Bampanth The Left

OUT NOW!
  • वामपन्थ_दि लेफ्टको दोस्रो अङक असोज पहिलो साता बजारमा आउँदै छ । दोस्रो संस्करण मार्क्सवाद र र संसदीय लोकतन्त्र विशेषाङ्क प्रकाशन गर्नु अघि त्यसको संक्षिप्त ई- संस्करण हाम्रो वेव साइटमा उपलब्ध छ ।

Hari Roka

पूर्वी नेपालको खोटाङ दिपु्रङ–चुइचुम्मामा जन्मिएका रोका किशोर अवस्थामै नेपालको लोकतान्त्रिक आन्दोलनमा होमिए । आन्दोलनका क्रममा ७ बर्ष ८ महिना जेल जीवन बिताएका रोका पहिलो जनआन्दोलन पश्चात खोटाङमा नेकपा (एमाले) को सचिवको जिम्मेवारी सम्हालेका थिए । एमाले–माले विभाजन पछि मालेमा सकृय रहेका रोका पुनःएकीकरण पछि भने पार्टी राजनीतिमा सकृय रहेनन् । संसद भंग गरेर ज्ञानेन्द् शाहले आफ्नो हातमा शासन व्यवस्था लिएपछि नागरिक आन्दोलन मार्फत पूनः राजनीतिमा सकृय रहेका रोका सन् २००८ देखि २०१२ सम्मको पहिलो संविधानसभामा सरकारबाट मनोनीत सदस्यका रुपमा कृयाशील रहे । सन् १९९२ देखि अर्थ–राजनीतिक बिषयमा स्वदेशी–विदेशी अखवार, म्यागेजीन, जर्नल तथा कितावहरुमा उनका लेख–रचना प्रकाशीत हुँदै आएका छन ।

एम. सी. सी. को बिरोध किन ?

  पच्चिस वर्ष अघि २०५३ सालको हिँउदमा ‘एकीकृत महाकाली सन्धी’ संसदवाट पास गराउनु अघि नेपाल अहिलेको जस्तै विभाजित मानसिकताको शिकार बन्न पुगेको थियो । त्यसवेला पनि सन्धीको पक्षमा हुनेहरु जति विकासवादी र विपक्षमा कुरा उठाउने जतिलाई विकास विरोधीको विल्ला भिराइएको थियो । त्यतिवेला नेकपा एमाले फुटेर दुई टुक्रा भएको थियो, यतिवेला स्थायी सरकार बनाएको नेकपा …

एम. सी. सी. को बिरोध किन ? Read More »