध, कम्युनिस्ट नैतिकता र गुटगत प्रवृत्तिको विरोधमा जोड । तेस्रो, हो चि मिन्हले भियतनामको राष्ट्रिय परिस्थिति अनुरूप मार्क्सवाद–लेनिनवादलाई रचनात्मक रूपमा लागु गरे । उनले उपनिवेशवादविरोधी प्रतिरोधका विशिष्ट रूपहरू, भूमिसुधार, समाजवादी देशभक्ति, पार्टीको सामाजिक आधार र समाजवादी आर्थिक निर्माणका साथसाथै किसान वर्गको क्रान्तिकारी भूमिकालाई बढावा दिए । भियतनामी समाजवादको उदय र विकासलाई बुझ्न यी सिद्धान्तहरू अझै पनि अत्यावश्यक छन् । यी तर्कहरूलाई अघि बढाउँदै, यस लेखले हो ची मिन्हले मार्क्सवादी–लेनिनवादी सिद्धान्तलाई बेवास्ता वा उपेक्षा गरे भन्ने पश्चिमी दाबीलाई खारेज गर्दछ । यसले उनी मार्क्सवाद–लेनिनवादका एक मौलिक सिद्धान्तकार थिए भन्ने तर्क प्रस्तुत गर्दछ ।

१. परिचय
यो लेखले हो ची मिन्हको राजनीतिक विचारधारामा मार्क्सवाद–लेनिनवादको अर्थ र महत्वमाथि प्रकाश पार्दछ । “हो ची मिन्ह विचारधारा” – अर्थात् हो ची मिन्हले गरेको मार्क्सवाद–लेनिनवादको व्याख्याले समाजवादी गणतन्त्र भियतनामको सत्तारुढ अग्रदस्ता (भ्यानगार्ड) पार्टी, भियतनाम कम्युनिस्ट पार्टी (CPV) लाई मार्गदर्शन गर्ने मात्र नभई (Van 2022), “यो स्थानीयकृत मार्क्सवादी–लेनिनवादी विचारधारा” सन् १९९७ देखि भियतनामको राष्ट्रिय पाठ्यक्रममा पनि समावेश छ (Fadaee 2024, 64) । १ सन् १९७६ मा भियतनामको एकीकरण हुनुभन्दा सात वर्षअघि सन् १९६९ मा उनको निधन भए तापनि, मार्क्सवाद–लेनिनवादप्रति उनको बुझाइले यो देशको सत्तामा यस विचारधाराको उदयको सम्पूर्ण इतिहासलाई आकार दिएको छ ।


यसको प्रभावलाई विचार गर्दा, हो ची मिन्हको मार्क्सवाद–लेनिनवादलाई माओ त्से तुङ, किम इल सुङ र कायसोन फोमविहानका कम्युनिस्ट सिद्धान्तहरूसँगै अध्ययन गरिनु पर्छ, जसले क्रमशः एसियामा बाँकी रहेका अन्य तीन समाजवादी राज्यहरूः चीन, उत्तर कोरिया र लाओस स्थापना गरेका थिए । यद्यपि वर्तमानमा, माओ त्से तुङ विचारधारा वा किम इल सुङवादको तुलनामा हो चि मिन्हको मार्क्सवाद–लेनिनवादमा समर्पित अंग्रेजी भाषाका अध्ययनहरू धेरै कम छन् । यो लेखले यहीँ काममा प्रकाश पार्दछ । हो चि मिन्हको मार्क्सवाद–लेनिनवादको गहन विश्लेषण उहाँका दृष्टिकोण र कार्यहरूको प्रेरक शक्तिलाई बुझ्नको लागि मात्र महत्वपूर्ण नभइकन यसले भियतनामको कम्युनिस्ट पार्टीको मार्गदर्शक विचारधारा, नीतिहरू र उद्देश्यहरू बुझ्न पनि उत्तिकै महत्व राख्दछ ।


यो लेखले तीनवटा तर्कहरू अगाडि सार्छ । पहिलो, मार्क्सवाद–लेनिनवाद हो चि मिन्हको वैचारिक आधार थियो । हो ची मिन्हले आफ्ना क्रान्तिकारी गतिविधिहरू मार्क्सवाद–लेनिनवादको झण्डामुनि सञ्चालन गरेका थिए । दोस्रो, हो ची मिन्हको मार्क्सवाद–लेनिनवादमा धेरै आधारभूत विशेषताहरू समावेश छन् : सिद्धान्त र व्यवहार बिचको एकता, लेनिनवाद, स्टालिनवाद, माओवाद, उपनिवेशवादविरोधी, कम्युनिस्ट नैतिकता, र गैर–साम्प्रदायिकतामाथिको जोड । तेस्रो, हो ची मिन्हले भियतनामको परिस्थितिअनुसार मार्क्सवाद–लेनिनवादलाई रचनात्मक रूपमा लागू गरे । उनले किसानहरूको क्रान्तिकारी भूमिकालाई प्रवद्र्धन गरे, जसका साथसाथै उपनिवेशवादविरोधी प्रतिरोधका विशिष्ट रूपहरू, भूमिसुधार, समाजवादी देशभक्ति, पार्टीको सामाजिक आधार, र समाजवादी आर्थिक निर्माणलाई पनि बढावा दिए । व्यक्तिगत रूपमा हेर्दा, यी सबै विशेषताहरू अद्वितीय छैनन् । यद्यपि, सामूहिक रूपमा, तिनीहरूले मार्क्सवाद–लेनिनवादको एक विशिष्ट व्याख्या निर्माण गर्छन् ।२ भियतनामी समाजवादको उदय र विकासलाई बुझ्नका लागि यी सिद्धान्तहरू अझै पनि आवश्यक छन् ।


यो लेखको तर्कले हो ची मिन्ह एक व्यवहारमुखि कर्मशील व्यक्ति थिए जसले मार्क्सवादी–लेनिनवादी सिद्धान्तलाई बेवास्ता गरे भन्ने मुख्यत पश्चिमा दावीलाई सम्बोधन गर्दछ । हो चि मिन्हका विभिन्न कृतिहरूको३ जसमध्ये केहीलाई पश्चिमी विवरणहरूमा बेवास्ता गरिएको छ तिनलाई सन्दर्भ दिएर, यस लेखले हो ची मिन्ह एक मौलिक मार्क्सवादी–लेनिनवादी सिद्धान्तकार थिए भन्ने तर्क प्रस्तुत गर्दछ । उनका अन्तर्दृष्टिहरू माओ त्से तुङ र किम इल सुङका अन्तर्दृष्टिहरूसँगै समान किसिमका देखिन्छन् ।


थप अगाडि बढ्दै, यो लेख हो चि मिन्हको मार्क्सवाद–लेनिनवादसँगको सम्बन्धका दृष्टिकोणहरूको परीक्षण गर्ने एक साहित्य समीक्षाबाट सुरु हुन्छ । यसले मार्क्सवाद–लेनिनवादले उनको विचारधारामा निर्णायक भूमिका खेलेको थियो भन्ने कुरा स्थापित गर्दछ । त्यसपछिका खण्डहरूले उनको मार्क्सवाद–लेनिनवादका आधारभूत र भियतनामी विशेषताहरूको अन्वेषण गर्छन् । अन्तमा, निष्कर्ष खण्डले यस लेखका निष्कर्षहरू र महत्वलाई संक्षेपमा प्रस्तुत गर्दछ ।

२. हो ची मिन्हको वैचारिक आधारको रूपमा मार्क्सवाद–लेनिनवाद
यो लेखले मार्क्सवाद–लेनिनवादलाई कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स र भ्लादिमिर लेनिनका सिद्धान्तहरूबाट संश्लेषित क्रान्तिकारी कम्युनिस्ट विचारधाराको रूपमा परिभाषित गर्दछ । यसले मजदुर वर्गको पार्टीले राज्यसत्ता कब्जा गर्ने, पुँजीवादको अन्त्य गर्ने, र समाजवाद (जुन एक संक्रमणकालीन प्रणाली हो जसलाई “सर्वहारा वर्गको अधिनायकत्व” पनि भनिन्छ¬) को माध्यमबाट साम्यवाद निर्माण गर्ने प्रस्ताव गर्दछ ।
हो ची मिन्हको मार्क्सवाद–लेनिनवादसँगको सम्बन्ध विवादित छ । यो विवाद लामो समयदेखि चलिरहेको छ । हो ची मिन्ह खासमा एक राष्ट्रवादी थिए वा एक कम्युनिस्ट थिए भन्ने बहसमा आधारित थियो (Duiker 2000, 569; Fenn 1973, 39; Bello 2007, 30; Nugent 1996, 47; Neville 2018, 12; Fadaee 2024, 61) । यस खण्डले यस बहसका चारवटा पक्षहरूको परीक्षण गर्दछ ।


एउटा दृष्टिकोण अनुसार, हो चि मिन्ह मुख्य रूपमा एक राष्ट्रवादी थिए, र कम्युनिस्ट कम थिए (Fall 1968, ix; Neumdann-Hoditz 1978, 88; Lloyd 1986, 60) । यस दृष्टिकोणबाट हेर्दा, उनको मुख्य लक्ष्य भियतनामको राष्ट्रिय स्वतन्त्रता थियो, साम्यवाद होइन । एक व्यवहारवादीको रूपमा, हो चि मिन्हले ती कम्युनिस्ट सिद्धान्तहरूलाई मात्र समर्थन गरे जसले माथि उल्लिखित लक्ष्य (राष्ट्रिय मुक्ति) लाई सघाउँथ्यो, जसमा सबैभन्दा उल्लेखनीय एक क्रान्तिकारी अग्रदस्ता पार्टी थियो । यस दृष्टिकोणका एक प्रतिपादक, Fall (1968, ix) को दाबी के छ भने यदि १९२० र १९३० को दशकमा, जब हो चि मिन्ह राजनीतिक रूपमा सक्रिय भए त्यतिबेला भियतनाममा कुनै बलियो राष्ट्रवादी पार्टी अस्तित्वमा भएको भए, उनी त्यसमा सामेल हुन सक्थे र सायद कहिल्यै कम्युनिस्ट पार्टी स्थापना गर्ने थिएनन् । यसैगरी, Singh (2009, 800) को दाबी के छ भने “हो चि मिन्हले देशभक्ति र मार्क्सवाद–लेनिनवादलाई संश्लेषण गरेनन् ; उनले केवल पछिल्लो (मार्क्सवाद–लेनिनवाद) लाई देशभक्तिको सन्दर्भमा परिभाषित गरे ।” यस दृष्टिकोणले हो ची मिन्हको राजनीतिक विचार र अभ्यासमा मार्क्सवाद–लेनिनवादको केन्द्रीयतालाई बेवास्ता गर्दछ । यद्यपि, यो दृष्टिकोण पश्चिममा प्रभावशाली रहेको छ ।


यसको आधारमा, दोस्रो दृष्टिकोणले के मान्दछ भने ‘हो ची मिन्ह विचारधारा’ले भियतनामको वास्तविक शासकीय विचारधाराको रूपमा मार्क्सवाद–लेनिनवादलाई प्रतिस्थापित गरेको छ (Brocheux 2007, 186; Thayer 2010, 427; Tuong 2014, 256) । कथित रूपमा, भियतनामको कम्युनिस्ट पार्टी (सिपिभि) ले मार्क्सवाद–लेनिनवादका सिद्धान्तहरूलाई पालना नगरी केवल मुखले मात्र समर्थन गर्दछ । यस दृष्टिकोण अनुसार, सिपिभिले सोभियत शैलीको मार्क्सवाद–लेनिनवादको पतनबाट आफूलाई टाढा राख्न, पुँजीवादी सुधारहरूलाई वैधानिकता दिन, र पार्टीको वैधानिकतालाई बलियो बनाउनका लागि हो चि मिन्हको चामत्कारिक नेतृत्वको आह्वान गर्न सन् १९९१ मा ‘हो ची मिन्ह विचारधारा’ तर्जुमा गरेको थियो । सिपिभिले अब मार्क्सवाद–लेनिनवाद वा साम्यवादमा विश्वास गर्दैन, तर यसले यी अवधारणाहरूलाई प्रवद्र्धन गरिरहन्छ किनभने तिनीहरूले अझै पनि पार्टीको लागि केही बाँकी रहेको वैधानिकता प्रदान गर्छन् भनेर भनिन्छ । ब्रोचेक्सका शब्दमा, ‘हो ची मिन्ह विचारधारा’ “समाजवादी शिविरको विघटनपछि अलोकप्रिय भएको मार्क्सवादी–लेनिनवादी सिद्धान्तलाई प्रतिस्थापन गर्नको लागि ल्याइएको थियो, किनभने कम्युनिस्ट विचारधाराले… एउटा नयाँ सैद्धान्तिक सन्दर्भ विन्दुको खोजीमा व्यवहारवादलाई बाटो छोडिदिएको छ” (Brocheux 2007, xiv) । भियतनामका असन्तुष्ट पक्षहरूले मार्क्सवाद–लेनिनवादलाई बदनाम गर्न यस दृष्टिकोणलाई बढावा दिएका छन्, यद्यपि सिपिभिका सिद्धान्तकारहरूले यसको विश्वासिलो खण्डन प्रस्तुत गरेका छन् (Nguyen 2016; Le 2019; Nguyen Ngoc Hoi 2022) । हो ची मिन्ह मुख्यतया एक व्यावहारिक राष्ट्रवादी थिए, वा सिपिभिले मार्क्सवाद–लेनिनवादलाई त्यागेको छ भनी दाबी गर्नु आधारभूत रूपमै गलत हो ।
तेस्रो दृष्टिकोणको दाबी के छ भने हो चि मिन्हले साम्यवाद र राष्ट्रवाद दुवैलाई समर्थन गरे, र ती दुईबीच कुनै विरोधाभास देखेनन् । विशेषगरी, हो चि मिन्हले भियतनामको स्वतन्त्रता प्राप्त गर्ने माध्यमको रूपमा साम्यवादलाई प्रवर्धन गरे (Halberstram 1987, 70-71 Swearingen and Rolph 1967, 5; Nugent 1996, 47) । यसका साथसाथै, यो दृष्टिकोणले के पनि मान्दछ भने हो चि मिन्हको साम्यवाद पूर्ण रूपमा मार्क्सवादी–लेनिनवादी थिएन (Pike 1978, 57-59), र यहाँसम्म कि “ती दुईबीच स्पष्ट भिन्नता” समेत छ (Nugent 1996, 64) । यद्यपि, यस दृष्टिकोणअनुसार, संसारभरिका कम्युनिस्टको समर्थन प्राप्त गर्न हो चि मिन्हले व्यावहारिक रूपमा मार्क्सवादी–लेनिनवादी शब्दावली वा भाषणबाजीलाई प्रवद्र्धन गरे तापनि, उनले यस्तो काम असङ्गत रूपमा गरे, र उनले यस विचारधाराको सीमित बुझाइ मात्र प्रदर्शन गरे ।


उदाहरणका लागि, डुइकरको दाबी के छ भने हो चि मिन्हका धेरैजसो “दार्शनिक विश्वासहरू कार्ल मार्क्स र भ्लादिमिर लेनिनका भन्दा पश्चिमी आदर्शहरूसँग बढी मेल खाने जस्तो देखिन्छ” (Duiker 2000, 576) । ल्याकाउटुरले यसमा सहमत हुँदै गरेको टिप्पणी यस्तो छ “सिद्धान्तका सन्दर्भमा हो चि मिन्हका उतारचढावहरू विचलित पार्ने खालका हुन सक्छन्‌” (Lacouture 1968, 241) । उनको विचारमा, “हो चि मिन्हले कुराकानीमा प्रयोग गर्ने भाषा मार्क्सवादी–लेनिनवादी भाषा होइन, बरु लिग अफ ह्युमन राइट्सको विशिष्ट भाषा र बीसको दशकको पेरिसमा आफ्ना वामपन्थी सहयोगीहरूबाट सिकेको एक प्रकारको सामाजिक–धर्मनिरपेक्षता” (Lacouture 1968, 225) । फेरि एकपटक, यो दृष्टिकोण हो ची मिन्हका कृतिहरूको गलत व्याख्यामा निर्भर गर्दछ, र यसले मार्क्सवाद–लेनिनवादप्रतिको उनको निष्ठाको अवमूल्यन गर्दछ ।


यसको विपरीत, चौथो दृष्टिकोणले हो चि मिन्हलाई एक समर्पित मार्क्सवादी–लेनिनवादीको रूपमा पहिचान गर्दछ जसले भियतनाममा यस विचारधारालाई सुदृढ पार्न अग्रणी भूमिका खेलेका थिए (Sainteny 1972, 20, 126-27; Duiker 2000, 123-24, 571; Steele 2003, 8, 53; Fenn 1973, 66; Bello 2007, 30; DeCaro 2003, 91; Quinn-Judge 2003, 252; Kelly and Mackerras 1985, 204; Beres-ford 1988, 89; Post 1989, 7; Ruane 1998, 2; Shaplen 1965, 30, 49; Neville 2018, 192, 205; Knight 2007, 148-150) । हो चि मिन्हले राष्ट्रवाद, पश्चिमी मानव अधिकार र कन्फ्युसियसवाद लगायत अन्य वैचारिक धारहरूलाई पनि ग्रहण गरेका थिए भन्ने कुरालाई स्वीकार गर्दै, यस दृष्टिकोणले उनको विचारधारामा मार्क्सवाद–लेनिनवादले प्रमुख भूमिका खेलेको थियो भन्ने दाबी गर्दछ । भियतनामको कम्युनिस्ट पार्टीले यो अडानको बचाउ गर्दछ (Lê 2001, 159, 210; Nguyen 2015, 102; Nguyen 2016; Le 2019; Nguyen Ngoc Hoi 2022), र यो लेखले पनि त्यसै गर्दछ ।

हो चि मिन्हका ‘सङ्कलित रचना’ले यस दृष्टिकोणलाई प्रमाणित गर्न पर्याप्त प्रमाण प्रदान गर्छन् । भियतनामलाई उपनिवेशवादबाट मुक्त गर्ने बाटो खोज्ने क्रममा, हो चि मिन्ह आफैंले आफ्नो राजनीतिक गतिविधिको सुरुवातमै मार्क्सवाद–लेनिनवादलाई अपनाएको दाबी गरेका थिए । सन् १९२० मा, फ्रान्समा भियतनामी स्वतन्त्रताको लागि अभियान चलाउँदै गर्दा, हो चि मिन्हले लेनिनको म्चबात त्जभकभक यल तजभ ल्बतष्यलब िबलम ऋययिलष्ब ित्तगभकतष्यलक पढे, जसले राष्ट्रिय र उपनिवेशवादविरोधी क्रान्तिहरूको लागि मार्क्सवादी रणनीतिको रूपरेखा प्रस्तुत गरेको थियो । यसको प्रभाव गहिरो थियो :
“यसले ममा कस्तो भावना, उत्साह, स्पष्ट दृष्टि र आत्मविश्वास जगायो ! म हर्षले गदगद भएर रोएँ । म कोठामा एक्लै बसेको भए तापनि, ठूलो भीडलाई सम्बोधन गरिरहेको जस्तै गरी म ठूलो स्वरमा कराएँः “मेरो देशका प्रिय सहिदहरु ! हामीलाई चाहिएको यही हो, हाम्रो मुक्तिको बाटो यही हो !” (Ho 2011j, 562) ।”

लेनिनको थेसिसले हो चि मिन्हलाई मार्क्सवाद–लेनिनवादमा रूपान्तरित गर्‍यो (Duiker 2000, 64; Bello 2007, 14; Woodside 1976, 165, 172; FLPH 1986, 18) । जसरी हो चि मिन्हले आफ्नो सन् १९६० को लेख The Path Which Led Me to Leninism (मलाई लेनिनवादतर्फ डोर्‍याउने बाटो) मा स्वीकार गरेका छन्, उनलाई त्यहाँसम्म डोर्‍याउने कुरा भियतनामी देशभक्ति थियो, तर “व्यावहारिक गतिविधिहरूमा सहभागिताको समानान्तर रूपमा मार्क्सवाद–लेनिनवादको अध्ययन गरेर, म बिस्तारै यो तथ्यमा पुगें कि केवल समाजवाद र साम्यवादले मात्र उत्पीडित राष्ट्रहरू र विश्वभरका श्रमजीवी जनतालाई दासत्वबाट मुक्त गर्न सक्छ” ( Ho 2011j, 563) । हो चि मिन्हले मार्क्सवाद–लेनिनवादलाई “हामी भियतनामी क्रान्तिकारीहरू र जनताका लागि एक चमत्कारी ‘बुक अफ द वाइज’, कम्पास” को रूपमा सम्मान गरे (Ho 2011j, 563) । मार्क्सवाद–लेनिनवाद “हाम्रो अन्तिम विजय, समाजवाद र साम्यवादसम्मको बाटोलाई उज्यालो पार्ने चम्किलो सूर्य” थियो (Ho 2011j, 563) । हो चि मिन्हले यो विश्वासलाई कहिल्यै त्यागेनन् । सन् १९६९ मा उनको मृत्युको केही समयपछि प्रकाशित उनको इच्छापत्रमा, हो चि मिन्ह (Ho 2011l, 621) ले मृत कम्युनिस्ट नेताहरूको स्मारक (pantheon) मा आफू “कार्ल मार्क्स, लेनिन र अन्य क्रान्तिकारी अग्रजहरूसँग सामेल हुने” अपेक्षा गरेका थिए । तैपनि, यस अडानलाई प्रवद्र्धन गर्ने आधिकारिक भियतनामी र पश्चिमा आधारित अंग्रेजी भाषाका प्रकाशनहरूबीच ठोस भिन्नताहरू छन् । पछिल्ला (पश्चिमी प्रकाशनहरू) ले विरलै मात्र हो चि मिन्हको मार्क्सवाद–लेनिनवादमा ध्यान केन्द्रित गर्छन् । यसको सट्टा, तिनीहरू सामान्यतया यसलाई उनको जीवन, विश्वास र भियतनामी साम्यवादको व्यापक अध्ययनहरूभित्र राख्ने गर्छन् । सोही अनुसार, यी अध्ययनहरूले हो चि मिन्हको मार्क्सवाद–लेनिनवादको चरित्रलाई पूर्ण रूपमा स्पष्ट पार्दैनन् ।


केही पश्चिमी अध्ययनहरूको दाबी यस्तो पनि छ– हो चि मिन्हले मार्क्सवादी–लेनिनवादी सिद्धान्तलाई बेवास्ता गरे (Quinn-Judge 2003, 256) । उदाहरणका लागि, बेलो दाबी गर्छन्‌– हो चि मिन्हमा “सैद्धान्तिक मौलिकता” को कमी थियो र उनले “कुनै महत्वपूर्ण सैद्धान्तिक नवीनता दिएका छैनन्, ‘एकीकृत सिद्धान्त’ त परको कुरा हो” (Bello 2007, 12, 31) । त्यसैगरी, Willmont (1971, 586) अनुसार “हो चि मिन्ह कुनै सिद्धान्तकार थिएनन्, कुनै दार्शनिक थिएनन्, बरु एक राजनीतिज्ञ थिए, र उनका लेखाइहरूले केवल उनको राजनीतिक महत्वाकांक्षाहरूलाई अगाडि बढाउने काम गरे ।” Duiker (2000, 62) बिना कुनै सन्दर्भ दाबी गर्छन्‌– हो चि मिन्हले मार्क्सको ‘क्यापिटल’ लाई सिरानीको रूपमा प्रयोग गर्थे किनभने उनले यसलाई बुझ्न सक्दैनथे । अझ सामान्य रूपमा भन्नुपर्दा, विभिन्न दृष्टिकोण राख्ने पश्चिमी विद्वानहरूको दाबी के छ भने हो ची मिन्हले सिद्धान्तभन्दा अभ्यासलाई प्राथमिकता दिए । उनीहरूले उनलाई मुख्यतया एक व्यवहारवादी, रणनीतिकार र कुशल चालबाजका रूपमा वर्णन गर्छन्, जसले सैद्धान्तिक प्रश्नहरूलाई ओझेलमा पारे (Chesneaux and Tinker 1969, 130-31; Fall 1968, v, vi; Duiker 2000, 575-76; Lacouture 1968, 227-228, 241; Neville 2018, 192; Fadaee 2024, 56-57; Gunn 2022, 814) । यसको विपरीत, धेरै आधिकारिक भियतनामी प्रकाशनहरूले हो चि मिन्हको मार्क्सवाद–लेनिनवादमा ध्यान केन्द्रित गर्छन्, जसको उनीहरूले व्यापक रूपमा परीक्षण गरेका छन् ( Nguyen 2016; Le 2019; Nguyen Ngoc Hoi 2022) । यी अध्ययनहरूले उनलाई एक उत्कृष्ट मार्क्सवादी–लेनिनवादी सिद्धान्तकार र अभ्यासकर्ताको रूपमा प्रस्तुत गर्छन्, जसले यो विचारधारालाई भियतनाममा रचनात्मक रूपमा लागू गरे । यी दृष्टिकोणहरू, जसलाई हो ची मिन्ह विचारधारासम्बन्धी भियतनामको राष्ट्रिय पाठ्यक्रममा प्रवद्र्धन गरिएको छ (राष्ट्रिय राजनीतिक प्रकाशन गृह २००६), पश्चिमी प्रकाशनहरूमा सीमित रूपमा मात्रै प्रसारित र समर्थित छन् । यद्यपि, यी आधिकारिक भियतनामी अडानहरू विश्वसनीय छन्, किनभने तिनीहरू हो चि मिन्हका सम्पूर्ण कृतिहरूको गहिरो, अझ सावधान, र अझ व्यापक अध्ययनमा आधारित छन् ।


निस्सन्देह, “मार्क्सवाद–लेनिनवादप्रति हो चि मिन्हको आकर्षण उपनिवेशवाद र साम्राज्यवादबाट भियतनामको स्वतन्त्रता प्राप्त गर्ने महत्वमा आधारित थियो, र यसै उद्देश्यका लागि उनले आफ्नो महत्वपूर्ण राजनीतिक प्रतिभा र ऊर्जा समर्पित गरे ।” यसर्थ, केही अन्य कम्युनिस्ट नेताहरूको तुलनामा हो चि मिन्ह “मार्क्सवाद–लेनिनवादका सैद्धान्तिक आयामहरूको विस्तृत अध्ययन र व्याख्यामा कम सरोकार राख्थे । यद्यपि, उनको लेखनमा मार्क्सवाद र विशेषगरी लेनिनवादका धेरै सन्दर्भहरूले मार्क्सवाद–लेनिनवादका सामान्य सैद्धान्तिक मान्यताहरुप्रतिको अटुट प्रतिबद्धतालाई सङ्केत गर्दछ” (Knight 2007, 148) । “हो ची मिन्हसँग कुनै प्रमुख सैद्धान्तिक ग्रन्थ तयार गर्ने समय थिएन ।” तैपनि, हो चि मिन्ह “एक सिद्धान्तकार थिएनन् र उनले सैद्धान्तिक लेखहरुको थुप्रो छोडेर गएनन् भन्नु… एक धेरै संकीर्ण र गलत निर्णय हो” (Prashad 2022, 32) । हो चि मिन्हको सन् १९२७ (वा १९२६ को उत्तरार्धको) निर्देशिका (म्यानुअल), The Revolutionary Path – Ho 2011b, 277-347_ लाई विचार गर्नुहोस्, जुन सम्भवतः मार्क्सवाद–लेनिनवादमाथिको पहिलो भियतनामी भाषाको पाठ थियो (Duiker 2000, 132; Fadaee 2024, 57) । ‘द रिभोलुसनरी पाथ’ ले क्रान्तिको मार्क्सवादी–लेनिनवादी सिद्धान्तको रूपरेखा प्रस्तुत गर्‍यो र भियतनामी स्वतन्त्रताका लागि यसको सान्दर्भिकताको व्याख्या गर्‍यो (Lacouture 1968, 48-49; Tuong 2016, 38-40) । हो चि मिन्हले यसको प्रस्तावना लेनिनको पुस्तक ‘ह्वाट इज टु बी डन?’को उद्धरणबाट सुरु गरेका थिएः “क्रान्तिकारी सिद्धान्तविना कुनै क्रान्तिकारी आन्दोलन हुन सक्दैन । अग्रदस्ता लडाकुको भूमिका सबैभन्दा उन्नत सिद्धान्तद्वारा निर्देशित पार्टीले मात्र पूरा गर्न सक्छ” (Ho 2011b, 279) । अर्को उदाहरण हो चि मिन्हको सन् १९५० को कृति, ‘डायलेक्टिकल मेटेरियलिज्म एन्ड हिस्टोरिकल मेटेरियलिज्म’ (Ho 2011d, 528) हो, जसको पश्चिमी अध्ययनहरूमा विरलै मात्र उल्लेख गरिन्छ । यस कृतिमा, हो चि मिन्हले मार्क्सवाद–लेनिनवादका दार्शनिक आधारहरूलाई संक्षेपमा प्रस्तुत गरेका थिए । यसबाहेक, सन् १९५३ मा, हो चि मिन्हले राजनीतिक ज्ञान र आधारभूत क्रान्तिकारी सिद्धान्तहरूलाई व्यवस्थित रूपमा परिचय गराउने पचास लेखहरूको शृङ्खला लेखे, जसलाई पछि ‘पोलिटिकल कमन नलेज’ (राजनीतिक सामान्य ज्ञान) नामक पुस्तकको रूपमा प्रकाशित गरिएको थियो (Ho 2011f 245-296) । हो चि मिन्हको उद्देश्य कार्यकर्ता र पार्टी सदस्यहरूलाई अध्ययन सामग्री उपलब्ध गराउनु थियो ।


हो ची मिन्हले मार्क्सवादी–लेनिनवादी शिक्षाको पनि उच्च मूल्याङ्कन गर्थे । हो चि मिन्ह आफैले सन् १९२० को दशकदेखि भियतनामी क्रान्तिकारीहरूलाई मार्क्सवाद–लेनिनवाद पढाएका थिए (FLPH 1986, 19) । यसो गर्दा, हो–ले मार्क्सवाद–लेनिनवाद उनीहरूको वैचारिक आधार हुनुपर्छ भन्ने कुरामा जोड दिए । जसरी उनले सन् १९५० मा भियतनाम लोकतान्त्रिक गणतन्त्रको ‘प्रशिक्षण सम्बन्धी प्रथम राष्ट्रिय सम्मेलन’ का दौरान स्पष्ट पारेका थिएः
“हामीले सबैलाई मार्क्सवादी–लेनिनवादी सिद्धान्त सिकाउनुपर्छ… सिद्धान्तविना काम गर्नु भनेको अँध्यारो रातमा छामछुम गर्नु जस्तै होः मानिस विस्तारै अघि बढ्छ र धेरैजसो गलत कदम चाल्छ । समाज र जनआन्दोलनहरूमा जे जति भइरहेका छन् ती सबै बुझ्न, र सही नीतिहरू तर्जुमा गरी सही तरिकाले काम गर्न सिद्धान्तबाट मात्र सम्भव छ (Ho 2011d, 357; see also Ho 2011i, 92) ।”


हो चि मिन्हले सन् १९३६ मा मार्क्स र एङ्गेल्सको ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’ लगायत धेरै मार्क्सवादी–लेनिनवादी क्लासिक्सलाई भियतनामी भाषामा अनुवाद गरेर सैद्धान्तिक शिक्षाप्रतिको आफ्नो रुचिलाई थप प्रदर्शन गरे (Prashad 2022, 32-33) ।


संक्षेपमा भन्नुपर्दा, मार्क्सवाद–लेनिनवाद भियतनामी क्रान्तिको लागि हो ची मिन्हको प्रमुख मार्गदर्शक विचारधारा थियो । यसले उनलाई प्रभावित गर्ने अन्य विचारधाराहरूभन्दा उच्च प्राथमिकता पायो । यसो भनिरहँदा, मार्क्सवाद–लेनिनवाद कुनै एकरूपी विचारधारा होइन । प्रत्येक कम्युनिस्टले केही पक्षहरूलाई अरूभन्दा बढी जोड दिँदै यसलाई फरक तरिकाले प्रस्तुत गरेका छन् । निम्न खण्डहरूले हो चि मिन्हको मार्क्सवाद–लेनिनवादका आधारभूत विशेषताहरू र भियतनामी चरित्रहरूलाई उजागर गर्छन् ।

३. हो ची मिन्हको मार्क्सवाद–लेनिनवादका आधारभूत विशेषताहरू
सिद्धान्त र अभ्यासको एकताः यो हो चि मिन्हको मार्क्सवाद–लेनिनवादको एउटा आधारभूत विशेषता हो । लेनिनले जस्तै, हो चि मिन्हले पनि ठोस नीति, रणनीति र कार्यनीतिहरूको सन्दर्भमा तर्जुमा गर्दा सिद्धान्तले आफ्नो सबैभन्दा ठूलो शक्ति प्राप्त गर्छ भन्ने सोच्थे । त्यसै अनुसार, हो चि मिन्हले सामान्यतया मार्क्सवाद–लेनिनवादबारे यसको व्यावहारिक प्रयोगको सन्दर्भमा छलफल गर्थे । यो प्रवृत्ति मार्क्सवाद–लेनिनवादले भियतनामको स्वतन्त्रता सङ्ग्रामको सेवा गर्नुपर्छ भन्ने उनको दृढ विश्वासबाट उत्पन्न भएको थियो । हो चि मिन्हको दृष्टिकोणमा, यसको राजनीतिक उपयोगितालाई निरन्तर रूपमा उजागर नगरीकन मार्क्सवाद–लेनिनवादलाई पढाउनु अर्थहीन थियो । उनको तर्क यस्तो पनि थियो– पूर्ण रूपमा सैद्धान्तिक दृष्टिकोणले मार्क्सवाद–लेनिनवादलाई मुख्यतया किसान जनसङ्ख्या भएको एउटा उपनिवेश देश भियतनाममा बुझ्न अझ गाह्रो बनाउनेछ । जसरी उनले सन् १९६७ मा एक प्रशिक्षण कक्षामा उपस्थित कार्यकर्ताहरूसँग एउटा टिप्पणी साझा गरेका थिएः
फ्रान्सविरोधी प्रतिरोधको समयमा, मैले एकपटक ठूलो बरको रूखको छायामा आराम गरिरहेका केही कमरेडहरूलाई भेटें । मैले उनीहरूलाई सोधें, “तपाईंहरू कहाँ जानुभएको थियो ?” – “हामी राजनीतिक कक्षाबाट फर्केका हौं,” उनीहरूले जवाफ दिए । “तपाईंहरूले के पढ्नुभयो ?” – “हामीले कार्ल मार्क्स पढ्यौं” – “के त्यो रोचक थियो ?” – “धेरै रोचक !” – “के तपाईंहरूले बुझ्नुभयो ?” – अब उनीहरूले अकमकिँदै जवाफ दिए, “काका, त्यहाँ यति धेरै गाह्रा कुराहरू थिए जुन हामीले बुझ्न सकेनौं ।” यस्ता अध्ययनहरू व्यावहारिक थिएनन् (Ho 2011l, 276, लेखकको जोड) ।

लेनिनवादमाथिको जोडः यो हो चि मिन्हको मार्क्सवाद–लेनिनवादको दोस्रो आधारभूत विशेषता हो । हो चि मिन्हले सामान्यतया मार्क्सवाद र लेनिनवादबीच भिन्नता देखाउँथे, र लेनिनवादमाथि बढी जोड दिन्थे । ‘लेनिन एन्ड द कोलोनियल पिपुल्स’ (Ho 2011a, 256-57), ‘लेनिन एन्ड द इस्ट’ (Ho 2011a, 317-319), ‘लेनिनिज्म एन्ड द लिबरेसन अफ अप्रेस्ड पिपुल्स’ (Ho 2011g, 408-415), ‘द पाथ ह्विच लेड मी टु लेनिनिज्म’ (Ho 2011j, 561-563), ‘लेनिन्स ग्रेट करियर’ (Ho 2011e, 287-289), ‘लेनिन, द ग्रेट टिचर अफ द भियतनामिज रिभोलुसन’ (Ho 2011k, 380-382), ‘द ग्रेट लेनिनिज्म लिभ्स फरेभर !’ (Ho 2011k, 383-384), ‘लेनिन एन्ड सोसलिस्ट इमुलेसन’ (Ho 2011j, 568-570), र अन्य कृतिहरूमा, हो चि मिन्हले लेनिनवादका आधारभूत सिद्धान्तहरूको व्याख्या गरेका छन्, तिनीहरूको औचित्य (वैधता) स्पष्ट पारेका छन्, र भियतनामका लागि तिनीहरूको सान्दर्भिकता देखाएका पनि छन् (Halber-stram 1987, 37; Lacouture 1968, 225; Woodside 1976, 170; Knight 2007, 148; Fadaee 2024, 55) ।

हो चि मिन्हको विचारधारामा तीनवटा लेनिनवादी तत्वहरू प्रमुख छन् । पहिलो, लेनिनको अग्रदस्ता पार्टीको सिद्धान्त हो । लेनिनले जस्तै, हो चि मिन्हले पनि मजदुर वर्गको पार्टीलाई क्रान्तिकारी राजनीतिको सबैभन्दा प्रभावकारी संवाहकको रूपमा उभ्याए । उनको तर्क के थियो भन्दा उपनिवेशवादलाई परास्त गर्न र समाजवाद निर्माण गर्न पार्टीले नेतृत्वदायी भूमिका खेल्नुपर्छ । त्यसअनुसार, हो चि मिन्हले भियतनामको कम्युनिस्ट पार्टीलाई लेनिनको सङ्गठनात्मक सिद्धान्तको ढाँचामा निर्माण गरे, र यो आजसम्म पनि त्यही ढाँचामा कायम छ ।


दोस्रो तत्व भनेको पुँजीवादको उच्चतम चरणको रूपमा साम्राज्यवादलाई हेर्ने लेनिनको सिद्धान्त हो । कम्युनिस्ट आन्दोलनका लागि उपनिवेशवादविरोधी क्रान्तिहरूको आवश्यकतालाई पहिचान गर्ने र स्पष्ट पार्ने पहिलो सिद्धान्तको रूपमा हो चि मिन्हले यो सिद्धान्तलाई पहिचान गरेका थिए । भियतनामी क्रान्तिको दिशा, महत्व, र चरित्रको विश्लेषण गर्न हो चि मिन्हले यसलाई प्रयोग गरे (Knight 2007, 148) ।
तेस्रो तत्व भनेको किसान र मजदुर वर्गको गठबन्धनमाथिको लेनिनको विश्वास हो (Fenn 1973, 42) । लेनिनको समयमा रुस जस्तै, हो चि मिन्हको जीवनकालमा भियतनाम पनि मुख्यतया किसानहरूको देश थियो । त्यसैले बोल्सेभिकवादका संस्थापक (लेनिन) ले किसानहरूलाई कसरी क्रान्तिकारीकरण गर्ने र यो वर्गलाई कम्युनिस्ट आन्दोलनमा कसरी एकीकृत गर्ने भन्ने विषयमा हो चि मिन्हलाई मार्गदर्शन प्रदान गरे (Fadaee 2024, 50, 54) । हो चि मिन्हले यी दृष्टिकोणहरूलाई आफ्नो मार्क्सवाद–लेनिनवादको आधारभूत दस्तावेज, लेनिनको Draft Theses on the National and Colonial Questions मा फेला पारेका थिए ( Kelly and Mackerras 1985, 204) ।


हो चि मिन्हले भोगेको लेनिनवादकोे जीवन्त अनुभवले उनको सैद्धान्तिक प्रेरणालाई बलियो बनायो । हो चि मिन्हले डिसेम्बर १९२० देखि कम्युनिस्ट इन्टरनेशनलमा भाग लिए, जब लेनिनले यस सङ्गठनको मार्गदर्शन गरिरहेका थिए । सन् १९२३ देखि १९२४ सम्म, हो चि मिन्हले कोमिन्टर्न अधिकारीको रूपमा रुसमा पनि जीवन बिताए, र उनले मस्कोको ‘कम्युनिष्ट युनिभर्सिटी अफ द टोइलर्स अफ द इस्ट’ मा लेनिनवादको अध्ययन गरे (Duiker 2000, 571) । यी अनुभवहरूले हो चि मिन्हको लेनिनवादी उत्साहलाई अझ सुदृढ बनाए ।
यसको अर्थ हो चि मिन्हले शास्त्रीय मार्क्सवादलाई अस्वीकार गरे भन्ने होइन । यसको विपरीत, हो चि मिन्हको विचारमा लेनिनले मार्क्स र एंगेल्सका क्रान्तिकारी सिद्धान्तहरूलाई इमानदारीपूर्वक अपनाएका थिए । उनले लेनिनलाई बढी ध्यान दिए किनभने उनले विश्वको पहिलो समाजवादी राज्य, सोभियत रुसको स्थापना गरेका थिए । हो चि मिन्हले सोचेका थिए– लेनिनवादले मार्क्सवादलाई सफलतापूर्वक लागू गर्‍यो, जसले भियतनामको स्वतन्त्रता सङ्ग्रामका लागि पाठ सिकायो ।

स्टालिनवादमाथिको जोडः यो हो ची मिन्हको मार्क्सवाद–लेनिनवादको तेस्रो आधारभूत विशेषता हो । स्टालिनवादले उनको वैचारिक विकासमा निर्माणात्मक भूमिका खेल्यो । हो चि मिन्हले स्टालिनवादका प्रारम्भिक र परिपक्व परिणामहरू प्रत्यक्ष रूपमा देखे, र उनी स्टालिन नै लेनिनका योग्य उत्तराधिकारी हुन् भन्ने कुरामा विश्वस्त भए (Ho 2011e, 287-288; Ho 2011f, 13) । स्टालिनले लेनिनको उत्तराधिकार प्राप्त गरेलगत्तै, सन् १९२४ मा हो चि मिन्हले पहिलो पटक स्टालिनको नेतृत्वमा रहेको सोभियत संघको भ्रमण गरे । जब हो चि मिन्हले जुन महिनामा ५औं कोमिन्टर्न सम्मेलनमा भाग लिए, उनले लेनिनको उपनिवेशवाद–विरोधको सिद्धान्तलाई स्टालिनले गरेको बचाउको प्रशंसा गरे, र साथै अन्य धेरै कम्युनिस्टहरूले यसलाई बेवास्ता गरेको पनि औंल्याए (Ho 2011a, 299-300) । स्टालिनवादले आफूलाई सुदृढ गर्दै गर्दा, हो चि मिन्हले सन् १९३३ देखि १९३८ सम्म फेरि सोभियत संघको भ्रमण गरे । हो चि मिन्हले स्टालिनको सामूहिकीकरण र औद्योगिकीकरणका नीतिहरू प्रत्यक्ष देखे, जसले युएसएसआरलाई आधुनिकीकरण गर्‍यो र यसलाई विश्व शक्तिको रूपमा रूपान्तरण गर्‍यो । राजनीतिक, आर्थिक र सामाजिक रूपमा स्टालिनवादले कसरी काम गर्‍यो भनी अवलोकन गरेपछि, हो चि मिन्हले समाजवादमा के–के समावेश हुन्छन् भन्ने विषयमा आफ्ना दृष्टिकोणहरू विकास गरे (Ho 2011e, 8, 22, 34, 90, 359, 365, 386, 418, 461, 495, 514-515; 2011f, 26, 115, 128, 270, 291) । सन् १९३४ देखि १९३५ सम्म, हो चि मिन्हले मस्कोको ‘इन्टरनेशनल लेनिन स्कुल’मा पनि साम्यवादको अध्ययन गरे, जसलाई स्टालिनको वैचारिक प्रभावका कारण ‘स्टालिन स्कुल’ उपनाम दिइएको थियो (Neville 2018, 196) । अझ सामान्य रूपमा भन्नुपर्दा, कम्युनिस्ट इन्टरनेसनल (१९२४–१९४३) र विश्वव्यापी कम्युनिस्ट आन्दोलन (१९२४–१९५३) मा स्टालिनको नेतृत्वको समयमा नै हो चि मिन्हले भियतनामको कम्युनिस्ट आन्दोलनलाई विकास गरेका थिए ।

यस अनुभवअनुरूप, हो चि मिन्हले भियतनाममा स्टालिनवादलाई लागू गर्न र प्रसार गर्न खोजे । सन् १९४१ मै, हो चि मिन्हले एक प्रमुख स्टालिनवादी ग्रन्थ, ‘हिस्ट्री अफ द कम्युनिष्ट पार्टी अफ द सोभियत युनियन (बोल्सेभिक): सर्ट कोर्स’ लाई भियतनामी भाषामा अनुवाद गरे (Prashad 2022, 22-23) । हो चि मिन्हको सन् १९५० को मार्क्सवादी–लेनिनवादी दर्शनको रूपरेखा, ‘डायलेक्टिकल मेटेरियलिज्म एन्ड हिस्टोरिकल मेटेरियलिज्म’, स्टालिनको सन् १९३८ को पाठ ‘डायलेक्टिकल एन्ड हिस्टोरिकल मेटेरियलिज्म’ बाट लिइएको थियो, जुन ‘सर्ट कोर्स’ को एउटा अध्याय थियो । हो चि मिन्हले समाजवादी निर्माणको लागि मार्गदर्शन प्रदान गरेकोमा स्टालिनको सन् १९५१ को पाठ ‘इकोनोमिक प्रोब्लम्स अफ सोसलिज्म इन द युएसएसआर’ को पनि प्रशंसा गरे, र उनले कार्यकर्ताहरूलाई यसको अध्ययन गर्न आदेश दिए (Ho 2011f, 25, 176) । हो चि मिन्हको भियतनामी ट्रट्स्कीवादीहरू विरुद्धको कठोर खण्डनले उनको “स्टालिनप्रतिको पूर्ण वफादारी” को थप प्रमाण प्रदान गर्दछ (Tuong 2016, 80) । हो चि मिन्हले ट्रट्स्कीवादलाई परास्त गरेकोमा सन् १९३० को दशकको स्टालिनको मस्को ट्रायलको प्रशंसा गरे, र उनले भियतनाममा पनि त्यही उद्देश्य हासिल गर्न खोजे (Tuong 2016, 82; Neville 2018, 207) । सन् १९५३ मा स्टालिनको मृत्युपश्चात्, हो चि मिन्हले सीपीएसयू र सोभियत सरकारलाई एउटा पत्र पठाए, जसमा उनले “मार्क्सवाद–लेनिनवाद–स्टालिनवादको बाटो पछ्याउने” आफ्नो मनसाय सार्वजनिक गरेका थिए (Ho 2011f, 81; see also Ho 2011f, 85) ।

फेब्रुअरी १९५६ सम्म धेरै कम्युनिस्टहरूले यस उद्देश्यलाई साझा बनाएका थिए, जब स्टालिनका उत्तराधिकारी निकिता ख्रुश्चेभले सोभियत संघको कम्युनिस्ट पार्टीको २० औं महाधिवेशनमा स्टालिनको नेतृत्व र ‘व्यक्तिपूजा’ को निन्दा गरे । तत्पश्चात्, सोभियतहरूले कम्युनिस्टहरूले स्टालिनको निन्दा गरून् र वि–स्टालिनीकरण (De–Stalinisation) लाई प्रवद्र्धन गरून् भन्ने अपेक्षा गरे । धेरैले त्यसो गरे । हो चि मिन्हले गरेनन् । अप्रिल १९५६ मा सिपिभिलाई दिएको एउटा भाषणमा, हो चि मिन्हले स्टालिनमाथिको ख्रुश्चेभको आलोचनालाई सम्बोधन गरे । व्यक्तिको पूजाको बारेमा कुरा गर्दा हो चि मिन्हको टिप्पणी थियो, “हामीले कमरेड स्टालिनको बारेमा सन्तुलित दृष्टिकोण राख्नुपर्छ । कमरेड स्टालिनले क्रान्तिमा ठूलो योगदान दिएका छन्‌” (Ho 2011h, 313) । यस्तो समयमा जब धेरै कम्युनिस्टहरू पूर्णतया अस्वीकारवादी थिए, यो एक महत्वपूर्ण भनाइ थियो । फेरि पनि, हो चि मिन्हले स्टालिनवादका कथित त्रुटिहरूलाई बेवास्ता गरेनन् । स्टालिनले “गम्भीर गल्तीहरू पनि गरे” भनी उल्लेख गर्दै, उनले व्यक्तिपूजाको विरोध गर्दै पार्टीको सामूहिक नेतृत्वलाई प्रवद्र्धन गरे (Neville 2018, 192) । हो चि मिन्हले सिपिभि भित्र लोकतन्त्र र सामूहिक नेतृत्वको उल्लङ्घनलाई समाधान गर्नुपर्ने मुद्दाहरूको रूपमा उजागर गरे, र उनले सिपिभिलाई पार्टीलाई पिरोलिरहेको आफ्नो व्यक्तिपूजाको विरोध गर्न आग्रह गरे (Ho 2011h, 314) । यद्यपि, सिपिएसयुको २०औं महाधिवेशनपछि पनि हो चि मिन्हले स्टालिनको विरासतलाई समर्थन गर्न जारी राखे (Ho 2011i, 96) । सबैभन्दा उल्लेखनीय कुरा के हो भने, हो चि मिन्हले ख्रुश्चेभको शान्तिपूर्ण सहअस्तित्वको नीतिलाई अस्वीकार गरे, जसमा भनिएको थियो कि समाजवादी देशहरूले साम्राज्यवादसँग शान्तिपूर्ण रूपमा सहकार्य गर्न सक्छन् । हो चि मिन्हले यस नीतिलाई तत्कालीन समयमा भियतनामको लागि अनुपयुक्त भन्दै अस्वीकार गरे । उनको जीवनकालभरि दक्षिणी भियतनाम साम्राज्यवादी नियन्त्रणमा रह्यो । हो चि मिन्हले दक्षिणलाई साम्राज्यवादी शासनबाट मुक्त गर्नुका साथै कम्युनिस्ट उत्तरलाई दक्षिणबाट बचाउन सैन्य शक्ति आवश्यक देखेका थिए । हो चि मिन्हले आलोचना र आत्मालोचनासम्बन्धी स्टालिनको दृष्टिकोणलाई पनि विकास गर्न जारी राखे, जुन लेनिनको दृष्टिकोणमा आधारित थियो । स्टालिनवाद अन्तर्गत, आलोचना र आत्मालोचना सिपिएसयु भित्र एक व्यवस्थित अभ्यास बन्यो । यसले समाजवादको रक्षा गर्ने र मार्क्सवाद–लेनिनवादप्रतिको उनीहरूको निष्ठालाई सुदृढ गर्ने कथित उद्देश्यका साथ, कम्युनिस्टहरूलाई सार्वजनिक रूपमा आफ्ना र अरूका गल्तीहरू पहिचान गर्न र सच्याउन अनिवार्य गर्‍यो । मस्को ट्रायलको दौरान – जसमा सिपिएसयु सदस्यहरूलाई मुद्दा चलाइएको थियो – स्टालिनले आत्मालोचनाको सार्वजनिक चरित्रका साथै पार्टीद्वारा यसको कडा सुपरिवेक्षणमा जोड दिए (Stalin [1928] 1954, 133-44) । हो चि मिन्हले यी सिद्धान्तहरूलाई ग्रहण गरे किनभने उनले आलोचना र आत्मालोचनालाई हरेक तहमा सिपिभिको एक प्रमुख सङ्गठनात्मक विशेषताको रूपमा संहिताबद्ध गर्न खोजेका थिए । यसो गर्दा, उनले भियतनामी कम्युनिस्टहरूलाई “दैनिक र घण्टैपिच्छे” आलोचना र आत्मालोचनाको अभ्यास गर्न आग्रह गरे (Ho 2011g, 413) । यसैबीच, हो चि मिन्हले चीनको सांस्कृतिक क्रान्तिका ज्यादतीहरूको समयमा जस्तो आलोचना र आत्मालोचना अराजक र अस्तव्यस्त हुनुहुँदैन भन्ने कुरामा जोड दिए । स्टालिनलाई पछ्याउँदै, कम्युनिस्ट सङ्गठनलाई अस्थिर हुनबाट जोगाउन पार्टीले यस प्रक्रियालाई माथिबाट तलसम्म सुपरिवेक्षण गर्नुपर्छ भनी उनले जोड दिए (Ho 2011e, 34) । सिपिभिले आज पनि यस अभ्यासलाई गम्भीरतापूर्वक लिन्छ (Nguyen Van Tuong 2022) ।


माओ त्सेतुङ विचारधारा र चिनियाँ क्रान्तिको प्रभावः सँगसँगै, यी परिघटनाहरूले हो ची मिन्हको मार्क्सवाद–लेनिनवादको चौथो आधारभूत विशेषता निर्माण गर्छन् । जसरी हो चि मिन्हले सन् १९५१ मा टिप्पणी गरेका थिएः
“भौगोलिक, ऐतिहासिक, आर्थिक र सांस्कृतिक अवस्थाहरूको कारणले गर्दा, चिनियाँ क्रान्तिले भियतनामी क्रान्तिमा ठूलो प्रभाव पार्‍यो जसले यसबाट सिक्नुपर्ने थियो र वास्तवमै यसका अनुभवहरूबाट सिकेको पनि छ । चिनियाँ क्रान्तिका अनुभवहरू र माओ त्सेतुङको विचारधाराको कारणले हामीले मार्क्स, एंगेल्स, लेनिन र स्टालिनको विचारधारालाई अझ राम्ररी बुझेका छौं र फलस्वरूप धेरै सफलताहरू हासिल गरेका छौं (Ho 1961, 238) ।”


आफ्नो सन् १९६१ को लेख, ‘द चाइनिज रिभोलुसन एन्ड द भियतनामिज रिभोलुसन’ मा, हो ची मिन्हले धेरै पक्षहरूमा उनीहरूको घनिष्ठ सम्बन्धलाई उजागर गरेका छन् । पहिलो, “रुसी अक्टोबर क्रान्ति र मार्क्सवादी–लेनिनवादी सिद्धान्तको प्रभाव भियतनाममा मुख्यतया चीन हुँदै आयो” (Ho 2011k, 148) । भियतनामी मार्क्सवाद–लेनिनवादका स्थापनाकालका घटनाहरू र सङ्गठनहरूको जन्म चीनमा भएको थियो । चिनियाँ कम्युनिस्टहरूको सहयोगमा, “भियतनाम योङ रिभोलुसनरी कमरेड्स एसोसिएसन (१९२५), भियतनामी कम्युनिस्ट समूहहरूलाई एउटै मार्क्सवादी–लेनिनवादी पार्टीमा एकीकृत गर्ने सम्मेलन (१९३०)”, र “इन्डोचाइनिज कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशन (१९३५) सबै चीनमै आयोजना गरिएका थिए” (Ho 2011k, 148) । दोस्रो, जब चीनका कम्युनिस्टहरूले च्याङ काई सेकविरुद्ध गृहयुद्धको नेतृत्व गरे, उनीहरूले भियतनामको प्रतिरोध युद्धलाई समर्थन गरिरहे (Ho 2011k, 148) । तेस्रो, चीनले उत्तरी भियतनाममा समाजवाद निर्माणमा सहयोग गरिरहेको थियो (Ho 2011k, 148) । यी अनुभवहरूले भियतनामको मार्क्सवाद–लेनिनवादलाई चिनियाँ विशेषताहरूले ओतप्रोत गराए ।

हो चि मिन्ह आफैंले धेरै पटक चीनको भ्रमण गरेका थिए र उनले त्यहाँ आफ्ना गतिविधिहरूको वैचारिक प्रभावलाई पहिचान गरेका थिए । सन् १९२४ देखि १९२७ सम्म क्यान्टनमा रहँदा, उनले चिनियाँ कम्युनिस्ट पार्टी (CPC) ले उनलाई सुम्पिएका कार्यहरू पूरा गरेका थिए । त्यही समयमा, उनले माओ त्सेतुङद्वारा गरिएको यसको सङ्गठनसहित चिनियाँ मजदुर–किसान आन्दोलनको उदय देखे । उनले चीनको मजदुर–किसान आन्दोलनमा लेखहरू योगदान गर्नुका साथै सीपीसीका सामग्रीहरूलाई भियतनामी भाषामा अनुवाद पनि गरे । तत्पश्चात् उनले चीनको जापान–विरोधी प्रतिरोध युद्धको समयमा सन् १९३८ को उत्तरार्धदेखि १९४१ सम्म चीनको भ्रमण गरे । यहाँ, उनी एठ्थ रुट आर्मीमा एक साधारण सैनिक बने, र उनी हेङ्गयाङमा सीपीसी सेलको सचिव चुनिएका पनि थिए (Ho 2011k, 149) । चीनमा आफ्नो समय बिताउँदा, हो चि मिन्हले उपनिवेशवाद र सामन्तवादविरुद्धको लडाइको अनुभव प्राप्त गरे जसलाई उनले कहिल्यै त्याग्नेनन् (Ho 2011k, 149) ।

उत्तरी भियतनामको स्थापना गरेपछि हो ची मिन्हले माओका मार्क्सवादी–लेनिनवादी सिद्धान्तहरूको कार्यान्वयनलाई अझ गहन बनाउँदै लगे । यी सिद्धान्तहरूले बदलामा स्टालिनका सिद्धान्तहरूको विस्तार गरेका थिए । उदाहरणका लागि, हो चि मिन्हले माओको ‘जनदिशा’ (mass line) को सिद्धान्तलाई प्रवद्र्धन गरे (Ho 2011e, 342; vol 10, 371, 412; Ho 2011j, 120, 283), जसले कम्युनिस्टहरूलाई आफ्ना नीतिहरू तर्जुमा गर्दा र कार्यान्वयन गर्दा जनतामा निर्भर रहन अनिवार्य गर्थ्यो । हो चि मिन्हले चीनको ‘महान् अग्रगामी छलाङ’ (१९५८–६३) को समयमा माओको प्रतिस्पर्धाको नीतिलाई पनि समर्थन गरे, जसले उत्पादन बढाउन, उत्पादक शक्तिहरूको विकास गर्न र समाजवादी निर्माणलाई गति दिन नैतिक प्रोत्साहनहरूको उपयोग गर्‍यो (Ho 2011i, 495) । हो चि मिन्ह (Ho 2011i, 496) ले ‘चिनियाँ प्रतिस्पर्धा’ लाई महत्व दिए किनभने चीनसँग मेसिनरीको कमी थियो र भियतनाम जस्तै धेरै हदसम्म जनशक्तिमा निर्भर थियो । माओले शारीरिक श्रम गर्ने मजदुरहरूलाई धेरै उत्पादन गर्न प्रतिस्पर्धा गर्न प्रोत्साहित गरे, जसका लागि सरकारले वहन गर्न नसक्ने भौतिक पुरस्कार कम थियो, र जनताको सेवा गर्ने र साम्यवाद निर्माण गर्ने नैतिक पुरस्कार बढी थियो (Pateman 2022) । हो चि मिन्हले चीनको प्रतिस्पर्धाको सफलताका दुईवटा कारणहरू पहिचान गरे । पहिलो, जनताले सरकारका नीतिहरू बुझेका थिए र प्रतिस्पर्धाप्रति उत्साहित थिए; र दोस्रो, नेतृत्व व्यावहारिक र व्यापक थियो । प्रत्येक उद्यम र फार्ममा, पार्टी सेल, युवा सङ्घ, ट्रेड युनियनका प्रमुख कार्यकर्ताहरू र प्रबन्धकहरूले जनतासँगै उत्पादनमा भाग लिए, जसले गर्दा समस्याहरू छिटो र प्रभावकारी रूपमा समाधान भए । हो चि मिन्हले उत्तरी भियतनामको लागि पनि यस्तै उपायहरूको वकालत गरे (Ho 1962, 496-497) । सरकारसँग उत्पादन बढाउन प्रविधिको कमी भएकाले, हो चि मिन्हले जनशक्तिको माध्यमबाट सोही परिणाम प्राप्त गर्न कम्युनिस्ट वैचारिक प्रोत्साहन र राजनीतिक परिचालनलाई प्रवद्र्धन गरे । उनले वैचारिक रूपमा प्रेरित प्रतिस्पर्धालाई उत्पादन कायम राख्न र सेनालाई खुवाइराख्न (भरणपोषण गर्न) एक आवश्यक नीतिको रूपमा लिएका थिए । माओबाट प्रेरित यो अवधारणा हो चि मिन्हको मृत्युसम्मै उनका कृतिहरूमा एउटा केन्द्रीय विषय बनेर रह्यो ।


लेनिनवादी उपनिवेशवादविरोधः यो हो ची मिन्हको मार्क्सवाद–लेनिनवादको पाँचौं आधारभूत विशेषता हो । सन् १९२० को दशकभरि, हो चि मिन्हले फ्रान्सका उपनिवेशहरूमा औपनिवेशिक शोषणका विभिन्न अभिव्यक्तिहरूलाई अभिलेखीकरण गरे (Ho 2011a, 79-82), यस्तो समयमा जब फ्रान्सेली कम्युनिस्टहरूले सामान्यतया औपनिवेशिक मामिलाहरूलाई बेवास्ता गर्थे । हो चि मिन्हका कृतिहरू उत्तेजक (provocative) थिए, जसमा ‘द क्राइम अफ कोलोनियलिज्म’ (Ho 2011a, 61-62), ‘रेसियल हेट्रेड’ (Ho 2011a, 103-104), ‘इन अ “हाई सिभिलाइजेसन”’ (Ho 2011a, 83-84), ‘मर्डरस सिभिलाइजेसन’ (Ho 2011a, 112-113), ‘द कोलोनियल अबिस’ (Ho 2011a, 147-149), ‘द फेलर अफ फ्रेन्च कोलोनाइजेसन’ (Ho 2011a, 281-283), र ‘कन्डेम्ड कोलोनियलिज्म’ (Ho 2011a, 356-360) जस्ता शीर्षकहरू थिए । हो चि मिन्हले निरन्तर रूपमा लेनिनको पश्चिमा र उपनिवेशवाद–विरोधी क्रान्तिहरू एकअर्कासँग जोडिएका छन् भन्ने विचारको रक्षा गरिरहे । पश्चिमा समाजवादले उपनिवेशवादविरोधी सङ्घर्षलाई समर्थन गरेर मात्र सफलता पाउन सक्थ्यो, किनभने उपनिवेश विरोधी क्रान्तिले मेट्रोपोल (साम्राज्यवादी केन्द्र) मा साम्राज्यवादलाई कमजोर बनाउँथ्यो । सन् १९२४ मा भएको ५औं कोमिन्टर्न महाधिवेशनमा, हो चि मिन्हले यो शिक्षालाई बेवास्ता गर्ने युरोपेली कम्युनिस्टहरूलाई चुनौती दिँदै उनीहरू “लेनिनवादको विरुद्ध” गएको दाबी गरे (Ho 2011a, 299) ।

हो ची मिन्हको लेनिनवादी उपनिवेशवादविरोधको एउटा उत्कृष्ट उदाहरण उनको सन् १९२५ को पर्चा, ‘फ्रेन्च कोलोनियलिज्म अन ट्रायल’ हो (Ho 2011b, 23-144) । फ्रान्सेली पाठकहरूलाई उनीहरूको नस्लवाद त्याग्न र उपनिवेशवादको विरोध गर्ने काममा मद्दत गर्नको लागि, “हो चि मिन्हको उद्देश्य फ्रान्सेली पाठकहरूका लागि व्यावहारिक लेनिनवादमा एउटा मौलिक निबन्ध लेख्नु थियो” (Woodside 1976, 172) । यो कृतिको र उपनिवेशवादमाथि हो चि मिन्हका अन्य लेखनको एउटा उल्लेखनीय विशेषता भनेको औपनिवेशिक हिंसाको सजीव चित्रण हो । हो चि मिन्हले उपनिवेशवादका अत्याचारहरूलाई विभत्स विवरणसहित व्यवस्थित रूपमा अभिलेखीकरण गरे (Fall 1968, vi) । आफ्नो मार्क्सवादी विश्लेषणमा औपनिवेशिक हत्या र नरसंहारका जीवन्त उदाहरणहरू समावेश गर्दै, हो चि मिन्हले पुँजीवादको अमानवीयता र यसको नैतिक पतन (टाटपल्टाइ) लाई उजागर गरे । साथसाथै, उनले मार्क्सवाद–लेनिनवादको मानवीयतामा जोड दिए, उनको तर्क अनुसार जसले शोषणको अन्त्य गर्न खोजेको थियो । औपनिवेशिक क्रूरताको निन्दा गर्न उनले गरेको भावनात्मक भाषाको प्रयोगले एक टिप्पणीकारलाई ‘फ्रेन्च कोलोनियलिज्म अन ट्रायल’लाई कुनै मार्क्सवादी कोटीमा नपने एक गैर–मार्क्सवादी पाठको रूपमा वर्णन गर्न प्रेरित गरेको छ (Gunn 2022, 822, 826) । यो गलत दृष्टिकोणले पाठभरि व्याप्त औपनिवेशिक शोषणको मार्क्सवादी–लेनिनवादी विश्लेषणलाई बेवास्ता गर्दछ ।


हो चि मिन्हको उपनिवेशवाद विरोध, उनको मार्क्सवादी–लेनिनवादी दर्शनकोे अध्ययनमा आधारित थियो । ‘डायलेक्टिकल मेटेरियलिज्म एन्ड हिस्टोरिकल मेटेरियलिज्म’ (द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद) मा, उनले समाज र प्रकृतिलाई निर्देशित गर्ने नियमहरूबाट उपनिवेशवाद–विरोधी राजनीतिक निष्कर्षहरू निकालेः पहिलो, किनभने विश्व निरन्तर परिवर्तनशील (प्रवाहमा) थियो, जसमा नयाँ कुराहरू उत्पन्न भइरहेका थिए र पुराना कुराहरू मरिरहेका थिए, उनले यस्तो निष्कर्ष निकाले जसले पुराना औपनिवेशिक शासनहरूले अनिवार्य रूपमा नयाँ स्वतन्त्र शासनहरूलाई बाटो छाड्नेछन् भन्छ । यस दृष्टिकोणअनुसार, सन् १९५० मा भियतनामी जनता गरिब र कमजोर भए तापनि, उनीहरू विकास गर्दै र अझ बलियो हुँदै गइरहेका थिए । यसको विपरीत, तत्कालीन समयमा उपनिवेशवादीहरू बलिया भए तापनि, उनीहरू बुढा र कमजोर हुँदै गइरहेका थिए । दोस्रो, विश्व मात्रात्मक परिवर्तनहरू गुणात्मक परिवर्तनहरूमा परिणत हुने नियमअनुरूप विकास भएको हुनाले, उनको निष्कर्ष थियो— भियतनामी जनताले निरन्तर प्रतिरोध गर्न आवश्यक थियो, किनभने उनीहरूका साना–साना विजयहरू एउटा गुणात्मक रूपान्तरण– राष्ट्रिय मुक्तिमा गएर टुङ्गिनेछन् । तेस्रो, परस्परविरोधी अन्तर्विरोधहरूले (antagonistic contradictions) पनि विश्वलाई आकार दिएको हुनाले, भियतनामी जनताले उपनिवेशवादको विरुद्धमा लड्नु स्वाभाविक थियो भन्ने तर्क उनको थियो (ज्य द्दण्ज्ञज्ञम, छद्दड) । उपनिवेशवाद–विरोधी सङ्घर्षलाई दबाउनु हुँदैन, बरु तीव्र पार्नुपर्छ, स्वतन्त्रताको सङ्घर्षबाट पछि हट्नका लागि नभई विजय प्राप्त नभएसम्म यसलाई अघि बढाउनका लागि हो (Ho 2011d, 528) ।

कम्युनिष्ट नैतिकताः यो हो ची मिन्हको मार्क्सवाद–लेनिनवादको छैठौं आधारभूत विशेषता हो (Duiker 2000, 135-36) । उनले यस अवधारणामा धेरै कृतिहरू समर्पित गरे, जसमा ‘अन रिभोलुसनरी मोरालिटी’ (क्रान्तिकारी नैतिकताबारे) (Ho 2011i, 600-612) र ‘एलिभेट रिभोलुसनरी इथिक्स, मेक अ क्लिन स्विप अफ इन्डिभिजुअलिज्म’ (क्रान्तिकारी नैतिकतालाई माथि उठाऔं, व्यक्तिवादलाई निर्मूल पारौं) (Ho 2011l 546-548) समावेश छन् । यी कृतिहरूमा हो–को उद्देश्य लगनशीलता, मितव्ययिता, सामूहिकतावाद, व्यक्तिवाद–विरोध, र भौतिकवाद–विरोधका कम्युनिस्ट वैचारिक विशेषताहरूलाई प्रवर्धन गर्नु थियो (Ho 2011i, 600) । कडा परिश्रम गर्नु, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु, फजुल खर्चबाट बच्नु, र मुख्यतया जनताको लागि काम गर्नु (भौतिक पुरस्कारको लागि होइन) अति आवश्यक थियो । जनताले क्रान्तिकारी मजदुर–वर्गको दृष्टिकोण अपनाउनुपर्थ्यो र आफ्ना व्यक्तिगत स्वार्थभन्दा समुदायलाई प्राथमिकता दिनुपर्थ्यो (Ho 2011i, 604) । सबैभन्दा महत्वपूर्ण कुरा आफ्नो जीवन पार्टी र क्रान्तिका लागि समर्पित गर्नु, र तिनीहरूलाई अरू सबै कुराभन्दा माथि प्राथमिकता दिनु थियो (Ho 2011i, 603) ।

हो ची मिन्हले कम्युनिस्ट नैतिकतालाई बढावा दिन पार्टी र सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्छ भन्ने कुरामा जोड दिए, र उनले यस सम्बन्धमा भियतनामको कम्युनिस्ट पार्टीका गतिविधिहरूलाई निर्देशित गरे । मे १९५२ मा, उनले सिपिभि केन्द्रीय समितिद्वारा आयोजित प्रथम वैचारिक पुनर्गठन पाठ्यक्रम (First Ideological Remoulding Course)” को उद्घाटन गरे, जसले पार्टी सदस्यहरूमा कम्युनिस्ट नैतिकता भर्ने प्रयास गर्‍यो (Ho 2011e, 414-416) । तत्पश्चात् उनले कार्यालयका कर्मचारीहरू (Ho 1961, 388), बुद्धिजीवीहरू (Ho 1961, 402), र सैन्य कर्मचारीहरूका (Ho 2011h, 547-549) लागि प्रस्ताव गरिएका वैचारिक पुनर्गठन पाठ्यक्रमहरूको लागि निर्देशनहरू प्रदान गरे । सुशासन प्रवद्र्धन गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सिपिभिले आज पनि आफ्ना कार्यकर्ताहरूमाझ कम्युनिस्ट नैतिकतालाई बढावा दिन्छ (Nhan Dhan 2023; Vo 2022) ।

गुटवादको विरोध (Anti–sectarianism) : यो हो ची मिन्हको मार्क्सवाद–लेनिनवादको सातौं आधारभूत विशेषता हो । उनले विश्वव्यापी मार्क्सवादी–लेनिनवादी आन्दोलनको एकतालाई कायम राख्न खोजे । ख्रुश्चेभले स्टालिनको निन्दा गरेपछि, विश्वभरका कम्युनिस्टहरू दुई शिविरमा विभाजित भएः स्टालिनका नीतिहरूलाई समर्थन गर्ने एउटा संशोधनवाद विरोधी शिविर, र वि–स्टालिनीकरणलाई समर्थन गर्ने संशोधनवादी सोभियत–समर्थक शिविर । यद्यपि उनले घरेलु रूपमा संशोधनवाद विरोधलाई कायम राखे तापनि, उनले अन्तर्राष्ट्रिय रूपमा तटस्थ रहने प्रयास गरे । अगस्ट १९५६ मा, सोभियत संघको कम्युनिष्ट पार्टीको पत्रिका ’प्राभ्दा’ (Pravda) ले ‘मार्क्सवादी–लेनिनवादी पार्टीहरूबीच वैचारिक एकताको सुदृढीकरण र विकास’ विषयमा उनको लेख प्रकाशित गर्‍यो, जसले विश्वव्यापी साम्यवादको “पङ्क्तिलाई विभाजित गर्ने” प्रयासहरूको निन्दा गर्‍यो र एकताको लागि अपील गर्‍यो (Ho 2011h, 404) । उनी अन्तर्राष्ट्रिय संशोधनवाद–विरोधी वा स्टालिन–विरोधी खण्डन/विवादहरूमा विरलै मात्र सार्वजनिक रूपमा संलग्न हुन्थे । आफ्नो इच्छापत्रमा उनले “भातृ पार्टीहरूबीचको मनमुटाव” प्रति आफ्नो गहिरो दुःख व्यक्त गरे, र साथै “मार्क्सवाद–लेनिनवादको आधारमा” उनीहरूबीच एकता पुनर्स्थापित गर्न सिपिभिले मद्दत गर्न सक्छ भन्ने आशा व्यक्त गरे (Ho 2011l, 623; see also Fadaee 2024, 63) ।

४. हो ची मिन्हको मार्क्सवाद–लेनिनवादका भियतनामी विशेषताहरू
मार्क्सवाद–लेनिनवाद कुनै जडसूत्र होइन । यो एउटा यस्तो सिर्जनात्मक सिद्धान्त हो जसलाई कम्युनिस्टहरूले परिवर्तनशील परिस्थितिहरू अनुरूप प्रत्येक अवस्थामा फरक ढङ्गले लागू गर्नुपर्दछ । लेनिनले यस कुरालाई धेरै पटक स्पष्ट पारेका थिए । सन् १९१९ मा, उनले केही एसियाली कम्युनिस्टहरूलाई के भनेका थिए भने उनीहरूले “यस्तो कार्यको सामना गरिरहेका छन् जसको सामना यसअघि विश्वका कम्युनिस्टहरूले कहिल्यै गर्नु परेको थिएनः साम्यवादका सामान्य सिद्धान्त र अभ्यासमा भर पर्दै, तपाईँहरूले आफूलाई यस्ता विशिष्ट परिस्थितिहरूमा ढाल्नुपर्छ जुन युरोपेली देशहरूमा विद्यमान छैनन्‌” ( Lenin [1919] 1974, 161) । हो ची मिन्हले यस भनाइलाई समर्थन गरे र यसको महत्वलाई बारम्बार व्याख्या गरे (Ho 2011g, 411; Fadaee 2024, 55) । भियतनामको परिस्थिति युरोपको भन्दा फरक थियो । मार्क्सवाद–लेनिनवादलाई कायम राख्दै गर्दा, सूत्रहरू कण्ठ गर्नु र तिनलाई त्यहाँ यान्त्रिक रूपमा लागू गर्नु हानिकारक थियो (Ho 2011i, 95) । मार्क्सवाद–लेनिनवादको मर्मलाई सिक्नु र यसलाई भियतनामी क्रान्तिका अद्वितीय समस्याहरू समाधान गर्न प्रयोग गर्नु अत्यावश्यक थियो ( Bello 2007, 12; Beresford 1988, 89) । यसो गर्दा, “हाम्रो क्रान्तिकारी अभ्यासबाट निकालिएका नयाँ परिस्थितिहरूद्वारा” मार्क्सवाद–लेनिनवादलाई “सुधार र समृद्ध” गर्न आवश्यक थियो (Ho 2011i, 96) । भियतनामका विशिष्टताहरूलाई विचार गर्न नसक्नु जडसूत्रवाद थियो (Ho 2011i, 97) । अर्कोतर्फ, भियतनामका राष्ट्रिय विशिष्टताहरूलाई आवश्यकता भन्दा बढी जोड दिनु र मार्क्सवाद–लेनिनवादको सार्वभौमिक सत्यलाई नकारेर अघि बढ्दा त्यसले संशोधनवादतर्फ डोर्‍याउँथ्यो (Ho 2011i, 97-98) । त्यसैले मार्क्सवाद–लेनिनवादलाई सिर्जनात्मक रूपमा लागू गर्नु भन्नाले जडसूत्रवाद र संशोधनवाद दुवैको विरोध गर्नु भन्ने बुझाउँथ्यो (Ho 2011i, 98; Duiker 1977, 418) ।

Draft Theses on the National and Colonial Questions मा लेनिनले क्रान्तिको मार्क्सवादी–लेनिनवादी सिद्धान्तका दुई पक्षहरू अगाडि सारे जसले भियतनामी क्रान्तिका लागि हो ची मिन्हको रणनीतिलाई आकार दियो । पहिलो, कम्युनिस्टहरू उपनिवेशहरूमा जमिन्दार र सामन्तवादविरुद्धका किसान सङ्घर्षहरूलाई समर्थन गर्न बाध्य (प्रतिबद्ध) थिए; र दोस्रो, उपनिवेशहरूमा राष्ट्रिय बुर्जुआ लोकतान्त्रिक सङ्घर्षहरूलाई समर्थन गर्न आवश्यक थियो । लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय स्वतन्त्रता स्थापना गरेपछि मात्र क्रान्ति आफ्नो दोस्रो, समाजवादी चरणमा अघि बढ्न सक्थ्यो । सफल हुनका लागि, बुर्जुआ लोकतान्त्रिक क्रान्तिमा कम्युनिस्ट र मजदुर वर्गको नेतृत्वमा उपनिवेश–विरोधी शक्तिहरूको बहु–वर्गीय गठबन्धन हुनुपर्दथ्यो (Bello 2007, 16) । क्रान्तिका यी मार्क्सवादी–लेनिनवादी सिद्धान्तहरूलाई आत्मसात गर्दै, हो ची मिन्हले (Ho 2011j, 365) तिनलाई भियतनाममा सिर्जनात्मक रूपमा लागू गरे । अर्ध–सामन्ती परिवेशमा किसान वर्गको क्रान्तिकारी भूमिकामाथिको जोडः यो भियतनाममा हो ची मिन्हको मार्क्सवाद–लेनिनवादको सिर्जनात्मक प्रयोगको एउटा पक्ष हो (Kelly and Mackerras 1985, 206) । हो चि मिन्हको भियतनाम थोरै मजदुरहरू भएको एउटा अर्ध–सामन्ती किसान प्रधान देश थियो । लेनिनले यस कुरालाई एसियाली कम्युनिस्टहरूलाई दिएको आफ्नो १९१९ को भाषणमा स्वीकार गरेका थिए । उनको स्वीकारोक्ति यस्तो थियो— उनीहरूले मार्क्सवादी सिद्धान्त र अभ्यासलाई “यस्तो परिस्थितिमा लागू गर्नुपर्दछ जहाँ अधिकांश जनसङ्ख्या किसान छन्, र जहाँ पुँजीवादको विरुद्धमा नभई मध्ययुगीन अवशेषहरूको विरुद्धमा सङ्घर्ष गर्ने कार्यभार रहेको छ” (Lenin [1919] 1974, 161) । हो ले बताएअनुसार, यो मार्गदर्शनले भियतनामका लागि बहुमूल्य निर्देशनहरू प्रदान गर्‍यो, “जहाँ ९० प्रतिशत जनसङ्ख्या कृषिमा आश्रित छ, र कुहिएको सामन्तवाद तथा मन्दारिन–प्रथाका ठूलो मात्रामा अवशेषहरू अझै पनि विद्यमान छन्‌” (Ho 2011g, 411) । हो चि मिन्हको तर्क के थियो भन्दा भियतनामी किसानहरू “एउटा धेरै ठूलो उत्पादक शक्ति र साथसाथै एउटा धेरै ठूलो क्रान्तिकारी शक्ति” दुवै हुन् (Ho 2011j, 370)। किसानहरू उत्पादक शक्ति थिए किनभने उनीहरूले आर्थिक मूल्य सिर्जना गर्दथे । उनीहरू क्रान्तिकारी शक्ति थिए किनभने सामन्ती प्रभुहरू र औपनिवेशिक शक्तिहरूले उनीहरूको शोषण गरेका थिए । यही शोषणले किसानहरूलाई सामन्तवाद र उपनिवेशवादको अन्त्य गर्न इच्छुक बनायो । तसर्थ, हो चि मिन्हले किसानहरूलाई भियतनामको स्वतन्त्रता सङ्घर्षमा केन्द्रीय भूमिका खेल्न आग्रह गरेः
मार्क्सवादी–लेनिनवादी सिद्धान्तबाट निर्देशित हुँदै, हामीले महसुस गरेको कुरा के हो भने भियतनाम जस्तो पिछडिएको कृषिप्रधान देशमा, सर्वोपरि राष्ट्रिय मुद्दा भनेको किसानको प्रश्न हो, राष्ट्रिय क्रान्ति आधारभूत रूपमा, मजदुर वर्गको नेतृत्वमा सम्पन्न गरिने किसान क्रान्ति हो, र जनताको सत्ता भनेको मजदुर–किसान सत्ता हो ( Ho 2011j, 416) ।

उपनिवेशविरोधी प्रतिरोधको स्वरूपः यो हो ची मिन्हको मार्क्सवाद–लेनिनवादको सिर्जनात्मक प्रयोगको दोस्रो पक्ष थियो । मार्क्स, एङ्गेल्स र लेनिनले औपनिवेशिकताविरोधी प्रतिरोध परिस्थिति अनुसार फरक हुने अपेक्षा गरेका थिए । यस सन्दर्भमा भियतनामी क्रान्तिले अद्वितीय चुनौतीहरूको सामना गर्‍यो । सन् १९४१ देखि १९४५ सम्म, भियतनामी कम्युनिस्टहरूले जापानी फासीवादी साम्राज्यवाद र फ्रान्सेली उपनिवेशवाद विरुद्ध सैन्य सङ्घर्ष छेडे; सन् १९४६ देखि १९५७ सम्म, भियतनामी कम्युनिस्टहरूले फ्रान्सेली पुनः–उपनिवेशीकरण विरुद्ध सैन्य सङ्घर्ष छेडे; र सन् १९५५ देखि १९७५ सम्म, भियतनामी कम्युनिस्टहरूले अमेरिकी साम्राज्यवाद विरुद्ध सैन्य सङ्घर्ष छेडे । प्रत्येक अवस्थामा, जापानी, फ्रान्सेली र अमेरिकी सेनाहरूसँग उत्कृष्ट हातहतियार र सैन्य प्रविधि थियो । यी परिस्थितिहरूले भियतनामी कम्युनिस्टहरूलाई सैन्य सङ्घर्षका विशिष्ट विधिहरू अपनाउन बाध्य तुल्यायो ।


हो ची मिन्हले फ्रान्सेली उपनिवेशवाद र अमेरिकी साम्राज्यवाद विरुद्धको सैन्य सङ्घर्षमा दीर्घकालीन युद्धको रणनीति प्रस्ताव गरे । यस अवधारणा पछाडिको तर्क के थियो भने दुश्मन आफ्नो उत्कृष्ट हतियारको बल प्रयोग गरेर द्रुत रूपमा प्रहार गर्न र द्रुत रूपमा जित्न चाहन्थ्यो । तर यदि युद्ध लामो भयो भने, दुश्मनले ठूलो नोक्सानी व्यहोर्नेछ र अन्ततः हार्नेछ । यस उद्देश्यका लागि, निम्न सिद्धान्तहरू आवश्यक थिएः
१. पार्टी केन्द्रीय कमिटीले सबै सैन्य गतिविधिहरूलाई निर्देशित गर्नेछ (Ho 2011e, 446) ।
२. सङ्घर्षको पहिलो चरण छापामार युद्धमा निर्भर हुनेछ, जसअन्तर्गत दुश्मनलाई निरन्तर हैरान पार्न र उनीहरूलाई शारीरिक तथा मानसिक रूपमा थकाउन (कमजोर बनाउन) साना भिडन्तहरूको प्रयोग गरिनेछ (Ho 2011e, 448) ।
३. शक्ति सन्तुलन जनताको पक्षमा सर्दै जाँदा, छापामार युद्ध दोस्रो चरण अर्थात् आम प्रत्याक्रमणमा अघि बढ्नेछ (  Ho 2011e, 30) । यी दुई चरणहरू बीच कुनै स्पष्ट विभाजन थिएन, र तिनीहरूको अवधि स्वदेशी तथा अन्तर्राष्ट्रिय परिस्थिति, साथै दुश्मन र मित्र शक्तिहरूमा हुने परिवर्तनहरूमा निर्भर गर्दथ्यो (Ho 2011e, 30-31) ।
४. प्रत्येक नागरिक एक लडाकु थियो, र प्रत्येक गाउँ एक सैन्य मोर्चा थियो । सङ्ख्याको बलमा भियतनामी जनताले सानो साम्राज्यवादी सैन्य बललाई परास्त गर्न सक्थे ( Ho 2011c, 179) ।
५. सैन्य बलहरूले लडाइँमा मात्र ध्यान केन्द्रित गर्ने होइन उनीहरूले जनतालाई राजनीतिक र वैचारिक रूपमा शिक्षित गर्नुपर्दथ्यो ( Ho 2011e, 446) ।
६. साम्राज्यवादी शक्तिहरूका भियतनामी “कठपुतली सेना” र दुश्मनको कब्जामा रहेका क्षेत्रका बासिन्दाहरू बीच प्रचारप्रसार र आन्दोलनात्मक कार्य सञ्चालन गर्न आवश्यक थियो (  Ho 2011e, 447) ।
७. कुनै दबाब बिना जनतालाई संरक्षण, सहयोग र शिक्षित गरेर उनीहरूको समर्थन कायम राख्नु आवश्यक थियो (  Ho 2011e, 448) ।

८. खाद्य उत्पादन बढाउन र सेनालाई खाना खुवाइराख्न (रसदपानीको व्यवस्था गर्न) आर्थिक प्रतिस्पर्धाको अभ्यास गर्नु आवश्यक थियो ( Ho 2011e, 449) ।
उनका दीर्घकालीन युद्धका सिद्धान्तहरू माओका जनयुद्धका सिद्धान्तहरूसँग केही हदसम्म मिल्दाजुल्दा थिए, जसलाई उनले चिनियाँ क्रान्तिको समयमा प्रयोग गरेका थिए । यद्यपि, “हो चि मिन्हले तिनलाई केवल माओबाट सापटी लिएका थिए भन्ने सम्भावना कम छ” (बेलो २००७, २५) । हो चि मिन्हले यी सिद्धान्तहरूलाई आफ्नो व्यावहारिक अनुभवबाट विकास गरेका थिए । तिनीहरू “भियतनामी क्रान्तिको परीक्षण र त्रुटिको प्रक्रियामा गरिएका प्रयोगहरू र गल्तीहरूबाट सिकेर” सृजित भएका थिए (Bello 2007, 25) । तैपनि, “हो चि मिन्हका कमरेडहरु चिनियाँहरूसँग नजिकको सम्पर्कमा रहेकाले र उनी स्वयंले केही निश्चित समयमा चिनियाँ क्रान्तिमा प्रत्यक्ष रूपमा भाग लिएकाले केही वैचारिक आदानप्रदान भने भएको थियो” ( Bello 2007, 25|) ।


भूमिसुधारप्रतिको सिर्जनात्मक दृष्टिकोणः यो भियतनाममा हो ची मिन्हको मार्क्सवाद–लेनिनवादको सिर्जनात्मक प्रयोगको तेस्रो पक्ष थियो । मार्क्सवाद–लेनिनवादले राष्ट्रिय लोकतान्त्रिक क्रान्तिको एउटा हिस्साका रूपमा किसानहरूलाई भूमि प्रदान गर्ने नीतिको प्रवद्र्धन गर्दथ्यो । तर, भियतनाममा, हो चि मिन्हले स्वतन्त्रताको युद्ध जित्नु नै राष्ट्रिय लोकतान्त्रिक क्रान्तिको प्राथमिक उद्देश्य भएको तर्क गरे । सफल हुनका लागि, यस क्रान्तिलाई जमिन्दार वर्गहरूसहित भियतनामका देशभक्त वर्गहरूको गठबन्धन आवश्यक थियो । यस आवश्यकताले भियतनामको भूमिसुधारलाई युरोपको तुलनामा “अझ बढी जटिल र अझ कठिन” बनायो ( Ho 2011f, 356) । जापानी र फ्रान्सेली उपनिवेशवाद विरुद्धको भियतनामको सैन्य सङ्घर्षका क्रममा, कम्युनिस्ट पार्टी अफ भियतनामले भूमिसुधारलाई स्थगित गर्‍यो र त्यसको सट्टामा जग्गाको भाडा (कुत) घटाउने, अतिरिक्त भूमि भाडा फिर्ता गर्ने, र फ्रान्सेली तथा दलाल भियतनामीहरूको स्वामित्वमा रहेको जग्गा जफत गर्ने कार्य लागू गर्‍यो ( ज्य द्दण्ज्ञज्ञा, घछघ) । यसको उद्देश्य किसानहरूमाथिको सामन्ती शोषणलाई कम गर्नु थियो, र साथसाथै जमिन्दार वर्गलाई औपनिवेशिक–विरोधी गठबन्धनभित्रै कायम राख्नु थियो (Ho 2011f, 353) ।

डिसेम्बर १९५३ मा फ्रान्समाथिको विजय नजिकिँदै गर्दा, कम्युनिस्ट पार्टी अफ भियतनामले आफ्नो भूमि पुनर्वितरण कार्यक्रम सुरु गर्‍यो (Ho 2011f, 345) । किसानहरूलाई भूमि प्रदान गरेर, सरकारले उत्पादक शक्तिहरूलाई मुक्त गर्न, उत्पादनलाई थप विकास गर्न किसानहरूलाई परिचालन गर्न र प्रतिरोध युद्धलाई विजयतर्फ अघि बढाउन खोजेको थियो ( Ho 1977, 165-66) । तर त्यतिबेला पनि, हो चि मिन्हको जोड के थियो भने— “प्रतिरोध र राष्ट्रिय संयुक्त मोर्चाका आवश्यकताहरू पूरा गर्न” भूमि पुनर्वितरण सावधानीपूर्वक अगाडि बढाउनुपर्दछ (Bello 2007, 27)। जमिन्दारहरूको राजनीतिक दृष्टिकोणमा निर्भर गर्दै उनीहरूलाई फरक ढङ्गले व्यवहार गर्नु आवश्यक थियो (Ho 2011f, 353) । “यसको अर्थ यो हो कि व्यक्तिगत मामिलाहरूका आधारमा हामी क्षतिपूर्तिसहित वा बिना क्षतिपूर्ति जफत वा अधिग्रहणको आदेश दिनेछौं, तर बिना क्षतिपूर्ति एकमुस्ट जफत वा एकमुस्ट अधिग्रहण गर्नेछैनौं” (Ho 2011f, 353) ।

क्रान्तिको क्रमप्रतिको सिर्जनात्मक दृष्टिकोणः यो भियतनाममा हो ची मिन्हको मार्क्सवाद–लेनिनवादको सिर्जनात्मक प्रयोगको चौथो पक्ष थियो । मार्क्सवाद–लेनिनवादले दुई क्रान्तिकारी चरणहरू पहिचान गरेको थियोः एउटा राष्ट्रिय लोकतान्त्रिक चरण र त्यसपछि समाजवादी चरण । भियतनामले यो बाटोलाई परिवर्तन गर्‍यो । हो चि मिन्हको जीवनकालमा उत्तरी भियतनामले मात्र आफ्नो राष्ट्रिय–लोकतान्त्रिक क्रान्ति सुनिश्चित गर्‍यो, जबकि दक्षिणमा सङ्घर्ष जारी रह्यो । यस अवस्थाले भियतनामसामु दुईवटा कार्यभारहरू छोड्योः “पहिलो, उत्तरी भियतनाममा समाजवादको निर्माण, र दोस्रो, दक्षिणमा राष्ट्रिय–लोकतान्त्रिक क्रान्तिको पूर्णता” (  Ho 2011j, 411) । यी चरणहरूलाई क्रमिक रूपमा नभई एकैसाथ विकास गर्न आवश्यक थियो ।

समाजवादी निर्माणप्रतिको सिर्जनात्मक दृष्टिकोणः यो भियतनाममा हो ची मिन्हको मार्क्सवाद–लेनिनवादको सिर्जनात्मक प्रयोगको पाँचौं पक्ष थियो । अनुभवको कमीका कारण, मार्क्स र एङ्गेल्सले यस सम्बन्धमा सटीक योजनाहरू प्रस्तुत गर्न अस्वीकार गरे, जबकि लेनिनले सोभियत रुसको आफ्नो छोटो नेतृत्वको अवधिमा विभिन्न नीतिहरूको वकालत गरे । फलस्वरूप, मार्क्सवादी–लेनिनवादी समाजवाद समय र स्थान अनुसार फरक–फरक हुँदै आएको छ । होक्जाको अल्बानिया जस्ता केही देशहरूले उत्पादनका साधनहरूमाथि पूर्ण राज्य नियन्त्रण र केन्द्रीकृत आर्थिक योजना स्थापित गरे । माओपछिको चीन जस्ता अन्य देशहरूले विभिन्न प्रकारका स्वामित्व र योजनासँगसँगै बजार बाँडफाँडको भूमिकालाई जोडेर समाजवादी बजार अर्थतन्त्रहरू स्थापना गर्दै लेनिनको नयाँ आर्थिक नीतिलाई पछ्याएका छन् । हो चि मिन्हले आफ्नो अधिकांश जीवन उपनिवेशवाद विरुद्ध लडेर बिताएकाले, उनले भियतनामी समाजवादको लागि कहिल्यै विस्तृत खाका प्रदान गरेनन् । जब हो चि मिन्हले समाजवादको बारेमा छलफल गरे, उनले यसलाई जनताको भौतिक र सांस्कृतिक आवश्यकताहरू पूरा गर्न सक्ने उन्नत उत्पादक शक्तिहरूको प्रणालीको रूपमा व्यापक रूपमा परिभाषित गरे (Ho 2011i, 161) । हो चि मिन्हले समाजवादले ठूला उद्यमहरूलाई सार्वजनिक स्वामित्वमा ल्याउने परिकल्पना पनि गरेका थिए, यद्यपि उनले यो प्रक्रिया क्रमिक र स्वैच्छिक हुनुपर्छ भन्ने कुरामा जोड दिए (Ho 2011i, 92; Ho 2011j, 372) ।

हो चि मिन्हको जोड थियो— उपनिवेशवाद, सामन्तवाद र युद्धको विनाशकारी विरासतका कारण युरोपमा भन्दा भियतनाममा समाजवाद निर्माण गर्न बढी समय लाग्नेछ । उपनिवेशवाद र युद्धले भियतनामको आर्थिक विकासलाई अवरुद्ध पारेको थियो, र सँगसँगै औद्योगिक पुँजीवादको उदयलाई रोकेको थियो । ग्रामीण क्षेत्रमा साना स्तरको खेतीको बाहुल्यता थियो, जहाँ अर्ध–सामन्ती सम्बन्धहरू कायमै थिए ( Ho 2011j, 411-412) । यो परिस्थितिमा, मुख्य कार्यभार भनेको उत्पादक शक्तिहरूको विकास गर्नु, समाजवादका लागि भौतिक र प्राविधिक आधार निर्माण गर्नु, राष्ट्रिय अर्थतन्त्रको विस्तार गर्नु, र आधुनिक उद्योग, कृषि र शिक्षाको विकास गर्नु थियो । हो चि मिन्हको जोड थियो— समाजवादतर्फको यो सङ्क्रमणले लामो समय लिनेछ । समाजवादी उत्पादन सम्बन्धहरूमा कुनै तात्कालिक सङ्क्रमण हुन सक्दैनथ्यो, किनभने यसका लागि पूर्वसर्तका रूपमा विकसित उत्पादक शक्तिहरूको प्रणाली आवश्यक हुन्थ्यो (Ho 2011j, 412) । तसर्थ, राज्यले भियतनामको समाजवादी विकासको नेतृत्व गर्नुपर्छ भन्ने कुरालाई कायम राख्दै, उनले समाजवाद निर्माणको विस्तारित अवधिका लागि स्वामित्वका बहु–रूपहरू सँगसँगै अस्तित्वमा रहने परिकल्पना गरे (Ho 2011i, 92; Ho 2011j, 372) । कम्युनिस्ट पार्टी अफ भियतनामले सन् १९८६ मा भियतनामको ‘दोई मोई’ (Doi Moi) सुधारहरू लागू गर्दा यी दृष्टिकोणहरूलाई सन्दर्भका रूपमा लिएको थियो । राज्य क्षेत्रको प्रभुत्व कायम राख्दै, दोई मोईले आर्थिक गतिविधिहरूलाई समन्वय गर्न बजार शक्तिहरूको ठूलो भूमिका भित्र्यायो, र यसले गैर–राज्य क्षेत्रको वृद्धिलाई सम्भव बनायो । भियतनामको समाजवाद उन्मुख बजार अर्थतन्त्रको उद्देश्य उत्पादक शक्तिहरूको विकास गर्नु र समाजवादका लागि भौतिक आधारहरू प्रदान गर्नु हो (Van 2022) । दोई मोई र भियतनामको समाजवाद उन्मुख बजार अर्थतन्त्रका सिद्धान्तहरू हो चि मिन्हको मार्क्सवाद–लेनिनवादमा आधारित छन् ।
कम्युनिस्ट पार्टीको सामाजिक आधारप्रतिको सिर्जनात्मक दृष्टिकोणः यो भियतनाममा हो ची मिन्हको मार्क्सवाद–लेनिनवादको सिर्जनात्मक प्रयोगको छैटौं पक्ष थियो ( ीê द्दण्ण्ज्ञ, द्दण्छ) । मार्क्स, एङ्गेल्स र लेनिनले मजदुर वर्गलाई पार्टीको प्राथमिक सामाजिक आधार र नेतृत्वदायी शक्तिका रूपमा पहिचान गरेका थिए । भियतनाम जस्तो एउटा किसान प्रधान देशमा, कम्युनिस्ट पार्टी आफ्नो सामाजिक आधारका लागि मुख्य रूपमा सर्वहारा वर्गमा मात्र भर पर्न सक्दैनथ्यो; र उपनिवेशवादले धेरै वर्गहरूलाई उत्पीडन गरेको हुनाले, हो चि मिन्हले सबै सामाजिक पृष्ठभूमिका देशभक्तहरूलाई कम्युनिस्ट पार्टी अफ भियतनाममा सामेल हुन र समर्थन गर्न प्रोत्साहित गरे । यसको अर्थ के थियो भने कम्युनिस्ट पार्टी अफ भियतनामको सामाजिक आधारका रूपमा “मजदुर आन्दोलन र देशभक्त आन्दोलन” रहेको थियो (  Ho 2011j, 406) । पार्टीको सामाजिक आधार आजसम्म पनि फराकिलो रहेको छ । यद्यपि, हो चि मिन्हले (Ho 2011j, 365; Ho 2011i, 603-604) कम्युनिस्ट पार्टी अफ भियतनाम ले सधैं सर्वप्रथम र मुख्य रूपमा मजदुर वर्गको प्रतिनिधित्व गर्नुपर्छ भन्ने कुरालाई कायम राखे ।

समाजवादी देशभक्ति, अर्थात् समाजवाद र देश दुवैलाई माया गर्ने सिद्धान्तः यो भियतनाममा हो ची मिन्हको मार्क्सवाद–लेनिनवादको सिर्जनात्मक प्रयोगको सातौं पक्ष थियो (Lê 2001, 205) । उनले भियतनामी देशभक्तिको विकासलाई राष्ट्रिय स्वतन्त्रता सुनिश्चित गर्ने एउटा प्रमुख कारकका रूपमा पहिचान गरे । उनले कम्युनिस्ट–पूर्व युगका उपनिवेशविरोधी भियतनामी नेताहरू, आन्दोलनहरू र सङ्घर्षहरूको उच्च मूल्याङ्कन गरे । उनका लागि, समाजवादी देशभक्ति एउटा यस्तो “अमूल्य परम्परा” थियो जसलाई जनताले आफूले भोगेका कठिनाइहरू पार गर्न, क्रान्तिका गद्दारहरूलाई परास्त गर्न, र साम्राज्यवादलाई नष्ट गर्न प्रयोग गर्नुपर्दथ्यो (Ho 2011e, 38) । यो आज पनि कम्युनिस्ट पार्टी अफ भियतनामको बहसमा प्रमुख रूपमा रहिआएको छ ।

५. निष्कर्ष
यस लेखले हो ची मिन्हको विचारधारामा मार्क्सवाद–लेनिनवादको अर्थ र निर्णायक महत्वलाई स्पष्ट पारेको छ । मार्क्सवाद–लेनिनवादले हो ची मिन्हका कम्युनिस्ट दृष्टिकोण र गतिविधिहरूलाई निर्देशित गर्‍यो, र त्यसैले मार्क्सवाद–लेनिनवादको अध्ययन (परीक्षण) नगरी यिनलाई बुझ्न असम्भव छ । यसका साथै, उनले मार्क्सवाद–लेनिनवादका विदेशी व्याख्याहरूलाई आधार माने तापनि, उनले तिनीहरूलाई कहिल्यै पूर्ण रूपमा हुबहु सारेनन् । उनले मार्क्सवाद–लेनिनवादलाई भियतनामको राष्ट्रिय परिस्थितिहरूमा सिर्जनात्मक रूपमा लागू गरे, र यो यस्तो कार्य हो जसलाई कम्युनिस्ट पार्टी अफ भियतनामले निरन्तरता दिइरहेको छ ।


हो ची मिन्हले, सामान्यतया सोचिए जस्तो, मार्क्सवादी–लेनिनवादी सिद्धान्तलाई बेवास्ता वा पछाडि धकेल्ने काम गरेनन् । उनका कम्युनिस्ट घोषणाहरू सैद्धान्तिक रूपमा मार्क्सवाद–लेनिनवादमा आधारित छन् । यो विषयमा उनको बुझाइ स्पष्ट थियो— यस आधारबिना भियतनामको स्वतन्त्रता सङ्घर्ष धरमराउनेछ । तसर्थ, उनलाई एक व्यावहारिक राष्ट्रवादीका रूपमा मात्र नभई मार्क्स, एङ्गेल्स, लेनिन र यस परम्पराका अन्य उत्कृष्ट हस्तीहरूसँगै एक गम्भीर मार्क्सवादी–लेनिनवादी सिद्धान्तकारका रूपमा अध्ययन गरिनु पर्दछ । मुख्य निष्कर्षः हो चि मिन्ह र भियतनामी समाजवादलाई बुझ्न खोज्ने पश्चिमाहरूले उनको (२०११व, ५६३) मार्क्सवाद–लेनिनवाद, वा उनकै शब्दमा भन्दा “ज्ञानीहरूको चमत्कारी किताब” (हो २०११व, ५६३) मा बढी ध्यान केन्द्रित गर्नुपर्छ ।

पाद टिप्पणी
१. भियतनामी कम्युनिस्ट पार्टीले “मार्क्सवाद–लेनिनवाद” को सट्टा “हो ची मिन्ह विचारधारा” शब्दावलीलाई प्रतिस्थापन गरेको छ भन्ने Fadaee (2024, 63-64 को यो दाबी गलत छ । पार्टीले दुवै शब्दावलीलाई सँगसँगै समर्थन गर्दछ ।
२. यी सिद्धान्तहरू सम्पूर्ण (अर्थात् यति मात्र) होइनन् । हो चि मिन्हको वैचारिक प्रणालीमा तिनीहरूको प्रमुखताको आधारमा यिनलाई छनोट गरिएको हो ।
३. यो विश्लेषण हो ची मिन्हका ‘सम्पूर्ण कृतिहरू’ (Complete Works) मा केन्द्रित छ, जसमा उनका लेख र घोषणाहरूको सबैभन्दा व्यापक र आधिकारिक सङ्ग्रह समावेश छ । भियतनामी भाषामा लेखिएका र भियतनाम सरकारद्वारा प्रकाशित यी कृतिहरूको अंग्रेजी अनुवाद भएको छैन ।

सन्दर्भसामग्री

Bello, W. 2007. “Introduction.” In W. Bello (ed.) Walden Bello Presents Ho Chi Minh Down with Colonialism!. London: Verso, pp.10-69.

Beresford, M. 1988. Vietnam: Politics, Economics, and Society. London: Pinter. Brocheux, P. 2007. Ho Chi Minh: A Biography. Cambridge: Cambridge University Press. Chesneaux, J., and Tinker, M. 1968. “The Historical Background of Vietnamese Communism.” Government and Opposition 4 (1): 118-135.

DeCaro, P. 2003. Rhetoric of Revolt: Ho Chi Minh’s Discourse for Revolution. Westport: Praeger.

Duiker, W. 1977. “Ideology and Nation-Building in the Democratic Republic of Viet-nam”. Asian Survey, 17(5), 413–431.

Duiker, W. 2000. Ho Chi Minh. New York: Hyperion.

Fadaee, S. 2024. Global Marxism: Decolonisation and Revolutionary Politics. Manches-ter: Manchester University Press.

Fall, B. 1968. Ho Chi Minh on Revolution: Selected Writings, 1920-66. New York: New American Library.

Fenn, C. 1973. Ho Chi Minh: A Biographical Introduction. London: Studio Vista. FLPH (Foreign Languages Publishing House) 1986. History of the Communist Party of

Vietnam. Hanoi: Foreign Languages Publishing House.

Gunn, G. C. 2022. “Between Theory and Praxis: Ho Chi Minh’s Parisian Networks, Intellectual Production and Evolving Thought”. Journal of Contemporary Asia, 52(5), 805-829.

Halberstram, D. 1987. Ho. New York, A.A. Knopf.

Ho, C. M. 1961. Selected Works, vol. 3. Hanoi: Foreign Languages Publishing House. Ho, C. M. 1962. Selected Works, vol. 4. Hanoi: Foreign Languages Publishing House. Ho, C. M. 1977. Selected Writings. Hanoi: Foreign Languages Publishing House.

Ho, C. M. 2011a. Complete Works [in Vietnamese.] vol. 1. Hanoi: National Political Publishing House.

Ho, C. M. 2011b. Complete Works [in Vietnamese.] vol. 2. Hanoi: National Political Publishing House.

Ho, C. M. 2011c. Complete Works [in Vietnamese.] vol. 5. Hanoi: National Political Publishing House.

Ho, C. M. 2011d. Complete Works [in Vietnamese.] vol. 6. Hanoi: National Political Publishing House.

Ho, C. M. 2011e. Complete Works [in Vietnamese.] vol. 7. Hanoi: National Political Publishing House.

Ho, C. M. 2011f. Complete Works [in Vietnamese.] vol. 8. Hanoi: National Political Publishing House.

Ho, C. M. 2011g. Complete Works [in Vietnamese.] vol. 9. Hanoi: National Political Publishing House.

Ho, C. M. 2011h. Complete Works [in Vietnamese.] vol. 10. Hanoi: National Political Publishing House.

Ho, C. M. 2011i. Complete Works [in Vietnamese.] vol. 11. Hanoi: National Political Publishing House.

Ho, C. M. 2011j. Complete Works [in Vietnamese.] vol. 12. Hanoi: National Political Publishing House.

Ho, C. M. 2011k. Complete Works [in Vietnamese.] vol. 13. Hanoi: National Political Publishing House.

Ho, C. M. 2011l. Complete Works [in Vietnamese.] vol. 15. Hanoi: National Political Publishing House.

Kelly, S., and Mackerras, C. 1985. “The Application of Marxism-Leninism to Vietnam.” In C. Mackerras and N. Knight (eds) Marxism in Asia. New York: St Martin’s Press,

pp. 202-231.

Knight, N. 2007. “Applying Marxism to Asian Conditions: Mao Zedong, Ho Chi Minh and the ‘Universality’ of Marxism”. In D. Glaser and D. Walker (eds.) Twentieth Cen-tury Marxism: A Global Introduction. London: Routledge, pp. 141-153.

Lacouture, J. 1968. Ho Chi Minh: A Political Biography. New York: Random House. Le, K. P. 2001. Vietnam Entering the 21st Century. Hanoi: The Gioi Publishers.

Le, Q. T. 2019. “Fighting Against the Argument for a Separation Between Ho Chi Minh’s Ideology and Marxism-Leninism.” National Defence Journal, 8 Septem-ber. http://tapchiqptd.vn/en/events-and-comments/fighting-against-the-argu-ment-for-a-separation-between-ho-chi-minhs-ideology-and-marxismlenin-ism/14369.html

Lenin, V. I. (1919) 1974. “Address to the Second All Russia Congress of Communist Organisations of the Peoples of the East. November 22, 1919.” In Lenin Collected Works, vol. 30. London: Lawrence & Wishart, pp. 151-162.

Lloyd, D. 1986. Ho Chi Minh. New York: Chelsea House Publishers.

National People’s Publishing House. 2006. Curriculum of Ho Chi Minh Thought (in Vietnamese). Hanoi: National People’s Publishing House.

Neumann-Hoditz, R. 1972. Portrait of Ho Chi Minh: An Illustrated Biography. New York: Herder and Herder.

Neville, P. 2019. Ho Chi Minh. London: Routledge.

Nguyen, P. T. 2015. Renewal in Vi t Nam Theory and Reality. Hanoi: The Gioi Publish-ers.

Nguyen, Q. P. 2016. “The Nature of the Allegation: ‘Marxist-Leninist is in Oppo-sition to Ho Chi Minh Thought.’” Political Theory Online Journal, 26 October. http://lyluanchinhtri.vn/home/en/index.php/forum/item/373-the-nature-of-the-allegation-%E2%80%9Cmarxist-leninist-is-in-opposition-to-ho-chi-minh-thought%E2%80%9D.html

Nguyen, N. H. 2022. “Unmasking Trick of Disconnecting Ho Chi Minh Thought from Marxism-Leninism.” National Defence Journal, 24 August. http://m.tapchiqptd. vn/en/events-and-comments/unmasking-trick-of-disconnecting-ho-chi-minh-thought-from-marxism-leninism-19130.html

Nguyen, V. T. 2022. “Struggle Against Distortion and Denial of Self-Criticism and Crit-icism Within the Party.” National Defence Journal, 10 June.

http://tapchiqptd.vn/en/events-and-comments/struggle-against-distortion-and-deni-al-of-selfcriticism-and-criticism-within-the-party/18446.html

Nhan Dan. 2023. “Imbued with Ho Chi Minh Thought, Building Revolutionary Moral Standards in the New Period”. Nhan Dan. May 18. https://en.nhandan.vn/imbued-with-ho-chi-minh-thought-building-revolutionary-moral-standards-in-the-new-period-post125527.html

Nugent, N. 1996. Vietnam: The Second Revolution. Brighton: In Print.

Pateman, J. 2022. “Mao Zedong’s A Critique of Soviet Economics: Bringing the ‘Political’ back into ‘Economy’”. World Review of Political Economy, 13(4), 531-558.

Pike, D. 1978. History of Vietnamese Communism, 1925-1976. Stanford: Hoover Institu-tion Press.

Post, K. 1989. Revolution, Socialism, and Nationalism in Vietnam Volume One: An Un-interrupted Revolution. Aldershot: Dartmouth Publishing Company.

Prashad, V. 2022. “Introduction.” In Vijay Prashad (ed) Selected Ho Chi Minh, 13-48.

New Delhi: LeftWord Books.

Ruane, K. 1998. War and Revolution in Vietnam, 1930-75. London: UCL.

Sainteny, J. 1972. Ho Chi Minh and his Vietnam: A Personal Memoir. Chicago: Cowles. Shaplen, R. 1965. The Lost Revolution: Vietnam 1945-65. London: Andre Deutsch.

Singh, S. K. 2009. Ho Chi Minh and Vietnam’s Struggle for Freedom. Proceedings of the Indian History Congress 70, 795-801.

Stalin, J. (1928) 1954. “Against Vulgarising the Slogan of Self-Criticism.” In Works, vol.

11, 133-144. Moscow: Foreign Languages Publishing House.

Steele, P. 2003. Ho Chi Minh. Chicago: Heinemann Library.

Swearingen, R., and Rolph, H. 1967. Communism in Vietnam: A Documentary Study. Chicago: American Bar Association.

Thayer, C. A. 2010. “Political Legitimacy in Vietnam: Challenge and Response.” Politics & Policy 38 (3): 423-444.

Tuong, V. 2014. “Triumphs or Tragedies: A New perspective on the Vietnamese Revo-lution.” Journal of Southeast Asian Studies 45 (2): 236-257.

Tuong, V. 2016. Vietnam’s Communist Revolution: The Power and Limits of Ideology.

Cambridge: Cambridge University Press.

Van, L. L. 2022. “The Use of Marxist-Leninist Principles for Establishing Socialism in Vietnam.” International Critical Thought 12 (4): 538-555.

Vo, V. T. 2022. “Lightening up Ho Chi Minh’s Spirit of ‘Enhancing Revolutionary Morality, Sweeping Clean Individualism in Rebuilding and Revamping of Party and Current Political System. Tap chi Chong San. December 8. https://en.tapchico-ngsan.org.vn/web/english/mega-story/-/-/asset_publisher/lc29uIxCb05g/content/ lightening-up-president-ho-chi-minh-s-spirit-of-enhancing-revolutionary-morali-ty-sweeping-clean-individualism-in-building-and-revamping-of-party-and-c

Willmott, W. E. 1971. “Thoughts on Ho Chi Minh.” Pacific Affairs, 44(4), 585-590. Woodside, A. 1976. Community and Revolution in Modern Vietnam. Boston: Houghton Miffiin

(जो प्याटम्यान, राजनीतिशास्त्रमा पीएचडी, क्यानडाको योर्क विश्वविद्यालयको राजनीति विभागका सहायक प्राध्यापक हुन् ।)

Author

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Bampanth The Left
About Us

Bampanth_The Left is a quarterly academic magazine published from Kathmandu. It is registered under the Sambad Publication following the provision mentioned in The Press and Publication Act 1991. The magazine aspires to serve as a bridge between scholars and activists to deepen our understanding of the socialism oriented socio-political transformation of Nepali society.

Read More
Contact

Sambad Publications
Satdobato, Lalitpur-15
+977 9856020298

Write to us

info@bampanththeleft.com

Social

Facebook
Twitter

Our Team

Advisors:
Pitamber Sharma
Deependra Kshetri
Prabhat Patnaik
Cheng Enfu

Editor-in-Chief:
Mahesh Maskey

Executive Editor:
Bikash Dhakal

Managing Editor:
Puran KC

Co-Editor:
Bishnu Adhikari